उपन्यास मिलिजुली विमोचित - Naya Online

उपन्यास मिलिजुली विमोचित

ललितपुर, वैशाख ३० । उपन्यासकार शान्ति लिम्बूको उपन्यास ‘मिलिजुली’ शनिबार किरात याक्थुङ चुम्लुङ ललितपुरको भवनमा विमोचन भएको छ । वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाद्वारा उपन्यास विमोचन भएको हो । वेलायतमा रहँदै आएकी लेखिकाको यो पहिलो उपन्यास हो ।
उपन्यासको समिक्षा गर्ने क्रममा साहित्यकार उपेन्द्र सुब्बाले लिम्बू जातिहरूले कवितामा जसरी सरल रूपले आफ्ना भावना अभिव्यक्त गर्न सक्छन्, आख्यानमा निकै कसरत गर्नुपर्ने भएकोमा शान्ति लिम्बूले भने उक्त कसरत पार गरी उपन्यास नै प्रकाशनमा ल्याउन सफल भएकोमा सह्राना गरेका थिए । अर्का समिक्षक डा. गोविन्दराज भट्टराईले भने पछिल्लो समयमा चारजना सर्जकहरूले फरकफरक परिवेशका कृति ल्याए पनि सार सन्देश मुलुककै चिन्तामा डुबेको बताएका थिए । डा. भट्टराईले अहिले लिम्बू साहित्यकारको अध्ययनसमेत गरिरहेको बताउँदै शान्ति लिम्बू दोश्रो लिम्बू महिला उपन्यासकार भएको दावी गरे । यद्यपि लिम्बू महिला उपन्यासकारको कोणबाट हेर्ने हो शान्ति चौथो हुनसक्छिन् । यसभन्दा अगाडि अप्सरा लावती, मिला इङनाम इक्सा र सरिता विवश पहाङ्गोका उपन्यास बजारमा आएका छन् ।
कार्यक्रमको बिचमै साक्षात्कार कार्यक्रम समेत गरिएको कार्यक्रममा लेखिका शान्तिले उपन्यास लेख्नुको रचनागर्भ र लेखनका बेला गरिएको अध्ययनको चर्चा गरेकी थिइन् । पत्रकार विष्णु सिंगकको सँगको साक्षात्कारमा लेखकले पोडियममा बोल्नुपर्दा धेरै कुरा छुटाउने तर यस्तो कार्यक्रमले भने पुस्तक लेखनको सिंगो पेरीफेरी नै आउन सकेको समेत बताइन् ।
निम्बल पब्लिकेशनले बजारमा ल्याएको मिलिजुलीमा नेपाल र वेलायतमा रहने नेपालीहरूको कथामा आधारित रहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...