नविन चौधरी
क्वालालम्पुर मलेसिया । थरुहट/थारुवान बिकास, पहिचान र थारु युवाहरुमा एकताको निम्ति स्थापना गरिएको प्रवासी थारु सेवा समाजको तेस्रो बैठक तथा अन्तरकृया भेला कार्यक्रम मलेसियामा सम्पन्न भएको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरमा बसेको बैठकमा नवलपरासीमा बन्दै गरेको “थारु राष्ट्रिय सङग्रहालय”को लागी र टिकापुर घटनाको पीडित जेल बन्दी “लाहुराम चौधरीको घर जग्गा लिलाम” हुनबाट जोगाउन पनि थारु सेवा समाज मलेसियाले सक्दो आर्थिक सहयोग गर्ने बारे बिशेष छ्लफल गरिएको समाजका अध्यक्ष आरएन चौधरी थारुले जानकारी दिएका छन् ।
मलेसियामा रोजगारीको सिलसिलामा बसिराख्नु भएका र थारु सेवा समाजमा आवद्ध भएका नयाँ सदस्यहरुलाई समाजका महिला उपाध्यक्ष सरिता चौधरीले खादा, दोसाला ओढाइ स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा थारु सेवा समाजका संस्थापक अध्यक्ष आरएन चौधरी थारुले मलेसियामा बसिराख्नु भएका हरेक थारु युवा, बुद्धिजीवी, अगुवाहरुलाई यस संस्थामा आबद्ध भएर थारु/चौधरी र थरुहटको सेवा गर्न, लोप हुन लागेको थरुहट पहिचानलाई मलेसियामा मात्र नभइ हरेक देशमा नै थारु संघ संस्था खोल्नु पर्ने र ती सबै संस्थाले सक्दो थरुहट भूमिको रक्षा गर्नु पर्ने थारु युवाहरुलाई एकताको सुत्रमा बाध्न सक्दो भुमिका खेल्नु पर्ने जोड तोडको साथ लाग्नु पर्ने धारणा राख्नु भयो । उपाध्यक्ष तिलक थारुले अब चाहिँ आउने दिनमा यस् संगठ्नलाई अझ बलियो बनाउने र मलेसियामा रहेका हरेक थारु युवा बुद्धिजीवीहरुलाइ एकताको क्षुत्रमा बाध्न आफू सधै तत्पर रहने बताउनु भयो । संस्थाकै महासचिब दिपेश चौधरीले बिदेशमा भएका हरेक जातीयसंस्था भन्दा यो संस्थालाई हामी सबै मिलिजुलि अग्रपंक्तिमा लाने प्रतिवद्धता जनाएका थिए भने सचिब मनिराम थारुले आफू सधै थारु समाजको सेवामा समर्पित रहने कुरा राख्नु भयो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।