सरसफाई र स्वास्थ्यको चिन्ता - Naya Online

सरसफाई र स्वास्थ्यको चिन्ता

अर्जुन तामाङ/नुवाकोट

नेपालको संविधान, २०७२ कार्यन्वयन हुने चरणमा प्रबेश गरी सक्दा पनि त्यही संविधानले व्यबस्था गरेकोे आधारभूत स्वास्थ्य सेवाको हकबाट नुवाकोटका बासिन्दा बञ्चित रहनु परेको छ । आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सहज रुपमा प्राप्त गर्नुपर्नेमा स्वच्छ वातावरण र सहज खानेपानीको आपुर्तिबाट बञ्चित रहनु परेको नुवाकोटका बालबालिकाले बताएका छन् ।

गत मंसीरको दोस्रो साता सम्पन्न तत्कालीन कविलास गाविसको बाल भेलाका क्रममा बालबालिकाले यो सवाललाई उठाएका हुन् । बालबालिकाहरूले बालभेलामा सरसफाइ र स्वास्थ्य सेवा प्राप्त नहुनु आफूलाई मन नपरेको बताएका थिए । बाल भेला आयोजना गरिदा ८ देखि १३ बर्ष समूहका बालक र बालिकाको संयुक्त समूह र ८ देखि १८ बर्षका बालक र बालिकाको फरक फरक समूह बिभाजन गरी ती समूहबाट चित्रमार्फत् मन परेको र नपरेको कुरा व्यक्त गर्न लगाईने बिधि रहेको छ । यो बिधि प्रयोग गर्दा तीनै समूहले स्वास्थ्य तथा सरसफाईमा बालबालिकाको पहुँच अत्यन्त न्यून रहेको बताएका थिए । नुवाकोट जिल्ला भूकम्प प्रभावित जिल्ला मध्ये एक हो ।

गत २०७२ साल बैशाख १२ र त्यसपछिको भूकम्पबाट जिल्लाका सबै स्थानीय तहहरु प्रभावित छन् । नुवाकोट जिल्लाको तत्कालीन कविलास गाविस पनि उच्च प्रभावितमा पर्दछ । यो गाविसका १००४ घर भूकम्पबाट ध्वस्त भएका थिए । यसमध्ये ४ विद्यालय र मन्दिरहरुमा कालिका, कपिलेश्वर र वनदेवी नष्ट भएको थियो ।

स्वस्थ्य र सरफाइका दृष्टिकोणले गत २०७२ को भूकम्पपछि सबै स्थानमा पुनर्निर्माणकै क्रममा छन् । बाल भेलामार्फत् कविलासका बालबालिकाले यही आवश्यकतालाई देखाउन खोजेका हुन् ।

कविलास गाविस हालको स्थानीय तह पुनर्सरचनापछि पन्चकन्या गाउँपालिकाको वडा नम्बर दुई बनेको छ । चौघडा, थप्रेक, भद्रुटारसहित तत्कलीन पन्चकन्या गाविसको भौगोलिक सीमांकन भएर नयाँ स्थानीय तहको सो संरचना बनेको हो । नयाँ संरचना भएका गाउँपालिकाभित्रको समस्या मूलतः एकै प्रकारका छन् । स्वस्थ्य र सरफाइका दृष्टिकोणले गत २०७२ को भूकम्पपछि सबै स्थानमा पुनर्निर्माणकै क्रममा छन् ।

बाल भेलामार्फत् कविलासका बालबालिकाले यही आवश्यकतालाई देखाउन खोजेका हुन् । बालबालिकाहरूले सुरक्षित पिउने पानीको पहुँचलाई मुख्य चासोको रुपमा राखेका थिए । जहाँ पिउने पानी प्रदुषित भएको र असुरक्षित पानी पिउन बाध्य भएको कुरा बालबालिकाहरूले बताएका थिए । केही बालबालिकाहरूले नुवाइधुवाइ गर्नका लागि पर्याप्त पानी पनि नभएको र सार्वजनिक रूपमा नै नुहाउनु परेकोले दुःख समेत व्यक्त गरेका थिए । ‘पिउने पानीको श्रोत माटो र ढुंगा मिसिएर खराब बनेको छ । त्यही पानी पिउनु पर्ने बाध्यता हुनाले गर्दा हामीलाई झाडापखाला लाग्न सक्ने डर भएको छ’ कविलासको एक बालक हरि प्रपन्न अर्यालले बताएका थिए । एक जना बालिका भन्दै थिइन् ‘हामीलाई बाहिर खुल्ला ठाउँमा नुहाउँदा धेरै असहज लागिरहेको छ । नुहाइधुवाइ गर्ने बन्द स्थान छैन र केटाहरूले हामीलाई क्वारक्वार्ती हेर्ने पनि गर्छन् ।’ जिल्ला बाल सञ्जालकी यशोदा अर्यालले चाही खानेपानी भए पनि खानेपानीको धारा खोलेर बालबालिकाले पानी पिउन नसक्ने बताइन् । ‘हाम्रा खानेपानीका धाराहरू बालमैत्री छैनन्, हाम्रो उचाई भन्दा धेरै अग्ला छन्’ उनले भनिन् ।

गत बर्षको भूकम्पले पिउने पानीको आपूर्ति व्यवस्थालाई प्रभावित पारेको र त्यसको मर्मत सम्भार हुन नसकेको केहीको बिचार थियो । केन्द्रीय तथ्यांकअनुसार देश भर ११ लाख मानिसहरू एकीकृत स्वरूपले सुरक्षित पिउने पानी र चर्पीमा पहुँच गुमाउन बाध्य भएका थिए । मन्सुनको मौसम सुरु भएपछि बाढीको संभावना हुन्छ, जसको कारणले जीवन अवस्थाहरूमा ह्रास आउन सक्ने संभावना बढ्नेछ तथा पिउने पानी वितरण प्रणालीलाई अरू हानि पुग्न सक्नेछ । कविलास गाविसमा खुला दिशा मुक्त अभियान विशेषरुपमा जारी रहेको छ । सबैको निजी घरमा खुला चर्पी निर्माण गर्ने अभियान पुरा हुनै लाग्दा भूकम्पले यो अभियानलाई पूर्णबिराम लगाएको थियो । तत्कालीन गाविस सचिब महेन्द्र बहादुर नेपालकाअनुसार एक घर एक चर्पी अभियानलाई भूकम्पपछि पनि निरन्तरता दिइदै आइएको छ ।

अपर्याप्त सरसफाइ र अस्वच्छ पिउने पानीबाट उत्पन्न हुने स्वास्थ्यका जोखिमका बारेमा स्थानीय जनचेतनाको खाँचो रहेको उनको भनाई छ । बालबालिकाहरूले बाल भेलामा बताएअनुसार उनीहरू र उनीहरूका परिवारहरू तथा समुदायहरूका बीचमा स्वास्थ्य समस्याहरू अहिले नै बढिरहेका छन् । केही बालबालिकाले झाडापखाला, बान्ता र पेटका अन्य समस्याहरूका बारेमा बताए । जसका लागि नियमित खानामा परिवर्तन हुनु, बासी वा राम्ररी नपकाएको खाना खानु, उद्धार खाद्य प्याकेजहरूमा भएका नौला खाना खानु, सुरक्षित पिउने पानीको अभाव हुनु तथा जीवन स्तर असामान्य हुनु नै कारकहरू भएको कुरा उनीहरूको धारणा थियो । ‘भूकम्पपछि हाम्रा सबैजसो गाउँहरू झाडापखाला, टाउको दुख्ने र रिंगटा लाग्ने रोगहरूले मानिस पीडित बनेका छन्’ कविलासकी बालक्लवमा सहभागी बालिका सविना तामाङले बताइन् ।

त्यसो त गाविसमा दुइवटा स्वास्थ्य संस्था छन् । समुदायको सहयोगमा आधारभूत स्वास्थ्य विकास कार्यक्रमको सेवा कार्यलय मिश्र गाउँमा छ भने सरकारी स्वामित्वको स्वास्थ्य चौकी नजिकैको बस्तीमा स्थापित छ । तथापि उनीहरू स्वास्थ्य सेवाप्रति त्यति सन्तुष्ट छैनन् । ती स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य सेवा, औषधि र विज्ञहरूको अपर्याप्त र समुदायको बासस्थान स्वास्थ्य संस्थाको दुरी टाढा भएको उनीहरूको भनाई थियो । कतिपयले भने घुम्ती चिकित्सा टोलीहरू उनीहरूका गाउँहरूमा आएका र निःशुल्क स्वास्थ्य परीक्षण गरेकाले खुशी भएको कुरा पनि बताएका थिए ।

केहीले त त्यस्ता क्लिनिकहरू स्थायीरूपमा बनाइनु पर्ने र उन्नत गुणस्तरको स्वास्थ्य सेवा हुनु पर्ने चाहना व्यक्त गरेका थिए । ‘हामीकहाँ दक्ष चिकित्सकसहितको स्थायी स्वास्थ्य शिविरहरू चाहन्छौं’ नव संजिवनी माविबाट बाल भेलामा सहभगी भएकी स्रुपा मिश्रले बताइन् । तर स्थानीय स्वास्थ्य संस्थाका इन्चार्ज सन्त बहादुर श्रेष्ठले भने ठूला र घातक रोगबाहेक स्थानीय स्तरमा नै उपचार गर्न सकिने दाबी गरे ।

—साभारः बालमैत्री स्थानीय शासन मीरेष्ट लेखमाला

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

मेरो संस्मरणमा तत्कालीन माओवादी सशस्त्र जनयुद्ध

उदय पुर्वेली चोङ्वाङक्याक मैले यहाँ माओवादी जनयुद्धको कुनै शृङ्खलाबद्ध घटनाक्रमको इतिहास कोट्याउन होइन, सकभर...

अमेरिका बस्दै आएका नारायण भट्टराईलाई नेपाली साहित्यप्रति रुचि

युद्धबहादुर बोहोरा अमेरिकी सरकारको डिभी कार्यक्रम अन्तर्गत ग्रीन कार्ड पाएर २०६९ साल असारदेखि नारायण...

मलेसियामा कोभिडका नेपाली बिरामीहरू जंगलछेउको कन्टेनरमा, हरेकदिनजसो निधन

सीता तुम्खेवा कोरोना महामारीबाट विश्व नै प्रभावित छ । सुरुवाती अवस्थामा देशका मुख्य सहरका...

एक “गुमनाम” पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण

अर्जुन मादेन लिम्बू   राजनीतिसंगै गीत रचना र समाजसेवामा समर्पित मीनबहादुर थापालाई नियाल्दा मुलतः...

विनोदी विनोदसँग योगवियोगको वार्तालाप

देवेन्द्र सुर्केली विसं. २०५५ सालतिर धरानको ब्लाष्ट टाइम्स् दैनिकमा एउटा सूचना छापियो –चलचित्र सिरिजंगाको...

पाइलामा जे बिझाउँछ त्यहि टिप्ने मानिस

देवेन्द्र सुर्केली जुन गाउँमा लाहुरे नै थिएनन् र जुन गाउँको एउटा युवाले लाहुरबारे बुझेको...

थात्थलोभन्दा टाढा, त्यसपछि झनै टाढा….

विक्रम सम्वत १९९० सालको भुँइचालो धेरै कुराको मापक बनेको छ । बुढापाकालाई तपाई कति...