समाजवादी फोरम र संघीय लिम्बूवान पार्टीबीच एकीकरण घोषणा - Naya Online

समाजवादी फोरम र संघीय लिम्बूवान पार्टीबीच एकीकरण घोषणा

अधिकारका लागि लिम्बूवान र मधेश सँगै संघर्षमा उत्रिने एकीकृत पार्टीको चेतावनी

  1. काठमाडौं ३१, वैशाख । संघीय समाजवादी फोरम नेपाल र संघीय लिम्बूवान पार्टी नेपालबीच एकीकरण भएको छ । उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल र खगेन्द्र माखिम अध्यक्ष रहेको संघीय लिम्बूवानबीच सोमबार संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा पार्टी एकताको औपचारिक घोषणा भएको छ ।
    फोरम नेपालका अध्यक्ष यादव र संघीय लिम्बूवानका अध्यक्ष माखिमले संयुक्त रुपले पार्टी एकताको घोषणा गरेका छन् । माखिमले संघीय समाजवादी फोरम नेपालसँग पार्टीको नीति, सिद्यान्त र एजेन्डा मिल्ने भएकोले सँगै मिलेर संघर्ष गर्न पार्टी एकता गरेको बताए ।
    जनजाति आन्दोलनको सक्रिय अगुवा नेता माखिमसहित संघीय लिम्बूवान पार्टीमा रहेका सम्पूर्ण पदाधिकारी, केन्द्रीय सदस्य लगायत सिंगो पार्टी पंक्ति र फोरम नेपाल एक ढिक्का भएका छन् । यो एकिकरणसँगै मधेशी, आदिवासी जनजाति, खस, महिला, मुश्लिम लगायत समग्र उत्पीडित समुदायको लागि जारी संघर्ष झन् उचाइँमा पुग्ने देखिएको छ ।
    संघीयता र पहिचानलाई आधार बनाएर उत्पीडित समुदायको पक्षमा संघर्ष गर्ने शक्ति फोरम नेपाल मात्र रहेकोले पार्टी एकता गरेको नेता माखिमले प्रतिक्रिया दिएका छन् ।
    एकता समारोहलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले थोपा थोपा शक्ति एकजुट भएर पहिचानको आन्दोलनलाई निर्णायक बनाउने बताएका छन् । अधिकार र पहिचानका लागि जारी संघर्षलाई उचाईमा पुर्याउन मधेशी, आदिवासी जनजाति लगायत समग्र उत्पीडित समुदाय मिल्नुको विकल्प नरहेको भन्दै अध्यक्ष यादवले अधिकार प्राप्तिका लागि संघर्षरत सबै शक्तिलाई एकतालाई आह्वान गरेका छन् ।

अध्यक्ष यादवले सरकारलाई बुलेटको जवाफ ब्यालेटले दिने समेत चेतावनी दिएका छन् । मधेश आन्दोलनको समयमा राज्यले मधेशीलाई गोली हानेर हत्या गरेको भन्दै अध्यक्ष यादवले त्यसको जवाफ ब्यालेटबाट दिने बताए ।
धेरैले आफूलाई चुनावमा किन गएको भनि प्रश्न गरेको बताउँदै भने, ‘त्यसको जवाफमा अब यो राज्यलाई ब्यालेटबाट जवाफ दिने बेला आएको छ, चुनावमार्फत शक्ति निर्माण गरि राज्यमाथि धावा बोल्छौं ।’
चुनाव पनि एउटा आन्दोलन हो, चुनावलाई पनि एउटा संघर्षको रुपमा अगाडि बढाउन सकिन्छ भन्दै अध्यक्ष यादवले आन्दोलनको आधारभूमि तयार गर्ने माध्यम चुनाव रहेको बताए ।
‘लोकतन्त्रमा चुनावलाई इन्कार गर्न सकिदैन, राज्यसँग लड्नु नै हो, आदिवासी जनजाति, मधेशीसँग भेदभाव गरेको राज्यसँग चुनावमा भाग लिएर पनि लड्न सकिन्छ’, उनले भने ।
तीन दलले ल्याएको सविधान नश्लीय र विभेदकारी रहेको भन्दै उनले त्यसलाई पुनर्लेखन गर्नुपर्छ भनि पहिलादेखि नै आफूले भन्दै आएको र त्यसबाट आफू पछि नहटेको स्पष्ट पारे ।
सरकारले ल्याएको सविधान संशोधनले केही पनि समस्या समाधान नहुने बताउँदै उनले सरकारले तत्काललाई यो विधेयक पारित गरे बाँकीका लागि पुनः संघर्ष गर्ने बताए ।
यसैगरी, एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै खगेन्द्र माखिमले राज्यलाई सिंहदरबारमा बसेर हुंकार दिनुभन्दा हिम्मत भए आफूहरुले उठाएको अधिकार विरुद्ध लिम्बूवान पुगेर बोल्न चेतावनी दिए ।
‘लिम्बूवानको आवाज सिंहदरबारमा सुनिँदैन, सुनिए पनि सानो स्वरमा सुनिन्छ । तर आवाज सानो सुनियो भन्दैमा लिम्बूवानको आवाजलाई उपेक्षा नगरे हुन्छ । सरकारसँग हिम्मत छ भने लिम्बूवान पुगेर हाम्रो आवाज सुन्ने साहस गरोस्’– नेता माखिमले भने ।
समयकाल अनुसार मधेशी एवं आदिवासी जनजातिसहित उत्पीडित समुदायलाई एक ठाउँमा गोलबद्ध हुन अनिवार्य रहेको भन्दै नेता माखिमले सँगै मिलेर संघर्षमा उत्रिन सबैलाई आह्वान गरे ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...