चुनावी रणनीति बारे ससफो नेपालको प्रशिक्षण तीव्र - Naya Online

चुनावी रणनीति बारे ससफो नेपालको प्रशिक्षण तीव्र

रुपन्देही, २६ वैशाख ।
संघीय समाजवादी फोरम नेपालले स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णयसँगै राजनीतिक रूपमा उत्पन्न भ्रम चीर्न र भावी रणनीति तय गर्न तराई थरुहट समिति अन्तर्गत आठ जिल्लाका शीर्ष नेताहरुलाई वर्तमान राजनीतिक विषयमा मंगबार प्रशिक्षण दिएको छ ।
तराई थरुहट समितिको आयोजना भएको प्रशिक्षण कार्यक्रममा चितवनदेखि कञ्चनपुरसम्मका  पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय परिषद्, प्रदेश समिति सदस्य र जिल्ला अध्यक्षहरुको विशेष सहभागिता रहेको थियो ।
रुपन्देहीको लुम्बिनीमा मंगलबार आयोजित एक दिवसीय प्रशिक्षण गोष्ठीमा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, उपाध्यक्ष लालबाबु राउत र उपमहासचिव अभिषेकप्रताप शाह लागतयको उपस्थिति रहेको थियो । यसअघि सोमबार वीरगञ्ज र आइतबार सिरहाको लहानमा फोरम नेपालले प्रदेशस्तरीय प्रशिक्षत भेला सम्पन्न गरिसकेको छ ।
कार्यक्रममा राष्ट्रिय जनता पार्टी रुपन्देहीका जिल्ला सदस्य एवम् कमहरिया गाउँ पालिका पूर्व उपाध्यक्ष हरिकुमार चौधरी, रुपन्देही जिल्लाको क्षेत्र नं.७ का क्षेत्रीय सदस्य अशोक लोध पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।परिमार्जनसहित संविधान संशोधन गर्ने सर्तमा पहाड केन्द्रीत तीन वटा प्रदेशमा उम्मेद्वारी दिएर पहिलो चरणको निर्वाचनमा होमिएको फोरम नेपालले मधेसको मुटु मानिने लहानमा आयोजना गरेको शीर्ष बैठकलाई अत्यन्तै महत्व र चासोका साथ हेरिएको छ ।
फोरम नेपालले स्थानीय तहको निर्वाचन अन्तर्गत पहिलो चरणको चुनावका लागि पहाडमा उम्मेद्वारी दिएपछि त्यसको आवश्यकता, औचित्य र तयारीका लागि मधेस केन्द्रीय प्रशिक्षणको आयोजना गरेको बताइएको छ ।
पछिल्लो समय विकसित राजनीतिक परिस्थितिको सामना गर्न पार्टीलाई झन् सुदृढ, संगठित, चुस्तदुरुस्त र नेतृत्व पंक्तिलाई अझ प्रभावकारी ढंगले परिचालन गर्न शीर्ष नेताहरुको उपस्थितिमा प्रदेश स्तरिय प्रशिक्षण दिइएको पार्टी स्रोतले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...