सञ्चार सचेतना तालिम सम्पन्न - Naya Online

सञ्चार सचेतना तालिम सम्पन्न

इटहरी, ३० वैशाख ।
कञ्चनजंघा मल्टी मिडियाले सञ्चालन गरेको व्यक्तित्व विकास तथा सञ्चार सचेतना साप्ताहिक तालिम शनिबार इटहरीमा सम्पन्न भएको छ ।
समापन कार्यक्रममा तालिमका प्रशिक्षक संचारकर्मी डिकेश लामालाई कदरपत्रले सम्मानसमेत गरिएको छ । कार्याक्रमका प्रमुख अतिथि संघीय प्रेस फोरमका केन्द्रीय उपाध्यक्ष पीवी दियाली र विशिष्ट अतिथि पत्रकार महासंघ सुनसरीका जिल्ला अध्यक्ष अम्बर खड्काले कदरपत्र प्रदान गरेका थिए ।
मिडियाका सल्लाहकार मनु मोक्तानको सभापतित्वमा भएको कार्याक्रममा मिडियाका कार्यकारी निर्देशक लाखमाया योञ्जनले विभिन्न जातजातिका संस्कार सँस्कृतिलाई समेटेर जेठको पहिलो साताबाट हाम्रो आवाज नामको सार्वजनिक महत्वका सन्देशमुलक कार्यक्रम प्रस्तुत गर्ने बताउभयो ।
कार्यक्रममा प्रमुख अतिथि दियालीले मुलधारका सञ्चार माध्यमहरुले समेट्न नसकेका विषयवस्तुलाई उठान गरे अब खुल्ने मिडियाहरुको भविष्य र महत्व बढ्ने बताउनुभयो । कार्यक्रममा सुनसरी क्षेत्रका अगुवा सञ्चारकर्मी याम प्रधान, महासंघका अध्यक्ष अम्मर खड्का, तालिमका प्रशिक्षक सञ्चारकर्मी डिकेश लामा, आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला उपाध्यक्ष विनय प्रधान, तमु ह्विला छोंदधी इटहरी उप–महानगरपालिकाका उपाध्यक्ष हेमा गुरुङ लगायतले बोलेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...