स्थानीय तहको मतगणना स्थानीय तहको केन्द्रमै - Naya Online

स्थानीय तहको मतगणना स्थानीय तहको केन्द्रमै

काठमाडौं, २६ वैशाख ।
निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनको मतगणना सम्बन्धित स्थानीय तहको केन्द्रमा नै गर्ने निर्णय गरेको छ ।
मतपेटिका जिल्ला सदरमुकाम लैजाँदा सुरक्षाका दृष्टिले जटिलता आउनसक्ने भन्दै निर्वाचन आयोगले सबै स्थानीय तह निर्वाचनको मत गणना स्थानीय तहको केन्द्रमा नै गर्ने तयारी भएको जानकारी दिएको हो ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सञ्चारकर्मीहरुलाई दिनुभएको जानकारी अनुसार स्थानीय तह निर्वाचनअन्तर्गत पहिलो चरणमा वैशाख ३१ गते सम्पन्न हुने निर्वाचनपछि ‘२८३ वटै स्थानीय तहमा एकसाथ मतगणना हुन्छ । त्यसको अधिकार निर्वाचन अधिकृतको कार्यालयलाई दिइएको छ । मतगणना सम्बन्धमा आयोगले थप निर्णय गर्नुपर्दैन ।’
आयोगका अनुसार हरेक गाउँपालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएकाले सोही कार्यालयमै हरेक वडा र तहको मतगणना हुनेछन् ।
मतगणना कहिलेबाट र कहाँ गर्ने भन्ने अधिकार निर्वाचन ऐनले नै निर्वाचन अधिकृतको कार्यालयलाई दिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । निर्वाचन अधिकृतको कार्यालयले स्थानीय राजनीतिक दलसँगको समझदारीमा मतगणना हुने स्थान तथा समय टुङ्गो लगाउने र त्यसबारे सूचना टाँसेर जानकारी दिने कानुनी व्यवस्था छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...