सञ्चार सचेतना तालिम सम्पन्न - Naya Online

सञ्चार सचेतना तालिम सम्पन्न

इटहरी, ३० वैशाख ।
कञ्चनजंघा मल्टी मिडियाले सञ्चालन गरेको व्यक्तित्व विकास तथा सञ्चार सचेतना साप्ताहिक तालिम शनिबार इटहरीमा सम्पन्न भएको छ ।
समापन कार्यक्रममा तालिमका प्रशिक्षक संचारकर्मी डिकेश लामालाई कदरपत्रले सम्मानसमेत गरिएको छ । कार्याक्रमका प्रमुख अतिथि संघीय प्रेस फोरमका केन्द्रीय उपाध्यक्ष पीवी दियाली र विशिष्ट अतिथि पत्रकार महासंघ सुनसरीका जिल्ला अध्यक्ष अम्बर खड्काले कदरपत्र प्रदान गरेका थिए ।
मिडियाका सल्लाहकार मनु मोक्तानको सभापतित्वमा भएको कार्याक्रममा मिडियाका कार्यकारी निर्देशक लाखमाया योञ्जनले विभिन्न जातजातिका संस्कार सँस्कृतिलाई समेटेर जेठको पहिलो साताबाट हाम्रो आवाज नामको सार्वजनिक महत्वका सन्देशमुलक कार्यक्रम प्रस्तुत गर्ने बताउभयो ।
कार्यक्रममा प्रमुख अतिथि दियालीले मुलधारका सञ्चार माध्यमहरुले समेट्न नसकेका विषयवस्तुलाई उठान गरे अब खुल्ने मिडियाहरुको भविष्य र महत्व बढ्ने बताउनुभयो । कार्यक्रममा सुनसरी क्षेत्रका अगुवा सञ्चारकर्मी याम प्रधान, महासंघका अध्यक्ष अम्मर खड्का, तालिमका प्रशिक्षक सञ्चारकर्मी डिकेश लामा, आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला उपाध्यक्ष विनय प्रधान, तमु ह्विला छोंदधी इटहरी उप–महानगरपालिकाका उपाध्यक्ष हेमा गुरुङ लगायतले बोलेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...