एक सय १७ स्थानमा मत गणना सकियो, एमालेको अग्रता कायमै - Naya Online

एक सय १७ स्थानमा मत गणना सकियो, एमालेको अग्रता कायमै

सबै मतपरिणाम आउन एक हप्ता लाग्ने निर्वाचन आयोगको भनाई

काठमाडौ, ३ जेठ ।
२ सय ८१ तहमा गत आईतबार सम्पन्न स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचनपछि जारी मतगणनाको पछिल्लो मत परिणाम अनुसार १ सय १७ स्थानीय तहको नतिजा प्राप्त भएको छ । बुधबार साँझ ७ बजेसम्मको प्राप्त मतपरिणाम अनुसार प्रतिपक्षी दल एमालेको अग्रता कायमै छ ।
हालसम्म प्राप्त मत परिणाम अनुसार एमालेले ४९ स्थानमा विजय प्राप्त गरेको छ । देशकै ठूलो दल काँग्रेस ४२ स्थानमा विजय हात पार्दै दोस्रो स्थानमा रहेको छ भने सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र २१ स्थानमा विजय हात पार्दै तेस्रो स्थानमा छ ।
संसद्मा चौंथो ठूलो दलको हैसियत पाएको राप्रपाले १ स्थानमा विजय हाँसिल गर्दै शून्यताको यात्रामा क्रमभंगता गरेको छ भने समाजवादी फोरम–नयाँ शक्तिले पनि पनि एक स्थानमा विजय प्राप्त गरेर खाता खोल्न सफल भएको छ । स्वतन्त्र उम्मेद्वारी दिएका मध्ये ३ जनाले विजय हात पारेका छन् ।
हालसम्मको मतगणनाका आधारमा एमालेले विभिन्न ५७ स्थानमा अगुवाई गरिरहेको छ भने काँग्रेसले ५१ स्थानमा अगुवाई गरिरहेको छ । समाजवादी फोरम–नयाँ शक्तिले २ स्थान र अन्यतर्फबाट २ स्थानमा अगुवाई रहेको निर्वाचन आयोग स्रोतले जनाएको छ ।

महानगरपालिकामा २–२ स्थानमा एमाले र काँग्रेस अगाडि

मत गणना जारी रहेका विभिन्न चार वटा महानगरपालिकाहरुमा भने एमाले र काँग्रेसले दुई–दुई स्थानमा अग्रता कायम राखेका छन् । काठमाडौं महानगरपालिकामा साँझ ७ बजेसम्मको मत परिणाम अनुसार काँग्रेसका राजुराज जोशी १९०३ मतसहित अगुवाई गरिरहेका छन् भने एमालेका विद्यासुन्दर शाक्य १७२८ मत पाएर पछ्याइरहेका छन् । त्यस्तै ललितपुरमा पनि काँग्रेसका चिरीबाबु महर्जन ९४२३ मतसहित अग्रतामा छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकार ९२७८ मतसहति पछ्याइरहेका छन् ।
भरतपुर महानगरपालिकामा एमालेमा देवी ज्ञवाली ४०६६ मतसहित अगुवाई गरिरहेका छन् भने माओवादी केन्द्रकी रेणु दाहाल २५१४ मतसहित दोस्रो स्थानमा छिन् । पोखरामा भने एमालेका मानबहादुर जिसी ५२३० मतसहित अगुवाई गरिरहेका छन् भने काँग्रेसबम रामजी कुँवर ५०६३ मत पाएर पछ्याइरहेका छन् ।

सबै मत परिणाम एक हप्ताभित्र : आयोग

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै पहिलो चरणको निर्वाचनको सबै मतपरिणाम सार्वजनिक हुने दावी गर्नुभएको छ ।
यादवले बुधबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मतपत्र ठूलो भएकाले गणनामा ढिलाइ भएको जिकिर गर्नुभएको हो ।
मतगणनामा सुस्तता आएको बारे व्यापक जनगुनासो बढेपछि प्रमुख आयुक्त यादवले अब मतगणना डेस्क थपेर छिटो परिणाम ल्याउन कोसिस गर्ने बताउनुभएको हो ।
यादवका अनुसार काठमाडौं, ललितपुर, पोखरा र भरतपुर महानगरमा मतगणना डेक्स थपिनेछ । काठमामाडौंमा मतगणना डेस्क ११ सम्म पुर्याउने उहाँले जानकारी दिनुभयो । मत गणनामा बढी समय लाग्यो भनेर नआत्तिन आग्रह गर्दै यादवले भन्नुभयो –‘२० वर्ष निर्वाचन नहुँदा चुप लागेर बस्नेहरु अहिले एक हप्ता धैर्य गर्न किन नसकेका होलान् ? मलाई त अचम्म लागेको छ ।’
मतपरिणाम सार्वजनिक गर्न विद्युतीय डिस्प्ले पनि राख्ने तयारी भइरहेको भन्दै यादवले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा पनि यही मतपत्र प्रयोग हुने भएकाले अहिलेको अनुभव अनुसार आफूहरुले दोस्रो चरणको निर्वाचनको मतगणना गर्ने बताउनुभयो ।

एकसय स्थानीय तहको नतिजा प्राप्त हुँदाको परिणाम यस्तो छ :

एमाले :
–धीरबहादुर शाही : दैलेख ठाँटीकाँध गाउँपालिका
–बालकृष्ण आचार्य : धादिङ धुनिवेशी नगरपालिका
–जंगबहादुर शाही : दैलेख, महाबु गाउपालिका
–गणेशबहादुर शाही : डोल्पा, ठूलीभेरी नगरपालिका
– सीपी घती : जाजरकोट, भेरी नगरपालिका
– ओमबहादुर बुढा : डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका
–टंक मोक्तान : मकवानपुर, कैलाश गाँउपालिका
– शेरबहादुर सुनुवार : रामेछाप, उमाकुण्ड गाउँपालिका
– कमल नेपाल : सिन्धुपाल्चोक, लिसंखुपाखा गाउँपालिका
– जीवन लामा : मकवानपुर, इन्द्रसरोवर गाउँपालिका
– नरेन्द्र कुमार शाही : जाजरकोट, शिवालय गाउँपालिका
– तसी तुन्डुक गुरुङ : डोल्पा, शेफोक्शुण्डो गाउँपालिका
– अंगद राना : डोल्पा, काइके गाउँपालिका
– कान्छा घले : मनाङ, नेस्याङ गाउँपालिका
– लोकेन्द्र बहादुर घले : मनाङ, चामे गाउँपालिका
– आशबहादुर गुरूङ : मुस्ताङ, घरपझोङ गाउँपालिका
– वेदबहादुर गुरुङ : कास्की, मादी गाउँपालिका
–घनश्याम सुवेदी : स्याङ्जा, फेदिखोला गाउँपालिका
– दुर्गाबहादुर थापाः तनहुँ, देवघाट गाउँपालिका
– रामचन्द्र दाहाल : ललितपुर, महाङ्काल गाउँपालिका
– चित्रबहादुर चलाउने : सल्यान, ढोरचौर गाउँपालिका
– कैसाङनुर्पु तामाङ : रसुवा, गोसाइकुण्ड गाउँपालिका
– रत्नबहादुर खड्का : दैलेख, नारायण नगरपालिका
– नवराज ओझा : कास्की, रुपा गाउँपालिका
– राजु पौडेल : पर्वत, महाशिला गाउँपालिका
– खिलनारायण मानन्धर : स्याङ्जा, हरिनास गाउँपालिका
– रतननाथ योगी : जुम्ला, तिला गाउँपालिका
–दलु फडेरा : हुम्ला , अदानचुली गाउँपालिका
– कर्णबहादुर गुरुङ : कास्की, माछापुच्छ्रे गाउँपालिका
– सुधिर पौडेल : स्याङ्जा, आँधिखोला गाउँपालिका
– सिताकुमारी पौडेल : रसुवा, कालिका गाउँपालिका
– टंक जिरेल : दोलखा, जिरी नगरपालिका
–विदुर हुमागाई : मकवानपुर, मकवानपुरगढी गाउँपालिका
– प्रेमबहादुर बुढा : दैलेख, भैरवी गाउँपालिका
– खड्ग बहादुर सुनुवार : रामेछाप, गोकुलगंगा गाउँपालिक
–पदमपाणि शर्मा : पर्वत, फलेबास नगरपालिका
नेपाली कांग्रेस :
–छवि लामा : दोलखा,बैत्यश्वर गाउपालिका
–होमबहादुर राना : गोरखा, गण्डकी गाउँपालिका
–हरिकुमार श्रेष्ठ : म्याग्दी बेनी नगरपालिका
–भरत शर्मा गैरे : बागलुङ, गलकोट नगरपालिका
–नुर्पुस्याङवो लामा : रसुवा नौकुण्ड गाउँपलिका
– चन्द्र घले : मनाङ, नोशाङ गाउँपालिका
– पदम बहादुर लामा : हुम्ला, सिमीकोट गाउँपालिका
– देवबहादुर चन्द : सुर्खेत, चिङगाड गाउँपालिका,
– युवराज कुँवर : कास्की, अन्नपुर्ण गाउँपालिका,
– दुर्गाबहादुर राना : नवलपरासी, बुङ्दीकाली गाउँपालिका
– जोकलाल बुढा : बागलुङ, तमानखोला गाउँपालिका
– मिङ्मा छिरीङ लामा : मनाङ, नार्फु गाउँपालिका
– बुद्धिप्रसाद शेरचन : मुस्ताङ, थाकसाङ गाउँपालिका
– हरिश्चन्द्र बस्नेत : जाजरकोट, कुशे गाउँपालिका
– सुवर्णकुमार विष्ट : मुस्ताङ, लोमान्थाङ गाउँपालिका
– फेन्चोक छेप्तेन गुरुङ : मुस्ताङ, मुक्तिक्षेत्र गाउँपालिका
– नगेन्द्रबहादुर मल्ल : दैलेख, ढुंगेश्वर गाउँपालिका
– लक्ष्मण बोहरा : जुम्ला, पातारासी गाउँपालिका
– देवलसिंह रावल : जुम्ला, सिंजा गाउँपालिका
– धनबहादुर गुरुङ : गोरखा, चुमनुब्री गाउँपालिका
– डम्बर बहादुर जिसी : नवलपरासी, विनयी त्रिवेणी गाउँपालिका
– खगेन्द्रप्रसाद तिवारी : पर्वत, पैंयू गाउँपालिका
– मानबहादुर डाँगी : सल्यान, त्रिवेणी गाउँपालिका
– उपेन्द्र लम्साल : रसुवा, उत्तरगया गाउँपालिका
– महेन्द्रब.शाह : जाजरकोट, बारेकोट गाउँपालिका
– रमेशराज पाण्डे : लमजुङ, मध्यनेपाल नगरपालिका
– प्रेमबहादुर तिमल्सिना : काभ्रेपलान्चोक, बेथानचोक गाउँपालिका
– नरवीर रावत : जुम्ला, कनकासुन्दरी गाउँपालिका
– छिरिङ क्याप्ने : मुगु , कार्मारोंग गाउँपालिका
– लक्ष्मी पाण्डे : नवलपरासी, हुप्सिकोट गाउँपालिका
– शशी वस्ताकोटी : नवलपरासी,बुलिङटार गाउँपालिका
– छत्रबहादुर लामा : नुवाकोट, किस्पाङ गाउँपालिका
– जगतबहादुर भोलान : सिन्धुली, घ्याङलेख गाउँपालिका
नेकपा माओवादी केन्द्र :
–देवीलाल गौतम : रुकुम, मुसिकोट नगरपालिका
–डम्वरबहादुर शाही : कालिकोट, सान्नि जेवेगी गाउपालिका
– नरबहादुर पुन : रुकुम, सानीभेरी गाउँपालिका
– विष्णु तामाङ : हुम्ला, नाम्खा गाउपालिका
– राज बहादुर शाही : जुम्ला हिमा गाउँपालिकाः
– बागदल मल्ल : हुम्ला, ताजाकोट गाउँपालिका
– निमबहादुर केसी : सल्यान, दार्मा गाउँपालिका
– पानीराज बम्जन : सिन्धुली, मरिण गाउँपालिका
– पूर्णसिंह थापा : तनहुँ, बन्दीपुर गाउँपालिका
– प्रकाश घर्ती : वागलुङ , ताराखोला गाउँपालिका
– धर्मबहादुर केसी : रुकुम, बाफिकोट गाउँपालिका,
– धनलाल चौंलागाई : हुम्ला, चंखेली गाउँपालिका
– झक्कुप्रसाद घर्ती : रुकुम, त्रिवेणी गाउँपालिका
– नवराज न्यौपाने : जुम्ला, तातोपानी गाउँपालिका
–सर्केश घलान : मकवानपुर, बाग्मती गाउँपालिका
– गोपीलाल स्याङ्तान : ललितपुर, कोन्ज्योसोम गाउँपालिका
– दतबहादुर शाही : डोल्पा, मुडकेचुला गाउपालिका
– नरसिंह रोकाया : डोल्पा, जगदुल्ला गाउपालिका
– हरि बहादुर भण्डारी :जुम्ला, गौठिचौर गाउपालिका
स्वतन्त्र :
–सेनाङ गुरुङ : मुस्ताङ, ताङसोङ गाउँपालिका
–राजु विष्ट : मुस्ताङ, दालोमे गाउँपालिका
–पेम्बा गुरुङः डोल्पा, डोल्पो बुद्ध गाउँपालिका
राप्रपा
–चेरुङ तामाङः धादिङ, रुबीभ्याली गाउपालिका

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...