काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र खगेन्द्र माखिम अध्यक्ष रहेको संघीय लिम्बूवान पार्टी नेपालबीच एकता हुँदैछ । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा आज पार्टी एकता घोषणा हुने बताइएको छ ।
पार्टीको दुई तिहाई बहुमतबाट हालै अध्यक्ष बनेका माखिमले संघीय समाजवादी फोरम नेपालसँग पार्टीको नीति, सिद्यान्त र एजेन्डा मिल्ने भएकोले सँगै मिलेर संघर्ष गर्न पार्टी एकता गर्न लागेका हुन् ।
संघीयता र पहिचानलाई मुख्य एजेन्डा बनाएर मधेशी, आदिवासी जनजाति, दलित, खस, महिला, मुस्लिम लगायत उत्पीडित समुदायको पक्षमा संघर्षरत फोरम नेपालसँग माखिम नेतृत्वको सिङ्गो पार्टी नै एकीकरण गर्न लागेको हो ।
पूर्वी नेपालको दश वटा जिल्लामा प्रभावकारी पहुँच बनाएर माखिम नेतृत्वको संघीय लिम्बूवान पार्टी सक्रिय रहेको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।