ससफो लिम्बुवानले थाल्यो चुनावी तयारी - Naya Online

ससफो लिम्बुवानले थाल्यो चुनावी तयारी

दमक, २ जेठ ।
संघीय समाजवादी फोरम नेपाल लिम्बुवान प्रदेश समितिले दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक तयारी थालेको छ ।
ससफो नेपाल लिम्बुवान समितिको वैशाख २९ गते दमकमा सम्पन्न सातौं पूर्ण बैठकले निर्वाचनका लागि आवश्यक तयारी थाल्न जिल्लाहरुलाई निर्देशन दिएको हो । निर्वाचन सफल बनाउन ससफो लिम्बुवान समितिका अध्यक्ष आरसी तुम्बाको संयोजकत्वमा ‘लिम्बुवान प्रदेशस्तरीय निर्वाचन परिचालन समिति’ गठन गर्ने निर्णय भएको मुख्य सचिव लोकसागर साम्बाले जानकारी दिनुभएको छ ।
साम्बाका अनुसार जिल्ला तहमा तत्कालै निर्वाचन परिचालन समिति गठन गरेर काम थाल्न निर्देशन दिइएको बताउनुभयो । उहाँका अनुसार निर्वाचनका लागि आवश्यक अन्य कार्य प्रदेश समितिको कार्य सम्पादन समितिले गर्नेछ ।
प्रदेश समिति बैठकले विभिन्न १३ जनालाई पार्टीको प्रदेश समिति सदस्यमा मनोनयन गरेको बताइएको छ । जसमा होम सुवेदी, नयन्द्रबहादुर लिम्बू, मिलनकुमार राई, दिपेन बाला राई, आकाश राई छन् । त्यस्तै प्रदेश समिति सदस्यमा मनोनित हुनेहरुमा समर राई, सर्मुद्दिन हक, पाण्डवलाल चौधरी, कृष्ण कटुवाल, कमल चाम्लिङ, लीलाबहादुर सुनुवार, नितेश सिंघक र चेतन आङ्देम्बे छन् ।
पार्टी केन्द्रले तय गरेको मापदण्ड अनुसार स्थानीय तह निर्वाचनका लागि विभिन्न पदहरुमा उम्मेद्वारी चयन हुने मुख्य सचिव साम्बाले बताउनुभयो । नयाँ शक्ति नेपालसँग चुनावी तालमेल कार्यका लागि आवश्यक तयारी थालिएको उहाँको भनाइ छ । बैठकले पार्टीको लिम्बुवान प्रदेश प्रचार विभाग प्रमुखमा प्रेम वनेमलाई चयन गरेको बताइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...