अख्तियारको खोरमा रहेका मण्डललाई छुटाउन चलखेल सुरु - Naya Online

अख्तियारको खोरमा रहेका मण्डललाई छुटाउन चलखेल सुरु

दमक, ३ जेठ ।
प्लटिङवालाको जग्गा स्रेस्ता मिलाएवापत घुस लिँदालिँदै सोमबार पक्राउ परेका नापी कार्यालय दमकका एक कर्मचारीलाई छुटाउन प्लटिङ व्यवसायीहरु र जग्गा दलालहरुको चलखेल बढेको बताइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले प्लटिङको जग्गामा नहर बढी भएको जग्गाको स्रेस्ता मिलाएवापत प्राप्त ६ लाख ८० हजार घुस रकमसहित सोमबार नापी कार्यालय दमकका सर्वेक्षक विनोदकुमार मण्डललाई पक्राउ गरेको थियो ।
सर्वेक्षक मण्डलले प्लटिङको जग्गामा नहर बढी भएका जग्गाको स्रेस्ता मिलाइदिए बापत मोटो रकम लिने गरेका खुल्न आएको छ । दमक र आसपासका महँगो मूल्यका जग्गाको नक्सा र स्रेस्ता मिलाउन उनले जग्गाको कूल मूल्यको तीन भागको एक भाग रकम कमिसनका रूपमा लिने गरेको नापी कार्यालय स्रोतले दावी गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका डिएसपी रमेश बस्नेतले सोमबार मण्डललाई घुस रकमसहित उनकै कार्यकक्षबाट पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको जानकारी दिनुभएको छ ।
मण्डललाई सोमबार दिउँसोको अख्तियारको टोलीले उनकै कार्यकक्षबाट रंगेहात पक्राउ गरेको थियो । मण्डल अख्तियारको हिरासतमा पुगेपछि उनीमाथि छानविन सुरु भएको अख्तियार स्रोतले जनाएको छ । स्रोतका अनुसार हाल उनलाई छुटाउन दमकका केही प्लटिङ व्यवसायी पनि मोटो रकमको आश्वासनसहित अख्तियार पुग्ने गरेको बताइएको छ ।
हाल अख्तियारको हिरासतमा रहेका मण्डललाई छुटाउने चलखेल भइरहेको भन्दै माओवादी केन्द्र दमकका नेता याम पाठकले बुधबार दमकमा पत्रकार सम्मेलन गरेर खबरदारी गरेको बताउनुभएको छ । पाठकले दोषी कर्मचारीमाथि कडा कारबाही हुनुपर्ने माग गर्नुभएको छ । तर, मण्डललाई छुटाउन को को अख्तियार पुगेका थिए भन्ने बारे भने पत्रकार सम्मेलनमा खुलाइएन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...