कमल गाउँपालिकामा काँग्रेसले थाल्यो चुनावी प्रचार - Naya Online

कमल गाउँपालिकामा काँग्रेसले थाल्यो चुनावी प्रचार

दमक, ७ जेठ ।
नेपाली काँग्रेस कमल गाँउपालिकाले स्थानीय तह निर्वाचनका लागि प्रचारप्रसार सहित घरदैलो कार्यक्रम थालेको छ ।
आइतबार तोपगाछीस्थित पार्टी कार्यालयमा सम्पन्न गाँउस्तरीय भेला सम्पन्न गर्दै काँग्रेसले गाउँस्तरमा प्रचार लगायतका कार्य थालेको हो । भेलाले पूर्व महाधिवेशन प्रतिनिधि राजन ढुंगानाको संयोजक र क्षेत्रीय सदस्य धर्मानन्द भट्टराई सचिव रहेको २ सय २५ सदस्यीय प्रचारप्रसार समिति गठन गरेर निर्वाचन प्रचारलाई अघि बढाएको हो । त्यस्तै महासमिति सदस्य टीकाराज सापकोटाको संयोजकत्वमा ९ सदस्यीय आर्थिक उपसमिति, गोपालचन्द्र भुजेलको संयोजकत्वमा ७ सदस्यीय अनुगमन र महेन्द्र बुढाथोकीको संयोजकत्वमा चुनावी घोषणापत्र तयारी उपसमिति गठन गरिएको काँग्रेस भातृ संगठन तरुण दलका झापा उपाध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिनुभयो ।
कमल गाउँपालिका अध्यक्ष पदका लागि काँग्रेसले हुकुमसिंह राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने उपाध्यक्षमा दीपा गौतमलाई उम्मेद्वार बनाएको हो । सबै वडाका लागि उम्मेद्वार तय भएको काँग्रेसले जनाएको छ । कमल गाउँपालिका ६ को वडाध्यक्षका प्रत्यासी प्रमोदकुमार दाहालसहितका उम्मेदवार, कार्यकर्ताहरुले आइतबारदेखि घरदैलो कार्यक्रम सुरु गरेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

जसपा नेपाल निकट आदिवासी जनजाति महासंघ पुनर्गठन गरिने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी आदिवासी जनजाति महासङ्घ र घटक संगठनहरुको...

आन्दोलनको मोर्चा सडक र सदन : जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सदन र सडकलाई आन्दोलनको मोर्चाका रूपमा प्रयोग गर्ने...

उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति आवश्यक: पूर्वगृह राज्यमन्त्री अन्सारी

रौतहट । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताका...

तराई–मधेशकेन्द्रित दलहरूबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक

काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता...

पहिचानवादी मोर्चाले देशको बागडोर सम्हाल्छः डा. लावती

पदम सुखी सम्बाहाम्फे पाँचथर, ५ शुक्रबार । कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा पहिचानवादी मोर्चाले २१...

बैशाख २५ भित्र अधिवेशन नगर्ने जवस बिघटन गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आउँदो बैशाख २५ गतेभित्र अधिवेशन नगर्ने जनवर्गीय संगठनलाई...

जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...

जसपा, नेपाल झापामा चौधरी

दमक । जनता समाजवादी पार्टी, नेपालको झापा जिल्ला समिति पुनगर्ठन भएको छ । बुधबार...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...