दमक, ७ जेठ ।
गत मंसिर ९ गते रामेछापको थानादेवीमा विभत्स हत्या गरिएका झापा, कमल गाउँपालिका–५ का ट्याक्सी चालक विशाल खड्काको परिवारलाई बिमा वापतको २७ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।
आइतबार दमकमा एक कार्यक्रमका बीच खड्काका श्रीमती लक्ष्मी राई खड्का र दिदी नैनकला खड्कालाई बिमा वापतको रकम हस्तान्तरण गरिएको हो । पीडित परिवारलाई मृत्यु बिमा वापतको ५ लाख र गाडी बिमा वापतको रकम २२ लाख गरी २७ लाख रकम प्रदान गरिएको हो ।
विमा रकम सगरमाथा इन्सुरेन्स कम्पनीमार्फत भुक्तानी गरिएको हो । कार्यक्रममा कांग्रेस महासमिति सदस्य टीकाराज सापकोटा, एमाले नेता वेणु शिवाकोटी, यातायात मजदुरका अगुवा, पीडित परिवार लगायतको उपस्थिती रहेको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।