मलेसियामा शान्ति पद यात्रा सम्पन्न - Naya Online

मलेसियामा शान्ति पद यात्रा सम्पन्न

क्वालालम्पुर, बिगतको वर्षा झैं यस वर्षा पनि क्वालालम्पुर मलेसिया बौद्ध बिहार हुँदै २१ किलोमिटर पदयात्रा गरिएको छ ।

वुद्ध नेपालमा जन्मेका हुन भिजिट नेपाल भन्ने नाराका साथ २५६१ औं बुद्ध जयन्ती मनाएको हो । गैर आवासिय नेपाली संघ मलेसिया तथा नेपाल आदिवासी जनजाति महासघ मलेसिया प्रमुख आयोजकमा सहआयोजकमा तामाङ समाज मलेसिया, शेर्पा किदुक मलेसिया, नेपाल मगर संघ मलेसिया, तमु समाज मलेसिया, तामाङ बौद्ध महासंघ मलेसिया, घले समाज मलेसिया, प्रबासी थारु सेवा समाज मलेसिया, सुनुवार सेवा समाज मलेशिया, किरात याक्थुङ चुम्लुङ, किरात राई आयोख्या, धिमाल जाती बिकास प्रबास मलेशिया, नेपाली व्यवसायी समाज मलेशिया, नेपाली काङ्ग्रेस जनसम्पर्क समिति मलेशिया, नेपाली जनप्रगतिसिल मंञ्च मलेशिया, नेपाली श्रमिक मंच मलेशिया, अन्तर्राष्ट्रिय नेपाली समाज मलेशिया, ताप्लेजुङ प्रवास समिति मलेसिया, ओखलढुंगा एकता सेवा समाज मलेसिया, सुदुर पश्चिम सेवा समाज मलेसिया, प्रबासी सितोरियो कराते संघ मलेशिया, भोजपुर सेवा समाज मलेशिया, खोटाङ सेवा समाज मलेशिया रहेको थियो ।

कार्यक्रममा वुद्ध वाज वोन ईन नेपाल लेखिएको टिसर्ट लगाई २४ वटा सघ सस्थाका प्रतिनिधि तथा नेपालीहरुले मे १० तारीख २०१७ को दिन बिहान ७ बजे देखि बौद्ध बिहार ब्रेकफिल्डमा पुजापाठ गरि बेलुकी ७ बजे बाट बुद्ध जयन्ती पदयात्रा भएको थियो । शान्ति पदयात्रामा सयौ नेपालीहरुको उपस्थितीमा लोरिमा बुद्धको मुर्तिलाई सजिसजावट गरेर २१ किलो मिटर पदयात्रा गरिएको हो । र्यालीमा मलेसिया, जापान, चीन, हङकङ, थाइल्यान्ड, नेपाल, म्यानमार, भारत, कोरिया, सिङ्गापुर, लाओस, श्रीलंका, भुटान, क्याम्बोडिया, बर्मा इत्यादी राष्ट्रियहरुले बुद्ध जयन्ती आफै राष्ट्रियको पहिचानमा लोरी सजाएर सहभागिता जनाएका थिए ।

नेपालको लोरिमा बुद्धको मूर्तिलाई सजिसजावट गरि नेपालको झन्डा लुम्बिनीको सबै मूर्तिकलाहरुलाई त्यहा सजाई भिजिट नेपाल, वुद्ध वाज वोन ईन नेपाल लेखी शान्तिर्याली पदयात्रा गरि, बुद्ध जयन्ती बौद्ध मार्गीहरुले मात्र नभएर नेपालको राष्ट्रिय बिभुती एसिया तारा भएको हुनाले सिङ्गो नेपालीहरुले भब्य रुपामा मनाउनु पर्छ भन्ने सन्देश दिनका लागि यसपालिको बुद्ध जयन्ती मलेसियाका सकृय सघ सस्थाका एकतामा सम्पन्न भएको आदिवासी जनजाति महासघ मलेसियाका अध्यक्ष दिपक तामाङ र गैर आवासिय नेपाल संघ मलेशियाका महासचिव सुन्दर आलेले जानकारी दिनु भएका छन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

ट्याप ट्याप सेन्ड्को प्रमुख प्रायोजनमा पोर्तुगलमा पहिलोपटक मैत्रीपुर्ण पुरुष भलिबल खेल सम्पन्न

पोर्तुगल, १५ अप्रिल । चैत दशैको पावन अवसरमा नेपाली समाज सान्तोतोनियाले गत अप्रील ९...

लण्डनको फेल्थाममा यक्वा तङ्नाम

प्रीन्स याक्खा लण्डन, १५ अप्रिल । किरात सत्यहाङ्मा महागुरु फाल्गुनन्द सोसाइटी युकेले लण्डनस्थीत फेल्थाम...

नेपाली समाज जापानको कान्तोउ क्षेत्रमा भेला

जपान, १० अप्रिल । जनता समाजवादी पार्टीको प्रवास समिति, नेपाली समाज जापानको कान्तोउ (...

बहराइनमा आदिवासी जनजाति महासंघको तेश्रो अधिवेशन सम्पन्न

बहराइन, २७ मार्च । अदलियास्थित नेपाली क्लबको सभाहलमा नेपाल आदिवासी जनजाति महासंघ, बहराइनको तेश्रो...

ट्यापट्याप एपमार्फत छिनभरमै नेपाल पैसा पुग्ने

केश तमू पोर्तुगल, २७ मार्च । पोर्तुगलबाट एपमार्फत नेपाल पैसा पठाउन सकिने भएको छ...

नेपाली जनसम्पर्क समिति मकाउद्वारा पदयात्रा गरि होलीको शुभकामना आदानप्रदान

-सन्देश लिम्बु मकाउ, १७ मार्च ।नेपाली जनसम्पर्क समिति मकाउद्वारा पदयात्रा गरि होलीको शुभकामना आदान...

याक्थूङ युवा अमेरिकाद्वारा विद्यार्थीहरुलाई छात्रावृत्ति तथा स्वेटर वितरण

फालेलुङ । पान्थरको फालेलूङ गाउपालिका ८ स्थित श्री भृकुटी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई छात्रावृत्ति तथा...

सन् २०२० को अमेरिकाको राष्ट्रपति चुनावलाई फर्केर हेर्दा

विरही काइँला ३ नोभेम्बर २०२० कोदिन अमेरिकी राष्ट्रपतिको चुनाव भएको थियो । चुनावमा विभिन्न...

नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघ, प्रवास समितिको जिम्मेवारी हेरफेर

काठमाडौँ, १६ माघ । केही महिना मनबहादुर राना नेतृत्वमा गठन भएको नेपाल आदिवासी जनजाति...

नियात्रा: भाडामा शरीर –आम्सटर्डम वेश्यालय