प्रवासमै कार्यरत नेपालीले जिते अन्तर्राष्ट्रिय स्वर्णपदक - Naya Online

प्रवासमै कार्यरत नेपालीले जिते अन्तर्राष्ट्रिय स्वर्णपदक

सुन्दर आले
क्वालालम्पुर मलेसिया ।


अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो कराते प्रतियोगितामा स्वर्ण जितेका पदकधारी कर्ण बहादुर राईले मे १४ तारिख फेरि स्वर्ण पदक जितेका छन् ।

क्वालालम्पुर स्थित ब्याडमिन्ट हल,चेरासमा मिलो अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा नेपालको तर्फबाट ८४केजीमा उनले स्वर्ण पदक विजेता हासिल गरेका हुन् । इन्डोनेशियालाई पाखा लगाएर अनि दोस्रो राउन्डमा फिलिपिन्सलाई हराएर साथै सेमिफाइनलमा सिङापुरको राष्ट्रिय खेलाडीलाई हराउदै फाइनलमा मलेशिया लाई सजिलै जित हासिल गरि पदक हातपारेका थिए ।

लैनचौर सितोरियो कराते डोजोका खेलाडी सुनित घर्ती मगरले विलो ७५ केजि मा कास्य पदक जितेका छन साथै नेपाली प्रवासी सितोरियो कराते बाट गणेश तामाङले विलो ५५ केजिमा कास्य पदक प्राप्त गरेका हुन् ।

नेपालको तर्फबाट रेफ्रीहरुमा प्रवासी सितोरियो कराते सघका अध्यक्ष तथा एसियन रेफ्री योगेन्द्र कोइराला, क्रमश अन्तरास्ट्रिय रेफ्री राम तामाङ, हरिलाल थापा मगर र दिपक बोहरा, नेपालको तर्फबाट अफिसियलमा अनित न्यौपाने, टिम कोचमा ज्ञानु मगर हुनुहुन्थ्यो । त्यस्तै गरी नेपाली प्रवसी सितोरियो करातेको तर्फबाट अफिसियलमा नर्बु तामाङ, टिम कोचमा लक्ष्मी क्षेत्री रहनु भएको थियो । उक्त प्रतियोगितामा देशहरूमा इन्डोनेशिया, फिलिपिन्स, नेपाल, सिङापुर, उज्वेकिस्तान, मलेशिया, बङलादेश, ईन्डिया र सिरिया थियो भने सबैभन्दा बढी मेडल जितेर मलेशिया प्रथम हात पारेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तिर्सना नेम्बाङको उपस्थितिमा मलेसियामा भव्य चासोक तङ्नाम

जेडी गाउँले क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूतवासका कार्यवाहक राजदूत मुदिता बज्रचार्यको प्रमुख आतिथ्यमा...

मलेसियाको अस्पतालमा ४७८ दिन पहिचानविहिन

जेडी गाउँले मलेसिया । Tengku Ampuan Rahima Hospital, Kelang मा पहिचान नखुलेको अवस्थामा उपचाररत...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

किरात याक्थुङ चुम्लुङ मलेसियाले चासोक मनाउँदै

क्वालालम्पुर । किरात याक्थुङ चुम्लुङ मलेसियाले डिसेम्बर २९ तारिख चासोक तङ्नाम मनाउने भएको छ...

नर्वेमा नेपाली स्रष्टा पुरस्कृत

युवा नेपाली सर्जक प्रकाश आङ्देम्बे नर्वेको एक प्रतिष्ठीत पुरस्कारबाट पुरस्कृत भएका छन् । शरणार्थी...

महिला फुटबल क्याप्टेन तुम्बापोको घर निर्माणको लागि हङकङमा लाखौं संकलन

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित...

नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षमा बिमला सेने निर्वाचित

सुरेन्द्र इङ्नाम लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्षमा बिमला सेने निर्वाचित भएका...

विनेसामको १५औँ स्थापना दिवस तथा २११औँ भानुजयन्ती सम्पन्न

विनेसामको १५औँ स्थापना दिवस तथा भानुजयन्ती भव्य भर्चुअल कार्यक्रममा सम्पन्न भएको छ । विश्वका...

दाता र दूतवासको सहयोगमा दुई पीडितको उद्धार

जेडी गाउँले क्वालालम्पुर । मलेसियामा लामो समयदेखि अवैधानिक बसोबास गरिरहेका दुई पीडित श्रमिक नेपालीलाई...

कियाचु युकेको आयोजनामा १५औं यलम्बरहाङ कप

सुरेन्द्र इङ्नाम युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ्...