आदिवासी जनजाति महासंघ दमक नगरको विशेष अधिवेशन असार ९ मा हुने - Naya Online

आदिवासी जनजाति महासंघ दमक नगरको विशेष अधिवेशन असार ९ मा हुने

दमक, ४ जेठ ।
नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषद्को विशेष अधिवेशन आगामी असार ९ गते सम्पन्न गर्ने तय भएको छ ।
बिहीबार झापाको दमकस्थित किरात भवनमा बसेको विभिन्न जातीय संस्थाका अध्यक्षहरुसहितको विशेष भेलाले असार ९ गते विशेष अधिवेशन गर्ने निर्णय गरेको हो । नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव नित्यानन्द ताजपुरियाको उपस्थितिमा बसेको भेलाले अधिवेशन मिति तय गरेको महासंघ झापाका प्रचार विभाग प्रमुख कमन देवानले जानकारी दिनुभयो ।
महासंघ दमक नगरमा तीन वर्षअघि भएको अधिवेशनबाट वासुदेव राई नेतृत्वको समिति चयन भएको थियो । तर, अध्यक्षमा पुनः दोहोरिन मोहन धिमाल समूहले अर्को महासंघ गठन गरेपछि दुई वटा समिति बन्दा दमकको आदिवासी जनजाति महासंघ विवादमा फसेको थियो । जिल्ला महासंघले राई नेतृत्वको समितिलाई आधिकारिताकता दिएको थियो भने त्यसको केही महिनापछि महासंघको तत्कालीन केन्द्रीय सचिवालयले धिमाल नेतृत्वको समितिलाई वैधानिक भनेको थियो ।
विवादका कारण दुवै समितिलाई दमक नगरपालिका कार्यालय लगायत सरकारी र अन्य निकायहरुले मिलेर आउन आग्रह गरेका थिए । विवादकै कारण महासंघले बिगत तीन वर्षदेखि नगरपालिकाबाट प्राप्त हुँदैआएको बजेटसमेत फ्रिज हुँदै आएको थियो ।
महासंघको केन्द्रमा नयाँ समिति आएपछि दमकको विवाद सुल्झाउन पहलकदमी थालिएको महासंघका महासचिव ताजपुरियाले बताउनुभएको छ । यसअघि दाङ जिल्लामा पनि सोही प्रकृतिको विवाद रहेकोमा महासंघ केन्द्रको सक्रियतामा समस्या समाधान गरिएको ताजपुरियाले बताउनुभयो ।
दमकको विगतको सबै विवाद भूलेर नयाँ शिराबाट अघि बढ्दै आदिवासी आन्दोलन र पहिचानको आन्दोलन रक्षाका निम्ति एक ढिक्का हुन उहाँले जातीय संस्थाका अध्यक्षहरुलाई आग्रह समेत गर्नुभयो । विशेष अधिवेशन तयारीका लागि आवश्यक पत्रचार र समन्वय गर्न धिमाल जातीय विकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमाललाई आग्रह गरिएको महासचिव ताजपुरियाले बताउनुभयो । भेलामा विभिन्न १५ बढी जातीय संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...