स्थानीय तह निर्वाचन अपडेट - Naya Online

स्थानीय तह निर्वाचन अपडेट

विप्लव समूहले मतपेटिका जलाए, केहीबेर दोहोरो भीडन्त

काठमाडौं, ३१ वैशाख ।
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकास्थित नन्दादेवी माविमा मतदान सम्पन्न भएपछि मतपेटिका मतदान केन्द्रमा लैजाने क्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतपेटिका लुटेर आगजनी गरेपछि गोली हानाहान भएको खबर छ ।
निर्वाचन सम्पन्न भएपछि मतपेटीका शिल गरेर निर्वाचन केन्द्रतर्फ लाने तयारी गर्दै गर्दा विप्लवका कार्यकर्ताले मतपत्रसहितको मतपेटिका जलाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले जानकारी दिनुभएको छ ।
कालिकोटका प्रजिअ सुवेदीले मतपेटिका जलाएको पुष्टि गर्नुभएको छ । सुवेदीका अनुसार सो स्थानमा केहीबेर दोहोरो भिडन्तसमेत भएको छ । प्रहरी स्रोतका अनुसार विप्लव समूहले मतपेटीका जलाएपछि मतदान अधिकृतसहितका सरकारी अधिकारीहरु भागेका थिए ।
विप्लवका केन्द्रीय सदस्य नरेन्द्र विश्वकर्माले सुरक्षामा खटिएको प्रहरी टोली निर्वाचन स्थलबाट भागेको र सेनासँग गोली हानाहान भएको जानकारी दिनुभएको थियो । घटना बारे थप जानकारी प्राप्त भएको छैन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...