थानापतिमा काँग्रेसले हारेकै कारण बिभेद हुन दिन्न: गाँउपालीका अध्यक्ष थापा - Naya Online

थानापतिमा काँग्रेसले हारेकै कारण बिभेद हुन दिन्न: गाँउपालीका अध्यक्ष थापा


रबिन थपलिया
काठमाडौं । शिवपुरी गाँउपालीकाका नवर्निवाचीत अध्यक्ष रामकृष्ण थापाले नुवाकोटको शिवपुरी ८ थानापति बाट काँग्रेसले पराजय भोगेपनि विकास र्निमाणको कार्यमा कुनै पनि हालमा काँग्रेसलाई बिभेद हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिजय ¥याली सहित शिवपुरी ८ थानापति आइपुग्नु भएका नवर्निवाचीत अध्यक्ष रामकृष्ण थापा उपाध्यक्ष मञ्जु केसी सहितका अन्य वडाका नवर्निवाचीत पदाधीकारीका बिच थापाले काँग्रेस भएकै कारण बिकास र्निमाणका कार्यमा थानापति वडा कार्यपालीकाले बिभेद गरे त्यसलाई गाँउ पालीकाले प्रतिबाद गर्ने आश्वासन दिए ।
शिवपुरी गाँउपालीकाका ८ थानापतिमा काँग्रेसको पुरै प्यानल पराजय भएपछि निरास भएका काँग्रेस कार्यकर्ताहरु माझ थापाले पराजयको कारण खोजी गरी कार्यकर्ताको भावनाको कदर हुने बताए ।
थापाले शिवपुरीको आर्थिक, सामाजीक विकासका निम्ती आफुहरुले चाँडै बिशेष कार्यक्रम ल्याउने बताउनुभयो ।

कार्यक्रममा नवर्निवाचित उपाध्यक्ष मञ्जु केसीले शिवपुरीका आठ मध्य ६ वटा वडामा सहित गाँउपालीकामा काँग्रेसले जित हाँसील गरेको बताँउदै दुई वटा वडामा काँग्रेस पराजीत हुंदैमा निरास हुनुनपर्ने बताइन् । उनले शिवपुरीका दुईवडामा काँग्रेसले कसरी हा¥यो त्यसको समिक्षा गदै आगामी प्रदेशको र्निवाचनका निम्ती तयारी गर्नुपर्ने बताइन् ।
कार्यक्रममा थानापतिका पुर्व गाविस अध्यक्ष तथा पुर्व महासमिति सदस्य बाबुकाजी पाठकले स्थानीय र्निवाचनमा काँग्रेस, एमाले र माओवादीका हस्ती नेताहरुको वडाहरुमानै आफैना संगठन हारेको बताँउदै जनताले दिएको मतको सम्मान गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य गोविन्द थपलियाले र्निवाचनको क्रममा भएको घात र अन्तरघातले काँग्रेस कार्यकर्ताको भाबनामा चोट पुगेको बताँउदै त्यसको इतिहाँसले मुल्यांकन गर्ने बताए ।

कार्यक्रममा शिवपुरी ८ थानापतिका नेपाली काँग्रेको तर्फबाट वडा अध्यक्षमा पराजीत उम्मेदवार केशव रिजालले सक्रिय सदस्य र उनिहरुको परिवारबाटै काँग्रेसलाई भोट नआएको भन्दै छानविन हुनुपर्ने बताए । उनले भने म त पार्टीको सिपाही हुं थानापतिमा मैले होइन काँग्रेसले चुनाव हारेको हो, काँग्रेस मय भएको थानापतिमा किन हामीले चुनाब हा¥यौ त्यसको खोजी हुनुपर्दछ ।
कार्यक्रममा शिवपुरी गाँउपालीका ८ थानापतिका नेपाली काँग्रेस चुनाव प्रचारप्रसार समितिका संयोजक युवा नेता रमेश कुमार पाठकले प्रजातान्त्रीक प्रक्रियामा हार र जित रहेको बताँउदै समग्र गाँउपालीकामा काँग्रेसको बहुमत रहेकाले पनि काँग्रेसहरुले पराजयको महसुस गनुनपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस शिवपुरी गाँउपालीका ८ का इकाई सभापति रामकृष्ण डंगोलले थानापतिमा काँग्रेसले चुनाव हारेकोमा आफुलाई दुख लागेको बताँउदै र्निवाचनको क्रममा भएको गल्तीबाट पाठ सिक्दै अगाडी बढनुको बिकल्प नभएको बताए ।
संविधान सभाको र्निवाचनमा ६० प्रतिशत भन्दा बढी मत पाएको काँग्रेसले थानापतिबाट पुरै प्यानलमा पराजय भोगेपछि काँग्रेस कार्यकर्ताहरु निरास भएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...