किरायाले सुरु गर्यो साकेला - Naya Online

किरायाले सुरु गर्यो साकेला

दमक, २७ वैशाख ।  
किरातीहरुको महान चाड साकेला/साकेवा बुधबारबाट सुरु भएको छ ।
वैशाख पूर्णिमाको दिन देखि सुरु भई औंसीको दिनसम्म साकेला सिली नाच्दै मनाइने यस चाड विशेष गरेर नेपालको पूर्वी जिल्लाहरुमा र विदेशमा समेत मनाउदै आइएको छ ।  किराती राजा बुधहाङ र चेली सोइसोइलाको कथा जोडिएर आउने यस साकेलामा ढोल, झ्याम्टा बजाउँदै हातमा सेलोमि, पोमि र सिमली सेउली हल्लाउँदै साकेला गीत गाउँदै सोइसोइला चेलीलाई सम्झिने गरिन्छ । कथामा सोइसोइला चेलि हराएको र खोजि गदै सोइ सोइला.. हो… सोइसोइला… भन्दै खोजिएको र यहि अहिले साकेलामा परिणत भएको मिथक छ ।
साकेला उभौलीकै अवसरमा बुधबार झापाको दमकमा किरात राई यायोक्खा दमक नगर समितिको आयोजनामा भव्य साकेला उभौली कार्यक्रम सम्पन्न भएको छ । नगर समितिका अध्यक्ष वासुदेव राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा किराया झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ राईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले भन्नुभयो –‘हामिले यस साकेला चाडलाई आफ्नो पहिचानको सांस्कृतिक आन्दोलन स्वरूप विविध रूपमा मनाउने आइएको छ । यो पहिचानको आन्दोलन, संस्कृतिको आन्दोलनमा हामिले साकेला चाडलाई प्रमुख पहिचानको रुपमा स्थापित गर्नेछौं ।’
कार्यक्रममा किरात राई यायोक्खाका केन्द्रीय सदस्य दिपेनबाला राई, यायोक्खाका संस्थापक जितमान राई, किराया झापाका कोषाध्यक्ष किसन राई, जिल्ला सदस्य सुशील राई, किरात राई विद्यार्थी संघका केन्द्रीय सचिव सुसन रुङमाहाङ राई, किराया झापा सल्लाहाकार अर्जुन राई, किरात राई पत्रकार संघ झापाका पूर्व अध्यक्ष अनिलदेव राई, किरात याक्थुङ चुम्लुङ दमक नगर सचिव ओममाया आङदेम्बे, समाजसेवी जितेन राई, माओवादी नेता तीर्थराज बस्नेत शंकर लगायको उपस्थिति रहेको थियो ।
कार्यक्रममा किराया नगर उपाध्यक्ष धनजित राईले स्वागत गर्नुभएको थियो भने सचिव खेमबहादुर राईको सञ्चालन रहेको थियो । त्यस्तैगरि बुधबार नै झापाका विभिन्न स्थानमा हर्षोल्लाहसका साथ साकेला मनाइएको छ । किरात राई यायोक्खा लखनपुर प्रा.स.को आयोजनामा विष्णुकठ्ठा लखनपुरमा, तोपगाछी प्रा.स.को आयोजनामा तोपगाछीमा, कन्काई नगर समितिको आयोजनामा सुरुङ्गा साकेला थानमा, विर्तामोड नगर समितिको आयोजनामा विर्तामोड साकेला थानमा, गरामनी प्रा.स.को आयोजनामा गरामनी सैनिक साकेला थानमा र बाहुनडागि प्रा.स.को आयोजनमा बाहुनडाँगी सोताङ डाँडा साकेला थानमा साकेला सिली नाचिएको हो ।
यायोक्खा झापाले साकेला उभौली झापा भरका प्रारम्भिक समितिहरुमा विभिन्न स्थानमा विभिन्न मितिमा मनाउने गरेको छ । सबै प्रारम्कि समितिहरुको आयोजनामा साकेला सम्पन्न भएपश्चात झापा जिल्ला साकेला थान सितापुरी साकेला चौकमा जेठ २० गते शनिबार मनाउने तालिका रहेको किरात राई यायोक्खा झापाका सदस्य सुशील राईले जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...