वृद्धवृद्धासँग भोट फकाउँदै एमाले - Naya Online

वृद्धवृद्धासँग भोट फकाउँदै एमाले

६०० जना जेष्ठ नागरिकलाई सम्मान

विर्तामोड, २६ वैशाख ।
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा झापामा प्रतिपक्षी दल एमालेले चुनावी प्रचारका नाउँमा विभिन्न गतिविधि त्रीव पारेको छ । एमाले मंगलबार झापाको अर्जुनधारा–५ स्थित एक मन्दिरमा कार्यक्रम गरी एकै वडाका ६ सय जना ज्येष्ठ नागरिकहरुलाई चुनावी प्रचारात्मक सम्मान गरेको हो । वैशाबाडीस्थित दुर्गा मन्दिर परिसरमा एमाले अर्जुनधारा ५ वडा कमिटिीले ज्येष्ठ नागरिकहरुलाई सम्मानपत्र र गाम्छा प्रदान गरेर सम्मान गरेको हो । कार्यक्रममा सम्मानित जेष्ठ नागरिकहरुलाई जुस र फलफूल समेत वितरण गरेको एमाले अजुृनधारा ५ का अध्यक्ष उमानाथ लम्सालले जानकारी दिनुभयो ।
सबैभन्दा ज्येष्ठ ९७ वर्षीय हरिदास चौधरी र ९१ वर्षीया पार्वता  बरालसहित वडाभरका ६० वर्षदेखि ९७ वर्षका सबै जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको एमालेले जनाएको हो ।
अखिल नेपाल किसान संघका केन्द्रीय उपाध्यक्ष देवी बरालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापा क्षेत्र नम्बर ४ का सांसद प्रेमबहादुर गिरी, एमालेका क्षेत्रीय अध्यक्ष हरि राना, अर्जुनधारा नगर अध्यक्ष प्रेमसागर सापकोटा लगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा आसन्न स्थानीय तह निर्वाचनका लागि एमालेको तर्फबाट अर्जुनधारा–५ का उम्मेदवारहरु वडाध्यक्षमा ध्यानबहादुर भारती, दलित महिला सदस्य रीता नेपाली, सदस्यमा रोहित चौधरी, खड्ग चौहान लगायतको नाम घोषणा र परिचय गराइएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिकहरुलाई एमालेले मात्रै सम्मान र माया गर्ने भन्दै सहभागी नेताहरुले प्रभावित पर्ने प्रयास गरेका थिए । सो वडामा पाँच हजार मतदाता रहेको बताइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...