काठमाडौं, ७ जेठ ।
पहिलो चरणको स्थानीय निर्वाचनमा पार्टीले सर्मनाक हार व्यहोरेपछि राप्रपाभित्र दोषारोपण बढेको छ ।
पार्टीभित्र नेताहरुबीचको आरोपप्रत्यारोप र भाँडभैलो रोक्न भोलि सोमबार पार्टीको केन्द्रीय कार्य सम्पादन बैठक डाकिएको हो ।
पार्टी स्रोतका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक सोमबार बोलाइएको हो । चुनावी परिणाम असहज भएको भन्दै अधिकांश राप्रपा नेता कार्यकताहरुले पार्टी नेतृत्वको आलोचना गरेका छन् ।
चुनावका लागि विभिन्न जिल्ला र स्थानीय तहमा जिम्मेवारी दिइएको नेताहरु सो स्थानमा नपुगेको र चुनावी प्रचार लगायतका कार्य नगरेको भन्दै अधिकांशलाई कारबाही गर्नुपर्ने माग कार्यकर्ता पंक्तिले उठाएका छन् ।
बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम, संविधान संशोधन प्रस्ताव लगायतका विषयमा छलफल हुने प्रवक्ता भुवन पाठकले जानकारी दिनुभएको छ ।
राप्रपा संसदीय दलले यसअघि सरकारले ल्याएको पछिल्लो संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।
स्थानीय तहको दोस्रो चरणमा हुने निर्वाचनमा पार्टीलाई जिताउने बारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।