कवि जन्तरेको कविता सङ्ग्रह 'पालामको राजकुमारी' विमोचित - Naya Online

कवि जन्तरेको कविता सङ्ग्रह ‘पालामको राजकुमारी’ विमोचित

क्वालालम्पुर । आफ्नो अभिव्यक्तिलाई कविताको रुपमा खरो भावमा राख्न सक्ने कवि दिलदुःखी जन्तरेको प्रथम कविता कृति पालामको राजकुमारी मलेसियामा बिमोचन भएको छ । उनी एक दशकभन्दा लामो समयदेखि वैदेशिक रोजगारीको लागि मलेसियामा कार्यरत साहित्य लेखनमा सक्रिय थिए ।
विमोचन कार्यक्रममा किरात याक्थुङ चुम्लुङ मलेसियाका अध्यक्ष कृष्ण आङ्देम्बे, किरात धर्म साहित्य उत्थान संघका संरक्षक दिलकुमार केरुङ, साहित्यकार विजय योञ्जन, पत्रकार आरसी गिरि, साहित्य चौतारी मलेसिया प्रतिनिधि बिमल पोखरेल लगायतको आतिथ्यता रहेको थियो । कवि भीम स्नेहीको स्वागत मन्तव्यबाट अगाडि बढेको कार्यक्रम प्रमुख अतिथी नेपाल दूतावास मलेसियाका द्वितीय सचिव चुमार सिं के सी तथा विशेष अतिथी एनआरएन मलेसियाका महासचिव सुन्दर आले, किरात धर्म साहित्य उत्थान संघका संरक्षक दिल कुमार केरुङ सभापती काप्पोबा चुमले कृतिको विमोचन गरेका थिए ।
त्यस्तै कवि रवि किरण, पत्रकार आरसी गिरि विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष शिब छाङछाले शुभकामना मन्तव्य दिएका थिए । आम नेपालीहरुले भोग्नुपरेको प्रबास पीडा, पहिचानको बुलन्द आवाज, बिभेदकारी र गैरजिम्मेवार राज्य ब्यवस्थाप्रति खबरदारी लिम्बु मुन्धुममा आधारित मिथकिय बिम्बहरु समेटिएको ३० थान उत्कृष्ट कबिताहरु पालामको राजकुमारीभित्र रहेका छन् ।
विश्व नेपाली साहित्य महासंघ मलेसियाले आयोजना गरेको उक्त कार्यक्रममा अध्यक्ष काप्पोबा चुमको सभापतित्व र नेपाली राजदुतावासका द्वितीय सचिव चुमारसिं केसि ज्युको प्रमुख अतिथ्यता थियो । कार्यक्रममा साहित्यकार जीवन देवान गाउंले र दिलिप सागर राईले कृती पालामको राजकुमारीमाथी समिक्षा टिप्पणी थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

चुम्लुङ मलेसियामा पुनः दिल केरुङ लिम्बू

मलेसिया, १५ नोभेम्बर । किरात याक्थुङ चुम्लुङ मलेसियाको सातौं अधिवेशन सम्पन्न भएको छ ।...

हिलिङ्टोन गोर्खा नेपाली कम्युनिटीको दशैं विशेष कार्यक्रम सम्पन्न

प्रिन्स याक्खा प्यासी लण्डन । हिलिङडोन गोर्खा नेपाली कम्युनिटीले दशैं विशेष कार्यक्रम भव्य रुपमा...

जसपा प्रवास विशेष प्रदेश समिति पूनर्गठन

काठमाडौं, २० भदौ । जनता समाजवादी पार्टी, नेपाल प्रवास विशेष प्रदेश समिति विश्वास दीप...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

अब भेला मात्रै होईन मेला पनि’ भन्ने स्लोगनका साथ सिसेक्पा तङनाम २०२२ मेला सम्पन्न

प्रिन्स याक्खा लण्डन । १६ जुलाई २०२२ का दिन याल्डिङ मेडिस्टोन केन्टस्थित आफ्नै जग्गा...

सगरमाथा साहित्य प्रतिष्ठानमा अजित उत्सव

युएई, ११ जुलाई । सगरमाथा साहित्य प्रतिष्ठानको सम्पन्न केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई...

हिलिङ्टन गोर्खा नेपाली कम्युनिटीले मनायो समर बिबिक्यु

प्रीन्स याक्खा लण्डन, ४ जुलाई । हिलिङ्टन गोर्खा नेपाली कम्युनिटी युकेले हिलिङ्टनस्थीत कम्युनिटी हलमा...

ट्याप ट्याप सेन्ड्को प्रमुख प्रायोजनमा पोर्तुगलमा पहिलोपटक मैत्रीपुर्ण पुरुष भलिबल खेल सम्पन्न

पोर्तुगल, १५ अप्रिल । चैत दशैको पावन अवसरमा नेपाली समाज सान्तोतोनियाले गत अप्रील ९...