स्थानीय तह निर्वाचन अपडेट - Naya Online

स्थानीय तह निर्वाचन अपडेट

विप्लव समूहले मतपेटिका जलाए, केहीबेर दोहोरो भीडन्त

काठमाडौं, ३१ वैशाख ।
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकास्थित नन्दादेवी माविमा मतदान सम्पन्न भएपछि मतपेटिका मतदान केन्द्रमा लैजाने क्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतपेटिका लुटेर आगजनी गरेपछि गोली हानाहान भएको खबर छ ।
निर्वाचन सम्पन्न भएपछि मतपेटीका शिल गरेर निर्वाचन केन्द्रतर्फ लाने तयारी गर्दै गर्दा विप्लवका कार्यकर्ताले मतपत्रसहितको मतपेटिका जलाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले जानकारी दिनुभएको छ ।
कालिकोटका प्रजिअ सुवेदीले मतपेटिका जलाएको पुष्टि गर्नुभएको छ । सुवेदीका अनुसार सो स्थानमा केहीबेर दोहोरो भिडन्तसमेत भएको छ । प्रहरी स्रोतका अनुसार विप्लव समूहले मतपेटीका जलाएपछि मतदान अधिकृतसहितका सरकारी अधिकारीहरु भागेका थिए ।
विप्लवका केन्द्रीय सदस्य नरेन्द्र विश्वकर्माले सुरक्षामा खटिएको प्रहरी टोली निर्वाचन स्थलबाट भागेको र सेनासँग गोली हानाहान भएको जानकारी दिनुभएको थियो । घटना बारे थप जानकारी प्राप्त भएको छैन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

किताबका कुरा: दुई औँठाका ल्याप्चेसहित मुक्ति पाएकी लादिप्माको कथा ‘प्याउली’

प्रकाश दिप्साली राई  पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि...

‘ताई ओ’ सित जोडिएको यात्रा

जानु काम्बाङ लिम्बू अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिबर्तन ।...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...