दुई पार्टीको संयुक्त उम्मेदवार - Naya Online

दुई पार्टीको संयुक्त उम्मेदवार

मेयरमा भण्डारी र उपमेयरमा लिम्बु उठने

फिपराज बेघा, जेठ ३ गते


पथरी (मोरङ) । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले आसन्न स्थानीय तहको निर्वाचनमा एक भएर उम्मेदवारी दिने भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा संयुक्तरुपमा ‘हातले समातेको मसाल’ चुनाब चिन्ह प्रयोग गरी उम्मेदवारी दिने भएको हो । दुर्ई पार्टीले पत्रकार सम्मेलन गर्दै मेयरमा नयाँ शक्तिको तर्फबाट देबराज भण्डारी र उपमेयरमा संघीयको तर्फबाट खिममाया लिम्बुलाई उठाउने भएको जनाएको छ । भण्डारी नयाँ शक्तिका प्रदेश नं. १ को सहसंयोजक र लिम्बु समाजवादी महिला फोरम लिम्बुवान प्रदेश समितिका सदस्य हुन् । उम्मेदवार भण्डारीले नगरको न्याय, समानता, समावेशी, विकास तथा समृद्धिका लागि संयुक्त रुपमा उम्मेदवारी दिएको बताएका छन् ।

संघीय समाजवादी फोरम, लिम्बुवान प्रदेश समितिका सचिवालय सदस्य प्रेम वनेमको संयोजकत्वमा निर्वाचन संयन्त्र गठन गरी सबै उम्मेदवारको ठुङ्गो लगाउने भएको छ । समितिको सदस्यमा संघीयबाट काजी राई, बालकुमार तामाङ, चन्द्रकुमार तामाङ र फिपराज बेघा र नयाँ शक्तिबाट रोशन खरेल, नेत्रप्रसाद दाहाल, लालबहादुर भण्डारी, अशोक शंकर र तारा दवाडी रहेका छन् । जेठ ८ गते उम्मेदवारी घोषणा सभा गरी नाम सार्वजनिक गर्ने समितिले स्वतन्त्र उम्मेदवारसहित अन्य दलहरुसँग पनि चुनावी तालमेल गर्ने पनि बताएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...