किरायाले सुरु गर्यो साकेला - Naya Online

किरायाले सुरु गर्यो साकेला

दमक, २७ वैशाख ।  
किरातीहरुको महान चाड साकेला/साकेवा बुधबारबाट सुरु भएको छ ।
वैशाख पूर्णिमाको दिन देखि सुरु भई औंसीको दिनसम्म साकेला सिली नाच्दै मनाइने यस चाड विशेष गरेर नेपालको पूर्वी जिल्लाहरुमा र विदेशमा समेत मनाउदै आइएको छ ।  किराती राजा बुधहाङ र चेली सोइसोइलाको कथा जोडिएर आउने यस साकेलामा ढोल, झ्याम्टा बजाउँदै हातमा सेलोमि, पोमि र सिमली सेउली हल्लाउँदै साकेला गीत गाउँदै सोइसोइला चेलीलाई सम्झिने गरिन्छ । कथामा सोइसोइला चेलि हराएको र खोजि गदै सोइ सोइला.. हो… सोइसोइला… भन्दै खोजिएको र यहि अहिले साकेलामा परिणत भएको मिथक छ ।
साकेला उभौलीकै अवसरमा बुधबार झापाको दमकमा किरात राई यायोक्खा दमक नगर समितिको आयोजनामा भव्य साकेला उभौली कार्यक्रम सम्पन्न भएको छ । नगर समितिका अध्यक्ष वासुदेव राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा किराया झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ राईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले भन्नुभयो –‘हामिले यस साकेला चाडलाई आफ्नो पहिचानको सांस्कृतिक आन्दोलन स्वरूप विविध रूपमा मनाउने आइएको छ । यो पहिचानको आन्दोलन, संस्कृतिको आन्दोलनमा हामिले साकेला चाडलाई प्रमुख पहिचानको रुपमा स्थापित गर्नेछौं ।’
कार्यक्रममा किरात राई यायोक्खाका केन्द्रीय सदस्य दिपेनबाला राई, यायोक्खाका संस्थापक जितमान राई, किराया झापाका कोषाध्यक्ष किसन राई, जिल्ला सदस्य सुशील राई, किरात राई विद्यार्थी संघका केन्द्रीय सचिव सुसन रुङमाहाङ राई, किराया झापा सल्लाहाकार अर्जुन राई, किरात राई पत्रकार संघ झापाका पूर्व अध्यक्ष अनिलदेव राई, किरात याक्थुङ चुम्लुङ दमक नगर सचिव ओममाया आङदेम्बे, समाजसेवी जितेन राई, माओवादी नेता तीर्थराज बस्नेत शंकर लगायको उपस्थिति रहेको थियो ।
कार्यक्रममा किराया नगर उपाध्यक्ष धनजित राईले स्वागत गर्नुभएको थियो भने सचिव खेमबहादुर राईको सञ्चालन रहेको थियो । त्यस्तैगरि बुधबार नै झापाका विभिन्न स्थानमा हर्षोल्लाहसका साथ साकेला मनाइएको छ । किरात राई यायोक्खा लखनपुर प्रा.स.को आयोजनामा विष्णुकठ्ठा लखनपुरमा, तोपगाछी प्रा.स.को आयोजनामा तोपगाछीमा, कन्काई नगर समितिको आयोजनामा सुरुङ्गा साकेला थानमा, विर्तामोड नगर समितिको आयोजनामा विर्तामोड साकेला थानमा, गरामनी प्रा.स.को आयोजनामा गरामनी सैनिक साकेला थानमा र बाहुनडागि प्रा.स.को आयोजनमा बाहुनडाँगी सोताङ डाँडा साकेला थानमा साकेला सिली नाचिएको हो ।
यायोक्खा झापाले साकेला उभौली झापा भरका प्रारम्भिक समितिहरुमा विभिन्न स्थानमा विभिन्न मितिमा मनाउने गरेको छ । सबै प्रारम्कि समितिहरुको आयोजनामा साकेला सम्पन्न भएपश्चात झापा जिल्ला साकेला थान सितापुरी साकेला चौकमा जेठ २० गते शनिबार मनाउने तालिका रहेको किरात राई यायोक्खा झापाका सदस्य सुशील राईले जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...