स्थानीय तह निर्वाचनका लागि फोटोसहितको मतदाता परिचयपत्र वितरण हुँदै - Naya Online

स्थानीय तह निर्वाचनका लागि फोटोसहितको मतदाता परिचयपत्र वितरण हुँदै

काठमाडौं, २८ वैशाख ।
निर्वाचन आयोगले आज बिहीबारदेखि मतदाता परिचय पत्र वितरण सुरु गरेको छ ।
यही वैशाख ३१ गते आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले प्रदेश नम्बर ३, ४ र ६ मा मतदाता परिचयपत्र वितरण सुरु गरेको छ ।
आयोगको पूर्व सूचनाअनुसार वैशाख २८ देखि ३० गतेसम्ममा सम्पूर्ण मतदाताहरुले मतदान केन्द्रमा खटिएका मतदान टोलीबाट आफ्नो मतदाता परिचयपत्र लिन सक्नुपर्ने छ ।
प्रदेश नम्बर ३, ४ र ६ का विभिन्न ३४ जिल्लाका २८३ स्थानीय तहका ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदान अधिकृतको टोलीले बिहीबारदेखि शनिबारसम्म मतदाताको परिचयपत्र वितरण कार्यक्रम जारी राख्ने प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिनुभएको छ ।
पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले आफ्नो मतदान केन्द्रमा गएर भोट दिने छन् । अहिले स्थानीयस्तरमा राजनीतिक दलहरुसँगको समन्वयमा धमाधम मतदानस्थल र मतदान केन्द्रको निर्माण कार्य जारी रहेको आयोगले जानकारी दिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

किताबका कुरा: दुई औँठाका ल्याप्चेसहित मुक्ति पाएकी लादिप्माको कथा ‘प्याउली’

प्रकाश दिप्साली राई  पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि...

‘ताई ओ’ सित जोडिएको यात्रा

जानु काम्बाङ लिम्बू अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिबर्तन ।...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...