जापानमा यक्वा तङ्नाम - Naya Online

जापानमा यक्वा तङ्नाम

जापान । किरात याक्थुङ चुम्लुङ जापानले यक्वा तङ्नाम (उभौली पर्व) मनाएको छ । ५ मे २०१७ का दिन चुम्लुङले सम्मान कार्यक्रमसहित यक्वा तङनाम मनाएको हो । जापानको राजनधानी टोक्योस्थीत शिनओकुवोमा भएको कार्यक्रममा चुम्लुङ जापानका संस्थापक सदस्य तथा याक्थुङ सेवा कोष स्थापनार्थ सहयोग गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो ।
सन् १९९८ मा स्थापना गरिएको याक्थुङ सेवा कोषबाट हाल नेपालमा अध्ययनरत लिम्बू विद्यार्थीहरुमध्ये उत्कृष्ट हुने ६ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिरहेको कियाचु जापानका अध्यष सुमन लिम्बूले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ जापानका सहअध्यक्ष कान्छा शेर्पाले विभिन्न जातजातिको आ–आफ्नो संस्कार संस्कृतिलाई संरक्षण गर्न यस्ता कार्यक्रमले टेवा पुग्ने बताउनुभयो । यस्तै एनआरएनए जापानका सचिव बुद्धिराज घिमिरेले विभिन्न संघसंस्थाहरुसँग सँधै हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कियाचु जापानका संस्थापक अध्यक्ष रिद्धिबहादुर तुम्बाहाम्फे, निवर्तमान अध्यक्ष देवीबहादुर इङ्नाम तथा सम्मानितहरुको तर्फबाट उज्ज्वल थेबेले पनि मन्तव्य राख्नुभएको थियो ।
सांगीतिक प्रस्तुतिसहित रहेको कार्यक्रममा गायक देवेन्द्र लाओतीले लिम्बू पालाम र अपेक्षा मादेनले नृत्य प्रस्तुत गरेका थिए ।
लिम्बू भाषा तथा संस्कृतिका अभियन्ता मुक्साम लाओतीले यक्वा तङ्नाम (उभौली पर्व)का प्रकाश पार्नुभएको थियो । कार्यक्रमलाई अध्यक्ष सुमन लिम्बूले अध्यक्षता गरेका थिए भने महासचिव लक्ष्मीहाङ आङ्बो र सचिव मनकुमार तुम्साले सञ्चालन गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

चुम्लुङ मलेसियामा पुनः दिल केरुङ लिम्बू

मलेसिया, १५ नोभेम्बर । किरात याक्थुङ चुम्लुङ मलेसियाको सातौं अधिवेशन सम्पन्न भएको छ ।...

हिलिङ्टोन गोर्खा नेपाली कम्युनिटीको दशैं विशेष कार्यक्रम सम्पन्न

प्रिन्स याक्खा प्यासी लण्डन । हिलिङडोन गोर्खा नेपाली कम्युनिटीले दशैं विशेष कार्यक्रम भव्य रुपमा...

जसपा प्रवास विशेष प्रदेश समिति पूनर्गठन

काठमाडौं, २० भदौ । जनता समाजवादी पार्टी, नेपाल प्रवास विशेष प्रदेश समिति विश्वास दीप...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

अब भेला मात्रै होईन मेला पनि’ भन्ने स्लोगनका साथ सिसेक्पा तङनाम २०२२ मेला सम्पन्न

प्रिन्स याक्खा लण्डन । १६ जुलाई २०२२ का दिन याल्डिङ मेडिस्टोन केन्टस्थित आफ्नै जग्गा...

सगरमाथा साहित्य प्रतिष्ठानमा अजित उत्सव

युएई, ११ जुलाई । सगरमाथा साहित्य प्रतिष्ठानको सम्पन्न केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई...

हिलिङ्टन गोर्खा नेपाली कम्युनिटीले मनायो समर बिबिक्यु

प्रीन्स याक्खा लण्डन, ४ जुलाई । हिलिङ्टन गोर्खा नेपाली कम्युनिटी युकेले हिलिङ्टनस्थीत कम्युनिटी हलमा...

ट्याप ट्याप सेन्ड्को प्रमुख प्रायोजनमा पोर्तुगलमा पहिलोपटक मैत्रीपुर्ण पुरुष भलिबल खेल सम्पन्न

पोर्तुगल, १५ अप्रिल । चैत दशैको पावन अवसरमा नेपाली समाज सान्तोतोनियाले गत अप्रील ९...