काठमाडौं, ३० वैशाख ।
स्थानीय तह निर्वाचनअन्तर्गत पहिलो चरणमा भोलि वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का विभिन्न ३४ जिल्लाका २८३ स्थानीय तहमा हुँदैगरेको निर्वाचनमा सबै मतदाता नागरिकलाई सक्रियतापूर्वक सहभागिता जनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गर्नुभएको छ ।
पहिलो चरणको स्थानीय चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री प्रचण्डबाट जारी अपिलमा स्थानीय चुनावलाई ऐतिहासिक अवसरका रूपमा उपयोग गर्न आग्रह गरिएको हो । आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्न सबै मतदातालाई अपिल गर्दै प्रचण्डले स्थानीय तहको निर्वाचन नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा र्पुयाउने कडीको भएको जिकिर गर्नुभएको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकार र निर्वाचन आयोगले कुनै कसर बाँकी नराखेको भन्दै प्रधानमन्त्री प्रचण्डले पहिला पटक हुन लागेको स्थानीय तह निर्वाचनपछि सिंहदरवार केन्द्रित अधिकार र स्रोत साधन जनताको घर आँगनसम्म पुग्ने जिकिर गर्नुभएको छ ।
प्रधानमन्त्रीको अपिलको पूर्ण पाठ :
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।