एजेन्सी, सलमान खानले आफ्नी आमाको बायोपिक बनाउने भएका छन् ।उनले आफ्नी आमा हेलनको बायोपिक बनाई पर्दामा उतार्ने तयारी गरेका हुन् । हेलनको कथा सलमान खानका पिता सलिम खानले तयार गर्ने छन् । बायोपिकमा हेलनको नृत्य देखि सलिमको श्रीमति बन्दासम्मको यात्रालाई उतारिने छ ।
यदि हेलनको बायोपिकमा कसले उनको भूमिका निर्वाह गर्ला भनेर निकै चासोका साथ हेरिएको छ । क्याटरिना कैफको फिरंगी लुक्स, डान्सिङ स्किल र खान परिवारसँग को सामिप्यताले उनलाई यो भूमिका दिलाउन सक्छ भन्ने अड्कल पनि काट्न थालिएको छ । तर अहिले निर्णय भने भइसकेको छैन ।
६०–७० को दशकमा क्याब्रे क्वीनका रूपमा चिनिने हेलनको डान्स आज पनि उति नै मन पराइन्छ । हेलन बर्मादेखि शरणार्थीका रूपमा मुम्बई आएकी र परिवारको पेट पाल्नका लागि डान्स गर्न सुरु गरेकी थिइन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।