स्थानीय तह निर्वाचन : पहिलो चरणको निर्वाचन सम्पन्न - Naya Online

स्थानीय तह निर्वाचन : पहिलो चरणको निर्वाचन सम्पन्न

७१ प्रतिशत मतदान : आयोग
आज राति वा भोलिबाट मतगणना हुने

काठमाडौं, २१ वैशाख ।
स्थानीय तह निर्वाचनअन्तर्गत पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवका अनुसार स्थानीय तहको पहिलो चरणमा वैशाख ३१ गते आइतबार प्रदेश नम्बर ३, ४ र ६ का विभिन्न ३४ जिल्लाका २८१ स्थानीय तहका लागि विभिन्न मतदान केन्द्रहरुमा मतदान सम्पन्न भएको हो ।
प्रुमख आयुक्त यादवका अनुसार आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्ममा मतदान कार्य सम्पन्न भएको हो । मतदानका क्रममा छिटफुट घटनाबाहेक शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा निर्वाचन सम्पन्न भएको आयोगले जनाएको हो । आइतबार सम्पन्न मतदान कार्यमा ३४ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरण अनुसार कम्तीमा ७१ प्रतिशत मतदान भएको आयुक्त यादवले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको हो ।
आयोगका अनुसार आइतबार सम्पन्न मतदानमा युवादेखि जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, किरियापुत्री, दृष्टिविहीनसम्मले उत्सुकतापूर्वक सहभागिता जनाएका छन् । मतदाताहरुको उत्साहपूर्ण सहभागिताले आगामी जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा पनि मतदाताको सहभागिता उल्ल्ेखनीय हुनसक्ने आयोगले अपेक्षा गरेको छ । प्रमुख आयुक्त यादवले भन्नुभयो –‘मतदाता महानुभावहरूले लोकतान्त्रिक अभ्यासमा देखाउनु भएको यस व्यापक सहभागिताप्रति आयोग हार्दिक धन्यवाद व्यक्त गर्दछ ।’
२८३ स्थानीय तहका लागि भएको मतदान कार्य अन्तर्गत आइतबार २८१ स्थानमा मात्रै मतदान भएको हो । मनाङ जिल्लाको नारफू गाउँपालिका र डोल्पा जिल्लाको शेफोक्सुण्डो गाउँपालिकामा यसअघि नै निर्विरोध निर्वाचन भइसकेकाले मतदान गर्नुनपरेको आयोगले जानाएको हो ।
मतदान कार्य सम्पन्न भई मतपेटिकाहरू सम्बन्धित स्थानीय निकायको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मतगणना प्रक्रिया अगाडि बढाइने आयोगले जनाएको छ । हाल निर्वाचन सम्पन्न भएका स्थानीय निकायका मत केन्द्रहरुमा मतपेटिका पुर्याउने कार्य जारी रहेको बताइएको छ ।
आयोगले भने मतपेटिका प्राप्त भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुले मतगणना गर्ने विषयमा राजनीतिक दलहरुसँग समन्वय गरी मतगणनाको मिति र समय तोक्ने जानकारी दिइसकेको छ ।
आफ्नो तयारी र निर्वाचन व्यवस्थापनको कमी कमजोरीले कुनै मतदान केन्द्रमा गम्भीर समस्या उत्पन्न नभएको र सहज ढंगले मतदान कार्य अगाडि बढाउन आयोग सफल भएको आयोगले दावी गरेको छ । ‘मतदाताले व्यक्त गरेको मतलाई लिएर उत्तेजनामा नआउन, संयमता प्रदर्शन गर्न र लोकतान्त्रिक पद्धति र प्रक्रियाप्रतिको प्रतिवद्धतालाई पुनः अभिव्यक्त गर्न आयोग सबै सरोकारवालासँग अनुरोध गरेको छ’, आयोगबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

तीन मतदान केन्द्रमा मतदान स्थगित

अथक प्रयासका बावजुद तीन वटा निर्वाचन केन्द्रमा मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ ।
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ४ को मतदान केन्द्र र कालिकोटको कालिका गाउँपालिकाको बालाचौर आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको मतदान कार्य स्थगित भएको आयोगले जनाएको हो ।
त्यस्तै दोलखा जिल्लाको मेलुङ गाउँपालिकाअन्तर्गत सत्येश्वर माविमा रहेको मतदान केन्द्रमा सुरक्षार्थ सुरक्षाकर्मीको कारबाहीमा एक जनाको मृत्यु भएको आयोगले जनाएको छ । घटनाप्रति दुःख व्यक्त गर्दै आयोगले सो केन्द्रको मतदान कार्य पनि स्थगित भएको जानकारी दिएको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...