स्थानीय तह निर्वाचनका लागि फोटोसहितको मतदाता परिचयपत्र वितरण हुँदै - Naya Online

स्थानीय तह निर्वाचनका लागि फोटोसहितको मतदाता परिचयपत्र वितरण हुँदै

काठमाडौं, २८ वैशाख ।
निर्वाचन आयोगले आज बिहीबारदेखि मतदाता परिचय पत्र वितरण सुरु गरेको छ ।
यही वैशाख ३१ गते आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले प्रदेश नम्बर ३, ४ र ६ मा मतदाता परिचयपत्र वितरण सुरु गरेको छ ।
आयोगको पूर्व सूचनाअनुसार वैशाख २८ देखि ३० गतेसम्ममा सम्पूर्ण मतदाताहरुले मतदान केन्द्रमा खटिएका मतदान टोलीबाट आफ्नो मतदाता परिचयपत्र लिन सक्नुपर्ने छ ।
प्रदेश नम्बर ३, ४ र ६ का विभिन्न ३४ जिल्लाका २८३ स्थानीय तहका ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदान अधिकृतको टोलीले बिहीबारदेखि शनिबारसम्म मतदाताको परिचयपत्र वितरण कार्यक्रम जारी राख्ने प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिनुभएको छ ।
पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले आफ्नो मतदान केन्द्रमा गएर भोट दिने छन् । अहिले स्थानीयस्तरमा राजनीतिक दलहरुसँगको समन्वयमा धमाधम मतदानस्थल र मतदान केन्द्रको निर्माण कार्य जारी रहेको आयोगले जानकारी दिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...