पहाडमा चुनाव भइरहँदा मधेसमा उपेन्द्र यादवले भित्र्याए हजारौं कार्यकर्ता - Naya Online

पहाडमा चुनाव भइरहँदा मधेसमा उपेन्द्र यादवले भित्र्याए हजारौं कार्यकर्ता

राजपाका नेतासहित ३००, एमालेका बाह्र सय कार्यकर्ता प्रवेश

सिरहा, ३१ वैशाख ।
पहाडका विभिन्न तीन प्रदेशअन्तर्गतका जिल्लाहरुमा स्थानीय तहको निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान भइरहँदा मधेसमा भने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पार्टी प्रवेश गराउनुकै हत्तारो थियो ।
अध्यक्ष यादवले आइतबार विभिन्न पार्टी परित्याग गरेर आएका करिब दुई हजार जना मानिसलाई ससफो नेपालमा प्रवेश गराउनुभएको हो । आइतबार राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जनता दल लोकतान्त्रिक परित्याग गरी आएका नेता कार्यकर्ताहरुलाई यादवले ससफो नेपालको सदस्यता दिएर पार्टी प्रवेश गराउनुभएको थियो ।
मधेस केन्द्रित विभिन्न ६ वटा मधेसी दल मिलेर हालै गठन भएको राष्ट्रिय जनता पार्टीका कारण मधेसमा यादव र उहाँको दल कमजोर बनेको हल्ला फिँजाइए पनि आइतबारको घटनालाई हेर्दा भने मधेसमा उपेन्द्र यादवको लोकप्रियता घटेको नभई थप वृद्धि हुँदैगएको देखिन्थ्यो । मधेस र मधेसी जनताको मुद्दा त्यागेर निर्वाचनमा सहभागी भएको आरोप लागिरहेका बेला यादवले आइतबार सिरहाको गोलबजारमा करिब दुई हजारको संख्यामा विभिन्न दल त्याग गरी आएका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएर आफूमाथि लागेका भ्रम चिर्न सफल बन्नुभएको छ ।
सिरहाको गोलबजार र वरियापट्टीमा छुट्टाछुट्टै आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले नवप्रवेशी नेता कार्यकर्तालाई संघीयता, पहिचान र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न संघर्षका लागि तयार रहन निर्देशन दिँदै टिका लगाएर फूलमालाले स्वागत गर्नुभएको थियो ।
राष्ट्रिय जनता पार्टी सिरहाका प्रभावशाली जिल्ला नेता लालबाबु साहको नेतृत्वमा तीन सय बढी सक्रिय कार्यकर्ता ससफो नेपालमा प्रवेश गरेका छन् । त्यस्तै एमालेका जिल्ला नेता सन्तोष साहको नेतृत्वमा झन्डै आठ सय कार्यकर्ताको ठूलो समूह नै ससफो नेपालमा प्रवेश गरेको बताइएको छ ।
एमालेका अर्का चर्चित नेता विजयकुमार महतोको अगुवाईमा तीन सयको संख्यामा सक्रिय कार्यकर्ताको समूह ससफो नेपालमा प्रवेश गरेको हो । त्यसतै प्रवेश कार्यक्रममा खौकियाही गाविसका पूर्व अध्यक्ष बालेश्वर यादवको नेतृत्वमा दुई सयको संख्यामा स्थानीयहरु पार्टीमा आबद्ध भएको ससफो नेपाल सिरहाले जानकारी दिएको छ ।
हाल जेलमा रहेका पूर्वमन्त्री सञ्जय साहकी सासूआमा निर्मला साह पनि ससफो प्रवेश गर्नुभएको छ भने पूर्व गाविस उपाध्यक्ष बद्री नारायण यादव, जिल्ला नेता सरिता साहले पनि एमाले परित्याग गरेर ससफो प्रवेश गरे ।
मधेसी मुक्ति मोर्चाका पूर्व जिल्ला अध्यक्ष चन्दर सिंह र जनता दल लोकतान्त्रिकका केन्द्रीय सदस्य रञ्जीत ठाकुरले पनि उपेन्द्र यादवको हातबाट टीका लगाएर पार्टी प्रवेश गरेको शिक्षक फोरमका केन्द्रीय सदस्य श्याम नन्दन यादवले जानकारी दिनुभएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...