एमाले पसेर ‘अपवित्र’ भएको भन्दै झाँक्री लगाएर भवन चोख्याइयो - Naya Online

एमाले पसेर ‘अपवित्र’ भएको भन्दै झाँक्री लगाएर भवन चोख्याइयो

पथरी, ४ जेठ ।
मोरङको पथरीशनिश्चरे—३ स्थित एक सामुदायिक भवनमा एमाले प्रवेश गरेर ‘अपवित्र’ भएको भन्दै स्थानीय युवाहरुको एक समूहले झाँक्री लगाएर चोख्याएका छन् ।
वडा नम्बर ३ मा एमालेले डम्बर चेम्जोङलाई वडा अध्यक्षको उमेद्वार उठाएको छ । वडा नम्बर ३ स्थित वनेम टोलमा रहेको विद्युतको नयाँ सामुदायिक भवनमा आइतबार एमालेले उमेद्वार चेम्जोङ, २ नम्बर क्षेत्रका सांसद चण्डीप्रसाद राई लगायतको उपस्थितिमा चुनावी भेला गरेका थिए ।
एमाले प्रवेश गरेर भवन र टोल नै ‘अपवित्र’ भएको भन्दै सविन चेम्जोङ नेतृत्वको युवा समूहले सोमबार सो भवनमा झाँक्री लगाएर चोख्याएका हुन् । करिव ५० जनाको संख्यामा रहेका स्थानीयवासीले झाँक्री दलबहादुर सुन्दासलाई बोलाएर चोख्याउने कार्यक्रम राखेका थिए ।
झाँक्री सुन्दासले ढ्याङ्ग्रो बजाएर तितेपाती छर्किनुका साथै भलायोको चौक चार सुरमा गाडेर चोख्याएको स्थानीय मबिन्द्र नाल्बो लिम्बूले जानकारी दिनुभयो । चोख्याइसकेपछि उक्त स्थलमा चुनावी कार्यक्रम भएको थियो ।
कार्यक्रममा आगामि जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा वडा नम्बर ३ का स्वतन्त्र अध्यक्षका उमेद्वार विकास मगर, संघीय समाजवादी फोरमका स्थानीय नेता गोविन्द वनेम, नयाँ शक्ति नेपालका पथरीशनिश्चरे नगरका मेयरका उमेद्वार देवराज भण्डारी, माओवादी केन्द्रका स्थानीय नेता सन्तोष लिम्बू, लिम्बुवानका राज पयाङ्गु, भीमल मगर लगायतले बोलेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

किताबका कुरा: दुई औँठाका ल्याप्चेसहित मुक्ति पाएकी लादिप्माको कथा ‘प्याउली’

प्रकाश दिप्साली राई  पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि...

‘ताई ओ’ सित जोडिएको यात्रा

जानु काम्बाङ लिम्बू अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिबर्तन ।...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...