दोस्रो चरणको निर्वाचनका लागि रणनीति बनाउँदै ससफो नेपाल - Naya Online

दोस्रो चरणको निर्वाचनका लागि रणनीति बनाउँदै ससफो नेपाल

झापा, ६ वैशाख ।
संघीय समाजवादी फोरम, नेपालले दोस्रो चरणको निर्वाचनका लागि आन्तरिक तयारी थालेको छ । बिहीबार र शुक्रबार सम्पन्न पार्टीको कार्य सम्पादन समिति बैठकले निर्वाचन तयारीका लागि विविध निर्णय गरेको हो ।

पार्टी स्रोतका अनुसार जेठ ३१ गते सम्पन्न हुने दोस्रो चरणको निर्वाचनका लागि पार्टीले निर्वाचन गतिविधिलाई व्यवस्थित गर्न सचिव रत्नेश्वर कायस्थको संयोजकत्वमा नयाँ शक्ति पार्टीसहितको केन्द्रीय निर्वाचन डेस्क गठन गरेको छ । डेस्कमा राजनीतिक समिति सदस्यद्वय धिरेन्द्र श्रेष्ठ र राजन केसी सदस्य रहनुभएको छ । त्यस्तै सदस्यहरुमा केन्द्रीय सदस्य शिवजी यादव र लालबहादुर तामाङ रहनुभएको छ । निर्वाचन डेस्कले नै ससफो नेपाल र नयाँ शक्ति नेपालको संयुक्त निर्वाचन समन्वय संयन्त्रको काम गर्ने बताइएको छ ।दोस्रो चरणको निर्वाचनमा दुवै पार्टीको संयुक्त संयन्त्रले विभिन्न ९ वटा आधार हेरेर स्थानीय तहमा विभिन्न पदमा उठ्ने उम्मेद्वारहरुका लागि मापदण्ड तय गरेको स्रोतले जनाएको छ । त्यस्तै उम्मेद्वारी छनौट गर्ने विधि र प्रक्रिया पनि ससफो नेपालले तय गरेको हो ।
बैठकले पार्टीका सबै केन्द्रीय पदाधीकारी, राजनीतिक समिति र केन्द्रीय सदस्यहरु, केन्द्रीय निकायका सदस्यहरु र केन्द्रीय परिषद सदस्यहरुलाई आ–आफ्नो जिल्लामा निर्वाचन अवधिभरि स्वयम् उपस्थित भएर पार्टी जिल्ला समितिसँग समन्वय गरी निर्वाचन अभियानमा खट्न निर्देशन जारी गरेको ससफो नेपाल केन्द्रीय कार्यालयले जनाएको हो । त्यस्तै पार्टीका सबै प्रदेश समितिहरुले प्रदेश स्तरमा निर्वाचन सम्बन्धी कार्यक्रमको ठोस कार्ययोजना तयार गरी प्रभावकारी ढंगले निर्वाचन सम्बन्धी प्रचार तथा अन्य आवश्यक कामहरु गर्नुपर्ने निर्देशन जारी गरिएको कार्यालयले जनाएको छ ।
संविधान संशोधनको विषय टुङ्गो नलागी स्थानीय तहको निर्वाचन घोषणा भएकोले हाल आफ्ना मुद्दाहरुलाई यथावत राखी निर्वाचनलाई पनि संघर्षाको रूपमा आत्मसात गर्दै, स्थानीय तहको निर्वाचनमा आन्दोलनकै रूपमा उपयोग गर्नेे निर्णय भएको बताइएको छ ।
आ–आफ्ना उम्मेद्वारहरुलाई जिताउन स्थानीय स्तरमा आवश्यकता अनुसार पार्टीको जिल्ला/प्रदेश समितिले आपसमा समन्वय गरी अन्य पार्टी वा दलसँग तालमेल गर्न सक्ने भनी निर्णय गरिएको समाचार स्रोतले जनाएको छ । केन्द्रीय कार्यसम्पादन बैठकपछि नयाँ शक्ति पार्टी, नेपालसँग जिल्ला स्तरमा समन्वय गरी निर्वाचन सम्बन्धी कार्य गर्न निर्देशन दिइएको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...