एमाले पसेर ‘अपवित्र’ भएको भन्दै झाँक्री लगाएर भवन चोख्याइयो - Naya Online

एमाले पसेर ‘अपवित्र’ भएको भन्दै झाँक्री लगाएर भवन चोख्याइयो

पथरी, ४ जेठ ।
मोरङको पथरीशनिश्चरे—३ स्थित एक सामुदायिक भवनमा एमाले प्रवेश गरेर ‘अपवित्र’ भएको भन्दै स्थानीय युवाहरुको एक समूहले झाँक्री लगाएर चोख्याएका छन् ।
वडा नम्बर ३ मा एमालेले डम्बर चेम्जोङलाई वडा अध्यक्षको उमेद्वार उठाएको छ । वडा नम्बर ३ स्थित वनेम टोलमा रहेको विद्युतको नयाँ सामुदायिक भवनमा आइतबार एमालेले उमेद्वार चेम्जोङ, २ नम्बर क्षेत्रका सांसद चण्डीप्रसाद राई लगायतको उपस्थितिमा चुनावी भेला गरेका थिए ।
एमाले प्रवेश गरेर भवन र टोल नै ‘अपवित्र’ भएको भन्दै सविन चेम्जोङ नेतृत्वको युवा समूहले सोमबार सो भवनमा झाँक्री लगाएर चोख्याएका हुन् । करिव ५० जनाको संख्यामा रहेका स्थानीयवासीले झाँक्री दलबहादुर सुन्दासलाई बोलाएर चोख्याउने कार्यक्रम राखेका थिए ।
झाँक्री सुन्दासले ढ्याङ्ग्रो बजाएर तितेपाती छर्किनुका साथै भलायोको चौक चार सुरमा गाडेर चोख्याएको स्थानीय मबिन्द्र नाल्बो लिम्बूले जानकारी दिनुभयो । चोख्याइसकेपछि उक्त स्थलमा चुनावी कार्यक्रम भएको थियो ।
कार्यक्रममा आगामि जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा वडा नम्बर ३ का स्वतन्त्र अध्यक्षका उमेद्वार विकास मगर, संघीय समाजवादी फोरमका स्थानीय नेता गोविन्द वनेम, नयाँ शक्ति नेपालका पथरीशनिश्चरे नगरका मेयरका उमेद्वार देवराज भण्डारी, माओवादी केन्द्रका स्थानीय नेता सन्तोष लिम्बू, लिम्बुवानका राज पयाङ्गु, भीमल मगर लगायतले बोलेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...