संघीय गठबन्धनको संयोजक उपेन्द्र यादव नै भएको घटकहरुको दावी - Naya Online

संघीय गठबन्धनको संयोजक उपेन्द्र यादव नै भएको घटकहरुको दावी

काठमाडौं, २७ वैशाख ।

संघीय गठबन्धनमा आबद्ध बहुसंख्यक घटकहरुले संघीय गठबन्धनको संयोजक उपेन्द्र यादव नै रहेको बताएका छन् ।
गठबन्धनमा आबद्ध लिम्बुवान संयुक्त संघर्ष समिति, शेर्पा स्वायत्त प्रदेश संयुक्त आन्दोलन परिचालन समिति, ताम्सालिङ संयुक्त संघर्ष समिति, मगरात संयुक्त संघर्ष समिति, थरुहट÷थारुवान संयुक्त संघर्ष समिति, तमुवान संयुक्त संघर्ष समिति, नेवाः स्वायत्त राज्य संघर्ष र राष्ट्रिय शिल्पी आन्दोलन नेपालले बुधबार विज्ञप्ति जारी गरेर उपेन्द्र यादव नेतृत्वको गठबन्धन नै आधिकारिक भएको दावी गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘वैशाख २३ गते विभिन्न सञ्चार माध्यमहरुमा सम्प्रेषण भएको कथित प्रेस विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । विगत लामो समयदेखि आदिवासी जनजाति, मधेशी, शिल्पी, खस, मुश्लिम लगायत सम्पूर्ण उत्पीडित वर्ग र समुदायहरुको पहिचान र अधिकारको लागि संघीय गठबन्धन निर्माण भएको सर्वविदितै छ ।’
घटकका नेताहरुले संयुक्त रूपमा हरुताक्षर गरी जारी गरेको विज्ञप्तिमा ‘पछिल्लो समय सम्पूर्ण उत्पीडित वर्ग र समुदायको पहिचान र अधिकारको सुनिश्चितता सहितको एकतालाई तोड्दै, विगत लामो सदयदेखि सहकार्य गर्दै आन्दोलन र संघर्षमा मोर्चाहरुमा अग्रणी र प्रभावकारी भूमिका खेलेको यस गठबन्धनका घटक दल र मोर्चाहरुलाई बेवास्ता गरी यही मिति २०७४ बैशाख २३ गते संघीय गठबन्धनको संयोजक परिवर्तन भएको भन्ने भ्रामक समाचारप्रति हाम्रो घोर आपत्ति छ’ भनिएको छ ।
सञ्चारमाध्यममा आएका समाचार गठबन्धनको आधिकारिक निर्णय नभएर व्यक्तिगत निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । ‘हामीलाई जानकारी नै नदिई महन्थ ठाकुरको नामबाट आएको उक्त प्रेस विज्ञप्तिप्रति हाम्रो घोरविमति छ । आदिवासी जनजाति, मधेशी, थारु, खस, शिल्पी, मुश्लिम, लगायत सम्पूर्ण उत्पीडित वर्ग र समुदायको हक अधिकारको निम्ति जारी सङ्घर्षलाई सफलतामा पुर्याउन अरु बृहत्तर एकीकृत शक्ति निर्माण गर्नुपर्ने वर्तमान राजनीतिक परिस्थितिमा यसरी घात अन्तर्घात गर्ने कार्य अत्यन्तै लज्जास्पद मात्र नभएर खेदजनक पनि छ ।’
गठबन्धनले आपसी सरसल्लाह गरेर अघि बढ्नुपर्ने विज्ञप्तिमा सुझाव दिइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...