काठमाडौं, ३० वैशाख ।
शुक्रबार नै थाइल्याण्ड र श्रीलंका भ्रमणका लागि विदेशिनुभएकी राष्ट्रपति विद्या भण्डारीले भोलि आइतबार हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आह्वान गर्दै अपिल जारी गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीको नाउँबाट शनिबार जारी सन्देशमा निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन मतदाता जनतासँग आह्वान गर्नुभएको हो । राष्ट्रपतिको सन्देशमा भनिएको ‘देश नयाँ संरचनामा गएको परिप्रेक्ष्यमा यो निर्वाचन नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र सम्पन्न हुनु पर्ने भनी अंगिकार गरेको तीन तहको निर्वाचनको पहिलो खुड्किलो भएकाले यसको आफ्नै महत्व छ ।’ भनिएको छ ।स्थानीय तह निर्वाचनले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने र आर्थिक सम्वृद्धिको ढोका खोल्ने भन्दै राष्ट्रपति भण्डारीले उत्साहका साथ निर्वाचनमा सहभागी भई मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको हो । यसअघि नै निर्वाचनमा मतदान नगर्ने घोषणा गरिसक्नुभएकीराष्ट्रपतिबाट जारी अपिलको मिति भने भोलि वैशाख ३१ गते उल्लेख छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।