विद्यार्थी नेता आङ्देम्बे मेयर पदको आकांक्षी - Naya Online

विद्यार्थी नेता आङ्देम्बे मेयर पदको आकांक्षी

मोरङ, ७ जेठ ।
आसन्न स्थानीय तहको निर्वाचनमा समाजवादी विद्यार्थी फोरमका नेता विशाल आङ्देम्बेले उर्लाबारी नगरपालिकामा मेयर पदको उम्मेद्वारी दिने बताइएको छ ।
विद्यार्थी राजनीतिमा लामो समयदेखि क्रियाशील आङ्देम्बेले आसन्न निर्वाचनमा आफू उर्लाबारी नगरपालिकाको मेयर पदमा उठ्न योग्य भएको जिकिर गर्दै दावी प्रस्तुत गुर्नभएको हो ।
समाजवादी विद्यार्थी फोरमको उप–महासचिव रहेर पार्टी र विद्यार्थी संगठनको राजनीतिमा आफ्नो क्रियाशीलता नै मेयर पदको उम्मेद्वारीका लागि योग्यता भएको उहाँको भनाइ छ । ‘विद्यार्थीमाझ आफ्ना लोकप्रियता, युवा पुस्तामा सबैसँगको सहकार्य र पार्टीको जिम्मेवार कार्यकर्ता हुनुका नाताले म उर्लाबारीको मेयर पदका लागि उम्मेद्वार हुन योग्य हु भन्ने मेरो भनाइ हो,’ आङ्देम्बेले भन्नुभयो ।
उर्लाबारी नगरपालिकाको मेयर पदका लागि संघीय समाजवादी फोरम, नेपालका तर्फबाट आफूले उम्मेदवारी दिने तयारी थालेको उहाँले जिकिर गर्नुभयो । उर्लाबारी बहुमुखी क्याम्पसको सञ्चालक समिति सदस्यका रूपमा कार्यरत आङ्देम्बे अन्य विभिन्न सामाजिक संघसंस्थाहरुमा क्रियाशील हुनुहुन्छ ।
संघीय समाजवादी फोरम मोरङकी जिल्ला सदस्य एवम् उर्लाबारीको शैक्षिक विकासमा लामो समयदेखि क्रियाशील ममता साम्पाङले उपमेयर पदमा उम्मेद्वारी दिने तयारी रहेको बुझिएको छ । ससफो नेपाल र नयाँ शक्ति नेपालले एउटै चुनाव चिन्हमा चुनाव लड्ने केन्द्रीय सहमति र अध्यास थालिसकेका छन् । नयाँ शक्तिका तर्फबाट भने मनोहर दाहालले मेयर पदका लागि तयारी गरिरहेको बताइएको छ । त्यस्तै नयाँ शक्तिले रामप्यारी तामाङको नाम उपमेयरमा प्रस्ताव गर्ने तयारी गरेको छ ।
प्रमुख र उपप्रमुख पदका लागि दुवै पार्टीले अन्तिम टुङ्गो लगाइनसके पनि अन्य वडा अध्यक्ष र सदस्य पदहरुमा भने सहमति भइसकेको आङ्देम्बेले जानकारी दिनुभएको छ । यसअघि सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनमा दुवै पार्टीले एक हातले समातेको मसाल चुनाव चिन्ह प्रयोग गरेर चुनावी मैदानमा उत्रिएका थिए । दोस्रो चरणमा पनि चुनावी तालमेल र आपसी समन्वयबाट उम्मेद्वारहरुको अन्तिम टुङ्गो लाग्ने दुवै पार्टी सम्बद्ध स्रोतबाट जानकारी प्राप्त भएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जसपा नेपाल निकट आदिवासी जनजाति महासंघ पुनर्गठन गरिने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी आदिवासी जनजाति महासङ्घ र घटक संगठनहरुको...

आन्दोलनको मोर्चा सडक र सदन : जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सदन र सडकलाई आन्दोलनको मोर्चाका रूपमा प्रयोग गर्ने...

उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति आवश्यक: पूर्वगृह राज्यमन्त्री अन्सारी

रौतहट । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताका...

तराई–मधेशकेन्द्रित दलहरूबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक

काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता...

पहिचानवादी मोर्चाले देशको बागडोर सम्हाल्छः डा. लावती

पदम सुखी सम्बाहाम्फे पाँचथर, ५ शुक्रबार । कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा पहिचानवादी मोर्चाले २१...

बैशाख २५ भित्र अधिवेशन नगर्ने जवस बिघटन गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आउँदो बैशाख २५ गतेभित्र अधिवेशन नगर्ने जनवर्गीय संगठनलाई...

जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...

जसपा, नेपाल झापामा चौधरी

दमक । जनता समाजवादी पार्टी, नेपालको झापा जिल्ला समिति पुनगर्ठन भएको छ । बुधबार...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...