मतदानका लागि आवश्यक सबै तयारी पूरा : निर्वाचन आयोग - Naya Online

मतदानका लागि आवश्यक सबै तयारी पूरा : निर्वाचन आयोग

काठमाडौं, ३० वैशाख ।
स्थानीय तह निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ । मतदानको अघिल्लो दिन शनिबार पत्रकार सम्मेलन गरेर निर्वाचन आयोगले निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई अपीलसमेत गरेको छ ।
प्रदेश नम्बर ३, ४ र ६ का विभिन्न ३४ जिल्लाअन्तर्गत चार वटा महानगरपालिका र एक उपमहानगरपालिकासहित २८३ स्थानीय तहमा भोलि आइतबार स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणमा मतदान हुँदैछ । भोलि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भन्नुभयो –‘राष्ट्रका लागि एक दिन दुःखकष्ट सहेर भएपनि आफ्नो मत प्रयोग गर्न अपील गर्छु ।’

भोलि विभिन्न ४९ हजार ३ सय ३२ पदका लागि भीडन्त

आइतबार मतदान हुने क्षेत्रमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाता रहेका र उनीहरुले विभिन्न ६ हजार ६ सय ४२ मतदान केन्द्रबाट मतदान गर्ने आयोगले जनाएको हो । पहिलो चरणको निर्वाचनले ४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका, १ सय ६८ गाँउपालिका र २ हजार ५ सय ९८ वडामा ९७ जना मेयर तथा उपमेयर, १ सय ६८ गाँउपालिका अध्यक्ष तथा उपाध्यक्ष र २ हजार ५ सय ९८ वडाध्यक्षले स्थानीय सरकारको काम गर्ने जिम्मेवारी पाउनेछन् । यस्तै २ हजार ५ सय ९८ वडाका लागि चार सदस्यका दरले १० हजार ३ सय ९२ वडा सदस्य पनि निर्वाचित हुनेछन् ।
निर्वाचित हुने विभिन्न पदका लागि ४९ हजार ३ सय ३२ जनाले उम्मेद्वारी दिएका छन्, जसमा ३० हजार ५ पुरुष र १९ हजार ३ सय ३२ महिला उम्मेद्वार चुनावी स्पर्धामा छन् ।
निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सबैलाई आग्रह पनि गरेको छ ।

१ लाख ३५ हजार सुरक्षाकर्मी परिचालित

आइतबारको मतदान कार्यक्रम सफल पार्न निर्वाचन लक्षित सुरक्षा योजना पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगले सेना प्रहरी सहित १ लाख ३५ हजार सुरक्षाकर्मी परिचालन गरिने जनाएको हो ।
पहिलो चरणको निर्वाचनका लागि भित्री घेरामा म्यादी सहित ४५ हजार नेपाल प्रहरी, नेपाल प्रहरी भन्दा बाहिरी घेराको सुरक्षा गर्ने गरइ ३० हजार सशस्त्र प्रहरी, र सशस्त्र प्रहरी भन्दा बाहिरी तेस्रो घेरामा ६० हजार सेना सुरक्षाका लागि परिचालित हुने आयोगको भनाइ छ ।
विशेषगरी पश्चिमी पहाडका स्थानीय तहहरुमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव विरोधी गतिविधि थालेको भन्दै आयोगले सुरक्षा सतर्कता बढाएको बताइएको छ ।
आयोगका अनुसार सुरक्षाकर्मीहरुले भोलि मतदान हुने मतदान केन्द्रमा पुगेर गस्ती सुरु गरिसेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...