अख्तियारको खोरमा रहेका मण्डललाई छुटाउन चलखेल सुरु - Naya Online

अख्तियारको खोरमा रहेका मण्डललाई छुटाउन चलखेल सुरु

दमक, ३ जेठ ।
प्लटिङवालाको जग्गा स्रेस्ता मिलाएवापत घुस लिँदालिँदै सोमबार पक्राउ परेका नापी कार्यालय दमकका एक कर्मचारीलाई छुटाउन प्लटिङ व्यवसायीहरु र जग्गा दलालहरुको चलखेल बढेको बताइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले प्लटिङको जग्गामा नहर बढी भएको जग्गाको स्रेस्ता मिलाएवापत प्राप्त ६ लाख ८० हजार घुस रकमसहित सोमबार नापी कार्यालय दमकका सर्वेक्षक विनोदकुमार मण्डललाई पक्राउ गरेको थियो ।
सर्वेक्षक मण्डलले प्लटिङको जग्गामा नहर बढी भएका जग्गाको स्रेस्ता मिलाइदिए बापत मोटो रकम लिने गरेका खुल्न आएको छ । दमक र आसपासका महँगो मूल्यका जग्गाको नक्सा र स्रेस्ता मिलाउन उनले जग्गाको कूल मूल्यको तीन भागको एक भाग रकम कमिसनका रूपमा लिने गरेको नापी कार्यालय स्रोतले दावी गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका डिएसपी रमेश बस्नेतले सोमबार मण्डललाई घुस रकमसहित उनकै कार्यकक्षबाट पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको जानकारी दिनुभएको छ ।
मण्डललाई सोमबार दिउँसोको अख्तियारको टोलीले उनकै कार्यकक्षबाट रंगेहात पक्राउ गरेको थियो । मण्डल अख्तियारको हिरासतमा पुगेपछि उनीमाथि छानविन सुरु भएको अख्तियार स्रोतले जनाएको छ । स्रोतका अनुसार हाल उनलाई छुटाउन दमकका केही प्लटिङ व्यवसायी पनि मोटो रकमको आश्वासनसहित अख्तियार पुग्ने गरेको बताइएको छ ।
हाल अख्तियारको हिरासतमा रहेका मण्डललाई छुटाउने चलखेल भइरहेको भन्दै माओवादी केन्द्र दमकका नेता याम पाठकले बुधबार दमकमा पत्रकार सम्मेलन गरेर खबरदारी गरेको बताउनुभएको छ । पाठकले दोषी कर्मचारीमाथि कडा कारबाही हुनुपर्ने माग गर्नुभएको छ । तर, मण्डललाई छुटाउन को को अख्तियार पुगेका थिए भन्ने बारे भने पत्रकार सम्मेलनमा खुलाइएन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

किताबका कुरा: दुई औँठाका ल्याप्चेसहित मुक्ति पाएकी लादिप्माको कथा ‘प्याउली’

प्रकाश दिप्साली राई  पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि...

‘ताई ओ’ सित जोडिएको यात्रा

जानु काम्बाङ लिम्बू अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिबर्तन ।...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...