सुमनसिंह पौडेल
१० वर्षे महान जनयुद्ध र त्यसबाट प्राप्त जनादेशलाई माओवादी आन्दोलनको मूल नेतृत्वले पराजित गराउँदै संसदवादीहरुको भ्रष्ट र दुर्गन्धित राजनीतिमा लगेर धमिलो बनाइसकेपछि, त्यहाँबाट सचेततापूर्वक बिद्रोह गरेर जनता र रास्ट्रको समग्र वैज्ञानिक समाजवादी रास्ट्र निर्माणको उत्कट सपनालाई जिवित राख्नुको बिकल्प विप्लवहरुसँग नभएकै हो । त्यसैले नेतृत्व पंक्तिमा सधैँ बिचार, राजनीति, र संघर्षको क्षेत्रमा विप्लव बिद्रोही बनेर रहिरहे र विप्लवी हामिहरु त्यही बिद्रोहको वरिपरि समाज रूपान्तरणको सपनालाई जिवित राख्न सफल भैरहयौँ ।
हामी प्रचण्डको षड्यन्त्र अर्थात आफूभित्रको रोगलाई जितेर आइसकेकाहरु । वैद्यको अकर्मण्यतालाई समेत चिनेर आइसकेकाहरु । चर्चा बहस हाम्रो विषयमा हुने गरेका छन् । राजनीतिमा, दर्शनमा, संघर्षमा, विभिन्न कोणबाट धेरै प्रकारको आलोचना र टिप्पणीको समेत डटेर व्यवहारबाट जवाफ दिंँदै आइरहेकाछौं । वर्ग संघर्षका कमाण्डरहरुलाई खरिद गरेर षड्यन्त्रमा फसाएर, तर्साएर, सक्ने कुत्सित चालबाट समेत बचेर यहाँसम्म आइपुगेका हामिहरु यतिबेला बदलिँदो विश्व, समाज र उपरिसंरचनाहरुको चरित्रको समयानुकूल अध्यन गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत दुनियालाई बुझ्ने, बदल्ने, र बदलिएको दुनियाको रक्षा र विकास गर्ने अभियानमा लामबद्द भएका छौं ।
हामिले भनेका छौं संसददवादबाट मुलुकलाई निकास दिन सकिँदैन । दलाल पुँजीवाद र यसका अवयवहरुबाट रास्ट्रको संकट हलगर्न सकिँदैन । रास्ट्र र जनतालाइ समृद्ध गर्न सकिँदैन । यदि सकिन्थ्यो भने संसदवादको ६ दशक लामो शासन र हालको स्थितिबीच तुलनात्मक अध्यन गरे पुग्छ । अहिले गरिबी, महँगी, असुरक्षा, बेरोजगारी, विभेद, राष्ट्रियतामाथिको हमला तीव्र गतिमा बढेर गएको छ । केही सीमित दलाल, भ्रष्ट, कमिसनखोरहरुको बिगबिगी चुलिएको छ । यस्तो सामाजिक बेमेल र असमानताले मुलुक अस्थिर र अराजक बन्दैछ । अर्काे तर्फ रास्ट्र र जनताको भविष्य अन्यौल र अनिश्चित बन्दैगएको छ । मुलुकलाई राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, सबै क्षेत्रबाट निकास दिनुपर्छ भन्ने आवश्यताको बोध गरेर हाम्रो पार्टीले वैज्ञानिक समाजवाद स्थापनार्थ जनताको सत्ता सञ्चालनमा ल्याउने उद्घोष सहित जनताको बीचमा आन्दोलको नेतृत्व गरिरहेको छ ।
यस्तो बेला हामीले २०७० सालमै औचित्यहिन भनेर बहिस्कार गरिसकेको कथित संविधानसभाको गर्भबाट संघीय लोकतान्त्रिक गणतन्त्र नामको भ्रम जन्माएर त्यही मरिसकेको संसदीय व्यवस्थालाई पुनर्जिवित गर्न निर्वाचानको नौटंकी भइरहेको छ यसको हामिले विरोध गरेका छौँ र आम जनतामा यसको खारेजीको निम्ति अपिल समेत गरेका छौँ । संँगै हामिले जनसत्ताको बिकल्पसमेत दिएका छौं । यो विषयलाई जनताले आत्मासात गरेको पाइन्छ । यद्यपी राज्य हामिलाई गिरफ्ता् गर्ने, यातना दिने अमानवीय र क्रुर रबैया अख्तियार गरेर आफ्नो फाँसीवादी चरित्र देखाउँदैछ । र शान्ति सुरक्षा सुदृढ भएको र गरिरहेको जनाउँदैछ ।
हामीलाई गिरफ्तार गर्दा शान्ति सुरक्षा सुदृढ होइन, बरु झन भयानक र बिकराल बन्दै जाने छ । किनकि हामी अपराधी होइनौँ । अपराध बिचारसँग जोडिएको हुँदैन । अपराध मानिसको केही कुत्सित उद्देश्यसँग जोडिएको हुन्छ । हामी समाज रूपान्तरणको अभियानमा जुटेका छौँ । हाम्रो अभियानले ठेस पुग्ने केही दलाल र भ्रस्टहरु हामीलाई सुरक्षा चुनौती देख्छन् र राज्य प्रशासन तिनै औंलामा गनिने केही भ्रष्ट पात्रहरुको सुरक्षा प्रबन्ध मिलाइदिएर शान्ति सुरक्षा सबल रहेको ठान्न पुग्छ । तर यो भयानक भूल हो ! किनकि समाजमा वर्ग संघर्ष चलिरहेको छ त्यो पनि सचेततापूर्वक र योजनावद्ध । यो वर्ग संघर्षमा , मजदुर , श्रमजीवी, सुकुम्बासी र गरिब उत्पीडितहरुको अर्थात गरिखानेहरुको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गरिरहेको छ र जुन वर्गको जित सुनिस्चित छ । अर्काे तर्फ दलाल , तस्कर, सामन्त, फटाहा, भ्रष्ट, कमिसनखोरहरुको नेतृत्व संसदवादीहरुले गरिरहेका छन् र यस वर्गको पराजयमात्र होइन पत्तासाफ हुने निश्चित नै छ । यहाँ फेरि एउटा लडाँइ दलाल संसदवाद र कम्युनिस्ट पार्टीबीच उत्कर्षमा पुग्ने निश्चित छ । त्यसकारण, यहाँ बिचार र दृष्टिकोणको लडाँइ हो । हामीलाई गिरफ्तार गरेर, यातना दिएर, अपराधी करार गराएर शान्ति सुरक्षा सबल हुनेवाला छैन बरु झन कठीन र गम्भीर संकट निम्तिने छ ।
अर्काे कुरा, हामीहरु विरुद्ध गरिने षड्यन्त्रहरु विभिन्न प्रकारले अभिव्यक्त हुने गर्छन् । हाम्रा बिचारहरुप्रति परिलक्षित गरेर गरिने असान्दर्भिक वक्तव्यवाजी, हाम्रा बिरुद्द गरिने सुराकी, हाम्रा विरुद्ध गरिने सामन्य हमलाको दुस्साहस, हाम्रा विरुद्ध गरिने अनर्गल प्रचार र नोक्सानी, हाम्रा कार्यकर्ता र शुभचिन्तकहरुलाई दिइने डर त्रास र धम्की, हाम्रा परिवारहरुलाई लक्षित गरेर दिइने दुःख अर्थात सर्बत्र हाम्रा विरुद्धको हमलाको दुस्साहस यी र यस्ता घटना हिजो जनयुद्धमा पनि थिए र आज पनि छिटफुट यस्ता षड्यन्त्रहरुको तानाबाना रचिएको प्रतीत हुन्छ । दलालहरुको लुटको अखडामा हाम्रो यात्रा बाधक भएको होला र हुने निश्चित छ । जसअनुरुप त्यही लुटलाई हिफाजत गर्न हामी योद्धाहरुलाई सिध्याउन गरिने चलखेल समेत प्रत्युत्पादक हुनेछ । यसले न्यायको निम्ति गरिएको लडाँइलाई सिध्याउने होइन, सिध्याउन षड्यन्त्र गर्नेगरु सासानघाटमा पुग्ने र हामीलाई झन दर्बिलो स्पातिलो बनाउँदै विजयको दिशा उन्मुख लैजाने निश्चित छ । अन्यायले बिद्रोहको बीऊ रोप्छ, दमनले प्रतिरोधको । अन्ततः त्यहि प्रतिरोध युद्ध संसदवादीहरुको चिहान र रास्ट्र र जनताको निम्ति बिजयको रक्तिम झण्डा बन्ने छ ।
पौडेल नेकपा (विप्लव) का झापा जिल्ला जनसरकार प्रुमख हुन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।