ससफो नेपालले झापामा पार्टी समायोजनलाई तीव्रता दिँदै - Naya Online

ससफो नेपालले झापामा पार्टी समायोजनलाई तीव्रता दिँदै

दमक, ७ जेठ ।
जेठ १ गते पार्टी एकताभएसँगै संघीय लिम्बुवान पार्टी नेपाल मातहतका पार्टी संरचनाहरुलाई संघीय समाजवादी फोरम नेपालमा समायोजना गर्ने कार्यले झापामा तीव्रता पाएको छ ।
पार्टी समायोजना अन्तर्गत शनिबार झापाको लखनपुर र तोपगाछी साविक दुई वटा गाविसस्तरीय समितिहरुलाई नयाँ स्थानीय संरचना अनुसार कमल गाउँपालिकामा समायोजन गरिएको हो । ससफो नेपालका झापा जिल्ला अध्यक्ष धिरेन लावतीका अनुसार पूर्व संघीय लिम्बुवान पार्टी नेपाल अन्तर्गतको संरचनालाई जिल्लाभर समायोजन कार्य अघि बढेको हो । शनिबार भएको कमल गाउँपालिका समायोजन अन्तर्गत दुवै गाविसमा अस्तित्वमा रहेका दुवै पार्टीका संरचनाहरुलाई एक बनाइएको हो ।
ससफो झापाका सचिव सुशील राईका अनुसार कमल गाउँपालिकामा ज्ञानेन्द्र राईको अध्यक्षतामा ४४ सदस्यीय गाउँपालिका समिति गठन भएको हो । जसको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः रोहित बुढाथोकी, नामाङ किरावा, दिलिपकुमार राई र बहादुर ताजपुरिया छन् भने अन्य सदस्य छन् ।
कमल गाउँपालिका ६ स्थित पञ्चकन्या आधारभूत विद्यालयको सभाहलमा सम्पन्न समायोजन कार्यक्रमा ससफो नेपालका लिम्बुवान प्रदेश सचिवालय सदस्य कमन देवानले पार्टीको केन्द्रीय निर्वाचन नीतिबारे प्रष्ट्याउनुभएको थियो भने सदस्य दिपेन बाला राईले निर्वाचनलाई आन्दोलनका रूपमा विकसित गर्न निर्देशन दिनुभएको थियो । गठित नयाँ समितिका पदाधिकारी तथा सदस्यहरुलाई जिल्ला अध्यक्ष लावतीले सपथग्रहरण गराउनुभएको थियो ।
समायोजन कार्यक्रम अन्तर्गत सोमबार दमक नगरपालिकाको समायोजन कार्य सम्पन्न हुने बताइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...