सडक दुर्घटना रोक्न पाठ्यक्रम माग - Naya Online

सडक दुर्घटना रोक्न पाठ्यक्रम माग

दमक, २६ वैशाख ।
बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम पालना गर्ने योजना सफल बनाउन पठ्याक्रममा नै समावेश गरिनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
दुर्घटना न्यूनीकरणका लागि अभियान नै चलाइरहेको जीवन चक्र समाजले मंगलवार आफ्नो तेस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गर्दै यस्तो माग अघि सारेको हो ।
विद्यालयस्तरबाट नै ट्राफिक नियम सम्बन्धी अध्ययन गराइनु पर्ने भन्दै कार्यक्रमका वक्ताहरुले प्रत्येक नागरिक दुर्घटना न्यूनीकरण बारे सचेत हुनुपर्ने बताएका हुन् ।
मंगलबार दमकस्थित आस्था कलेजमा गरिएको जनचेतनामूलक कार्यक्रममा अधिकांश दुर्घट्ना चेतना अभावमा भएको पाइएको तथ्याङक प्रस्तुत गर्दै वक्ताहरुले सबै नागरिकले खानपान, स्वास्थ्य जस्तै सडकमा ट्राफिक नियमको पालना पनि अनिवार्य जान्नु पर्ने जिकिर गरे ।
कार्यक्रममा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालना गर्नुपर्ने बारेमा ईलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दिनेशचन्द्र अधिकारीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सडक दुर्घट्ना न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको नेपाल अट्टो मोवाइल एसोसिएसन (नासा) को तर्फबाट टीकाराम उप्रेती र आस्था कलेजका प्रिन्सिपल टेकनाथ भण्डारीले समेत सहजीकरण गर्नुभएको थियो । आस्था कलेजका विद्यार्थीहरुलाई ट्राफिक नियम पालना सम्बन्धी जानकारी दिइएको उक्त कार्यक्रमकै दौरान कलेजका विद्यार्थीर्लाइ एक साता सम्ममा सडक दुर्घटना सम्बन्धी विचार लेख्न समेत प्रोत्साहन गरिएको छ ।
उत्कृष्ट लेख लेख्ने विद्यार्थी मध्ये प्रथम हुनेलाई दमकस्थित पाथीभरा सिनेमा प्रालिको तर्फबाट चैतन्य बरालले प्रथम पुरस्कारको घोषणा गर्नुभएको छ भने दोस्रो हुने विद्यार्थीलाई दमकस्थित सामसुङ डिलरको तर्फबाट चुणमणि आचार्यले र तेस्रो पुरस्कार इलाका ट्राफिक प्रहरी कार्यालय दमकले प्रदान गर्ने घोषणा समेत गरिएको छ ।
जीवन चक्र समाजका अध्यक्ष गणेश गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...