तङ्रिदै बिद्यालय शिक्षा - Naya Online

तङ्रिदै बिद्यालय शिक्षा

दीपक अर्याल/चौतारा
भूकम्प प्रभावित क्षेत्रका बिद्यालयहरू पुन आफ्नो लयमा प्रबेश गरेका छन् । तथापि सबै बिद्यालयहरूको भौतिक संरचना तयार भई नसकेका कारण स्थानीय बिद्यालयको पठनपाठन अस्थायी टहरामा भईरहेको छ । जिल्ला शिक्षा कार्यलय सिन्धुपाल्चोकको दाबीअनुसार सबै बिद्यालयमा चालु आर्थिक बर्षभित्र बिद्यालयको भौतिक संरचना पूर्ण रुपमा तयार हुने छ ।
विक्रम संबत् २०७२ वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पबाट मुलुकभर झण्डै ७ हजार विद्यालयहरू पूर्ण वा आंशिक रुपमा ध्वस्त भएका थिए । जसबाट झण्डै १५ लाख ८९ हजार बालबालिकाहरू प्रभावित बन्न पुगेको सरकारी तथ्यांक छ । सिन्धुपाल्चोक जिल्लामा धेरै बिद्यालयको भौतिक संरचना ध्वस्त भएका थिए । जिल्ला शिक्षा कार्यलयका अनुसार ती बिद्यालय पुननिर्माणका क्रममा छन् ।
गत मंसीरको दोस्रो साता चौतारा नगरपालिका स्तरीय बाल भेलाका क्रममा ध्वस्त भएका बिद्यालयहरू संरचनात्मक हिसाबले असुरक्षित भएको आवाज बालबालिकाले उठाएका थिए । चौतारा नगर बाल सन्जालकी अध्यक्ष सिम्रन श्रेष्ठकाअनुसार भूकम्पपछि हामी बिद्यालय जाँदा हामी पढ्ने बिद्यालय नै थिएनन् । भूकम्पपछि २०७२ जेठ १७ गते आधिकारिक रूपमा विद्यालयहरू पुनः खोलिएका थिए । उनले भनिन्– ‘हामी पढ्न चाहन्छौ भनेर खुला चौरमा पराकम्पसँगै औपचारिक पढाई सुरु भयो ।’
बाल भेला सञ्चालनका क्रममा बिभाजन गरिएको ८ देखि १३ बर्ष उमेर समूह र १३ देखि १८ बर्ष उमेर समूहका बालक र बालिकाका समूहबाट चित्रांकनका माध्यमले भूकम्पबाट आफूहरू दुखित भएको बिचार व्यक्त गरेका थिए । चौतारा नगरपालिकाका बालमैत्री स्थानीय शासन सम्पर्क व्यक्ति यमूना शाहकाअनुसार सबै समूहको निश्कर्ष करिब करिब मिल्दोजुल्दो रहेको बताए ।
भत्किएका घरका धुलोमूलोमा विद्यालयको युनिफर्म, ब्याग, कापी र अन्य शैक्षिक सामग्रीहरू पुरिएकोमा उनीहरूको सबैभन्दा ठूलो चिन्ता छ । उनी भन्छन्– ‘उनीहरू ती सामानहरू किन्ने खर्च अभिभावकले कसरी व्यहोर्न सक्छन् भनी चिन्तित रहेका थिए । उनीहरूलाई निःशुल्क शैक्षिक सामग्रीहरू उपलब्ध गराउनु पर्छ भन्ने गहिरो भाव रहेको पाइयो ।’
चौतारा नगरका बालक समूहले विद्यालयका कम्प्युटरहरू र पुस्तकालयहरू ध्वस्त भएकाले उनीहरूलाई सिकाइका उपयुक्त साधनबाट बन्चित बनाइदिएको बताएका छन् । ‘हामीलाई अरू केही पनि चाहिँदैन । हामीलाई फगत किताबहरू, कापीहरू र स्कुलको ब्याग मात्र आवश्यक छ ।’ बाल सन्जालका गणेश सापकोटाले बताए ।
बालबालिकाहरूले बिद्यालय पुननिर्माण प्रक्रिया यथाशिघ्र छिटो सम्पन्न गर्नु पर्ने भावनालाई बालभेलाका क्रममा चित्रद्वारा व्यक्त गरेका थिए । बालभेलाका क्रममा चौतारा नगरपालिकाका बिद्यालय शिर्षकमा सिद्धीगणेश मावि सिरुवारी, चौताराकी चाँदनी तामाङले चिटिक्क परेको भूकम्प प्रतिरोधी र बालमैत्री बिद्यालय भवनको चित्र कोरेकी थिईन । ‘हाम्रा अस्थायी सिकाइ केन्द्र (टिएलसि)हरू सहज शिक्षणका लागि उपयुक्त छैनन् । पढने बालबालिकाहरूको संख्या धेरै हुने हुँदा विभिन्न कक्षाहरूलाई एकै ठाउँमा मिसाउदा पढाएको नै बुझिदैन । यसैले सुरक्षित र बालमैत्री बिद्यालय छिटो बनोस भनेर यो कुरा उठाएका हुँ ।’ उनले चित्रको व्याख्या गर्दै भनेकी थिईन ।
केही बालबालिकाले अस्थायी बासास्थानका कारण आफ्नो पढाई अवरुद्ध भएको चिन्ता व्यक्त गरेका थिए । ‘घरमा अस्थायी टहरामा बस्छौ । संयुक्त परिवार भएकाले पढाइमा डिस्टर्ब हुन्छ । हामी अध्ययन गर्नै सक्दैनौं र त्यहाँ त सुरक्षा पनि छैन ।’ चौतारा नगर बाल सन्जालकी सीमाना पाण्डेले बताए । बालभेलाका क्रममा १३–१८ उमेर समूहका बालिकाहरूले घरायसी काम धन्दाले पनि पढाईमा ध्यान दिन नसकेको बताएका थिए । भूकम्प गएपछि घरायसी र अन्य काम धन्दाहरूको बोझ बढेको उनीहरूको सामुहिक जवाफ थियो । तर बालक समूहका प्रतिनिधिहरूले आफूहरूले घर धन्दा गर्न नपर्ने तर बिदाका बेला गाई बस्तु हेर्नु पर्ने जानकारी गराएका थिए ।
चौताराका बालबालिकाहरू अस्थायी टहरामा भए पनि पढाई सुचारु भएको र आफ्नो पढाई अबरुद्ध नभएकोमा खुशी देखिन्थे । ‘कक्षाका दैनिक कार्यतालिका अनुसार पढाई भईरहेकै छ । बिद्यालयमा गएपछि साथीसँगीहरू भेट्न पाइन्छ’ उनीहरूले भनेका थिए– ‘विद्यालयमा पढ्न पाउँदा हामीलाई खुशी लागेको छ किनकि हामीले साथीसँगीहरूलाई भेटेर कुराकानी र नाचगान गर्दा बिगतका डर र त्रासहरू अस्थायी रूपमा भए पनि बिर्सिन पाएका छौं । अब हाम्रो बिद्यालय चाडै बन्ने छ भन्ने आसा गरेका छौ ।’
नेपालमा २०७२ वैशाख १२ गतेका दिन ७.६ तहको भूकम्प गएको थियो र यसबाट ८,७०० भन्दा धेरै मानिसहरूको मृत्यु भएको थियो । नेपालको जनसंख्याको ४२ प्रतिशत ओगटेका बालबालिकाहरूले यस घटनाबाट अकल्पनीय मानसिक पीडा र हानी व्यहोरेका थिए । भूकम्पबाट भएको क्षति र त्यसको परिणामस्वरूप उत्पन्न आवश्यकताहरू नेपाल सरकारले गरेको विपद््पश्चात्को आवश्यकता लेखाजोखा (पिडिएनए) मा अभिलेखन गरेको छ । बाल भेलाले उठाएका यी सवालमा स्थानीय तह र सरोकारवालाहरूले बिशेष कदम चाल्नु पर्ने स्पष्ट भनाई थियो । स्थानीय तहका पदाधिकारीहरूले यी सवालप्रति गम्भीर रहेको प्रतिक्रिया दिएका थिए ।

—साभारः बालमैत्री स्थानीय शासन मीरेष्ट लेखमाला

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

मेरो संस्मरणमा तत्कालीन माओवादी सशस्त्र जनयुद्ध

उदय पुर्वेली चोङ्वाङक्याक मैले यहाँ माओवादी जनयुद्धको कुनै शृङ्खलाबद्ध घटनाक्रमको इतिहास कोट्याउन होइन, सकभर...

अमेरिका बस्दै आएका नारायण भट्टराईलाई नेपाली साहित्यप्रति रुचि

युद्धबहादुर बोहोरा अमेरिकी सरकारको डिभी कार्यक्रम अन्तर्गत ग्रीन कार्ड पाएर २०६९ साल असारदेखि नारायण...

मलेसियामा कोभिडका नेपाली बिरामीहरू जंगलछेउको कन्टेनरमा, हरेकदिनजसो निधन

सीता तुम्खेवा कोरोना महामारीबाट विश्व नै प्रभावित छ । सुरुवाती अवस्थामा देशका मुख्य सहरका...

एक “गुमनाम” पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण

अर्जुन मादेन लिम्बू   राजनीतिसंगै गीत रचना र समाजसेवामा समर्पित मीनबहादुर थापालाई नियाल्दा मुलतः...

विनोदी विनोदसँग योगवियोगको वार्तालाप

देवेन्द्र सुर्केली विसं. २०५५ सालतिर धरानको ब्लाष्ट टाइम्स् दैनिकमा एउटा सूचना छापियो –चलचित्र सिरिजंगाको...

पाइलामा जे बिझाउँछ त्यहि टिप्ने मानिस

देवेन्द्र सुर्केली जुन गाउँमा लाहुरे नै थिएनन् र जुन गाउँको एउटा युवाले लाहुरबारे बुझेको...

थात्थलोभन्दा टाढा, त्यसपछि झनै टाढा….

विक्रम सम्वत १९९० सालको भुँइचालो धेरै कुराको मापक बनेको छ । बुढापाकालाई तपाई कति...