विद्यालयमा नै किशोरीलाई सेनेटरी प्याड - Naya Online

विद्यालयमा नै किशोरीलाई सेनेटरी प्याड

शर्मिला डिसी/घोराही


घोराही नगरपालिका स्थित बालविकास माध्यमिक विद्यालयले किशोरीहरूलाई बिद्यालयमा नै सेनेटरी प्याडको व्यबस्था गरेपछि किशोरीहरूको बिद्यालय छाड्ने क्रम रोकिएको छ । दाङ जिल्लाका जिल्ला शिक्षा अधिकारी रमेश मैनालीकाअनुसार बाल विकास माविसँगै जिल्लाका सबै सामुदायिक बिद्यालयमा यो अभ्यास सुरुवात गरिएको छ । यस्तो सुरुवातले सकारात्मक प्रभाव परेको उनले बताए । ‘सेनेटरी प्याड बिद्यालयमा नै उपलव्ध हुन थालेपछि विद्यालयमा छात्राहरूको उपस्थिति राम्रो रहेको छ’ । उनले भने ।
‘सेनटरी प्याड व्यबस्था भएका बिद्यालयमा अध्ययनरत छात्राहरू बिद्यालयमा नै महिनावारी भएमा धक नमानीकन बिद्यालय प्रशासनमा गएर प्याड माग्छन् र यसको प्रयोग गर्ने गर्दछन् ।’ बालबिकास माविकी लेखापाल चाँदनी हमालले भनिन् – ‘महिनावारी महिलाको प्राकृतिक कुरा हो, प्याड माग्नका लागि छात्राहरू कुनै संकोच मान्दैनन् ।’ हमालकाअनुसार प्याड फेर्नको लागि पनि बिद्यालयमा बेग्लै कोठाको व्यबस्था गरिएको छ ।
विगत दुई वर्षदेखि विद्यालयमा छात्रालाई महिनावारी हुँदा प्याड दिने व्यवस्था गरिएको हो । हमालले भनिन्, ‘त्यसअघि यस्ता कुरा थाहै पाईदैनथ्यो । कसलाई कतिबेला महिनावारी भयो भनेर सोध्ने कुरा पनि हुदैन थियो । महिनावारीलाई समाजमा एउटा लाजको विषय मानेका कारण पनि महिलाले बिभेद व्यहोर्नु परेको हो । तर यस बिद्यालय सेवा क्षेत्रभित्र धेरै सहज भएको छ ।’ छात्राहरूमा १३ वर्षको उमेरदेखि महिनावारी शुरु हुन्छ । महिनावारी भएको समयमा कसैलाई लामो समयसम्म पेट दुख्ने हुँदा आरामको जरुरी हुन्छ ।
‘बिद्यालयमा सेनेटरी प्याडको व्यबस्था नहुँदा हरेक महिना कम्तीमा ३ देखि ५ दिन छात्राहरू अनुपस्थित हुने गर्दथे ।’ बाल विकास माविका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठले भने– ‘बिद्यालयका तर्फबाट अध्ययन गर्दा महिनावारीका कारण छात्राहरूको कक्षा कोठामा अनुपस्थित रहेको पुष्टि भएपछि यो व्यबस्था गरिएको हो । अहिले कक्षामा छात्रा अनुपस्थित हुने क्रम रोकिएको छ ।’
‘छात्राहरूको कक्षा निरन्तरता नभएपछि पढाइमा कमजोर हुने र यसको परिणाम बालबिबाहमा रुपान्तरण हुने समस्या थियो ।’ सोही बिद्यालयकी शिक्षिका बिमला थापाले थपिन् ।
घोराही नगरपालिकामा मंसीरको अन्तिम साता सम्पन्न नगरस्तरीय बाल भेलाले सबै सामुदायिक बिद्यालयमा सेनटरी प्याडको व्यबस्था गर्न माग गरेका थिए । घोराही नगरपालिकाका बालमैत्री स्थानीय शासन सम्पर्क व्यक्ति स्मृती भण्डारीकाअनुसार बाल भेलाले उठाएका यी सवाललाई नगरपालिकाले गम्भीरतापूर्बक हेरेको छ र अन्य सरोकारवालाले पनि बालबालिकाको आवाजको कदर गर्ने क्रममा यो व्यबस्था भएको हो । ‘हामीले केही भन्न पर्दैन, बालबालिका आफै उनीहरूका सवालमा सक्रिय हुन्छन् ।’ भण्डारीले थपिन् । घोराही नगरपालिकामा बिद्यालय स्तरीय २३ र समुदाय स्तरमा १८९ बालक्लव छन् । बिद्यालय, समाज र स्थानीय तहमा उनीहरूले निरन्तर खबरदारी गर्छन् । बिद्यालयमा बालक्लबकै कारण सेनेटरी प्याड लगायतको व्यबस्था हुन सकेको हो ।
बाल विकास माध्यामिक विद्यालयकी बाल क्लबकी अध्यक्ष पूर्णीमा पुनले पनि बाल क्लबका कारण बाल अधिकार स्थापित भएको दाबी गरिन् । ‘पहिलेको तुलनामा अहिले धेरै सहज भएको छ । पहिले विद्यालयमा सरसफाई सामाग्री, प्याड, तथा चेन्जीङ रुम थिएन । यसबाट खास गरेर किशोरीहरूमा विद्यालय छोड्नुपर्ने वाध्यता थियो । अहिले त्यो समस्या टरेर गएको छ ।’ उनको थप भनाई थियो– ‘महिनावारी सबै किशोरीहरूमा हुन्छ । यो समस्या नभएर प्राकृतिक कुरा हो । हाम्रो समस्यालाई बिद्यालयका शिक्षक, शिक्षिका र अभिभावकहरूले बुझ्नु भएको छ ।’
‘महिनावारी हुने समय थाहा हुँदैन, पहिले विद्यालयमा प्याडको व्यवस्था नहँुदा कहिले विद्यालय जाने क्रममा बाटोमै महिनावारी हुन्थ्यो, त्यो बेला छात्राहरू विद्यालय नगएर घर फर्किन्थे । शिक्षक शिक्षिकाहरू लाई भन्न पनि सकिदैन थियो । यस कारण पढाई प्रभावित त हुन्थ्यो । सजाय समेत भोग्नु पथ्र्यो ।’ पुनले भनिन्–‘अहिले विद्यालयमा प्याडको व्यवस्था भएदेखि म लगायत मेरा साथीहरूलाई धेरै सहज भएको छ । सर म्यामहरूलाई आफ्ना सबै समस्या खुलेरै भन्छौ । केही अप्ठयारो लाग्दैन ।’
पछिल्लो समयमा बाल विकास मावि मात्र होइन दाङका अधिकांश सामुदायिक तथा निजी विद्यालयहरूमा यो व्यवस्था गरिएको छ । सेनेटरी प्याड विद्यालयमा उपलव्ध भएपछि छात्राहरूको कक्षा निरन्तरता भएको जिल्ला शिक्षा कार्यालय दाङको ठम्याई छ । ‘जिल्लाका सामुदायिक तथा निजी विद्यालयमा अध्यनरत छात्राहरू महिनावारी भएकै कारण बिद्यालय छोड्न बाध्य हुन्थे ।’ जिल्ला शिक्षा अधिकारी मैनालीको कथन छ ‘बिद्यालय छोडन् वाध्य भएपछि उनीहरूको पढाई प्रभावित हुने गर्दछ । यसबाट अभिभावक र शिक्षक शिक्षिकाबाट माया पाउनबाट पनि उनीहरू क्रमशः बन्चित हुँदै जान्छन् ।’
‘दाङको घोराही नगरपालिकामा बालमैत्री स्थानीय शासन अबलम्बन गरिएपछि विद्यालय तहमा यस प्रकारको सुधार भएको हो । बिद्यालयमा छात्रामैत्री शौचालय नहुनु, महिनावारी भएको समयमा आवश्यक पर्ने प्याड विद्यालयमा उपलव्ध नहुनु समस्या थिए । बालमैत्री स्थानीय शासनका अभियानकर्ता सुशिल बस्नेत भन्छन्– ‘कतिपय कुरा स्थानीय तहमा समाधान हुने कुरालाई पनि निकाश नखोज्ने प्रबृत्ति छ । अव स्थानीय तहमा नै समाधान खोज्ने हाम्रो बानी बस्न सुरु भएको छ ।’
—साभारः बालमैत्री स्थानीय शासन मीरेष्ट लेखमाला

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

मेरो संस्मरणमा तत्कालीन माओवादी सशस्त्र जनयुद्ध

उदय पुर्वेली चोङ्वाङक्याक मैले यहाँ माओवादी जनयुद्धको कुनै शृङ्खलाबद्ध घटनाक्रमको इतिहास कोट्याउन होइन, सकभर...

अमेरिका बस्दै आएका नारायण भट्टराईलाई नेपाली साहित्यप्रति रुचि

युद्धबहादुर बोहोरा अमेरिकी सरकारको डिभी कार्यक्रम अन्तर्गत ग्रीन कार्ड पाएर २०६९ साल असारदेखि नारायण...

मलेसियामा कोभिडका नेपाली बिरामीहरू जंगलछेउको कन्टेनरमा, हरेकदिनजसो निधन

सीता तुम्खेवा कोरोना महामारीबाट विश्व नै प्रभावित छ । सुरुवाती अवस्थामा देशका मुख्य सहरका...

एक “गुमनाम” पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण

अर्जुन मादेन लिम्बू   राजनीतिसंगै गीत रचना र समाजसेवामा समर्पित मीनबहादुर थापालाई नियाल्दा मुलतः...

विनोदी विनोदसँग योगवियोगको वार्तालाप

देवेन्द्र सुर्केली विसं. २०५५ सालतिर धरानको ब्लाष्ट टाइम्स् दैनिकमा एउटा सूचना छापियो –चलचित्र सिरिजंगाको...

पाइलामा जे बिझाउँछ त्यहि टिप्ने मानिस

देवेन्द्र सुर्केली जुन गाउँमा लाहुरे नै थिएनन् र जुन गाउँको एउटा युवाले लाहुरबारे बुझेको...

थात्थलोभन्दा टाढा, त्यसपछि झनै टाढा….

विक्रम सम्वत १९९० सालको भुँइचालो धेरै कुराको मापक बनेको छ । बुढापाकालाई तपाई कति...