बाल बिबाहमा कमी - Naya Online

बाल बिबाहमा कमी

दीपेन्द्र प्रजापति/बीरगञ्ज

बालमैत्री स्थानीय शासन अवलम्बन गरिएपछि पर्सा जिल्लाको स्थानीय तहमा आश्चर्यजनक रुपमा बाल बिबाहमा कमी आएको छ । जिल्लाको तत्कालीन बेल्वा गाबिसका गाविस सचिब अनिल सुबेदीकाअनुसार बालमैत्री स्थानीय शासन अवलम्बन गरिएबाट नै यो उपलब्धी देखा परेको हो ।
गाविसमा बालबिबाहको प्रचलन थामी नसक्नु नै थियो । गाविसले बालमैत्री स्थानीय शासन अवलम्बन गरेबाट अहिले बालबिबाह रोकिएको छ । गाविस सचिब सुबेदी भन्छन्– ‘बाल बिबाह बिरुद्ध चेतनामुलक कार्यक्रम सुरु भएबाट यो सुधार देखिएको हो ।’
पर्सा जिल्लाको बेल्वा गाविसले २०६८ सालबाट बालमैत्री स्थानीय शासन अवलम्बन गर्न थालेको हो । साविक बेल्वा गाविस स्थानीय तहको पुनर्संरचनापश्चात वडा नम्बर ४ र ७ मा सीमित भएको छ । बेल्वा गाविसलाई नै केन्द्र मानिएको नयाँ संरचनामा तत्कालीन बसडिलवा, बगही, लालपर्सा, चोरनी गाविस समेत मिसाएर पुनर्संरचित बेलवा गाउँपालिका बनेको छ ।
शिक्षाको कमी, रुढीग्रस्त परम्परा तथा आर्थिक कारणले पनि बालबालिकाको १८ बर्ष नपुग्दै बिबाह गर्ने प्रचलन थियो । तर बालमैत्री स्थानीय शासन लागू भएपछि बाल बिबाहबाट हुने बेफाइदाबारे उनीहरूले जानकारी पाए । स्थानीय निकायले बालबिाह बिरुद्ध सडक नाटक जस्ता जनचेतनामूलक कार्यक्रम गरेपछि यो सफलता हात परेको हो ।
बाल बिबाहमा कमी आउनुमा बालबालिकाको भूमिका महत्वपूर्ण भएको स्थानीय तत्कालीन बेलवा गाविस स्तरीय बाल संजालकी अध्यक्ष बिद्या रिजालको दाबी छ । ‘बालबालिकालाई उमेर नपुगी बिहे गर्ने परम्परा बिरुद्ध हामीले अभियान नै चलायौ ।’ उनले थपिन् – ‘यो अभियानमा अभिभावकहरूको सहयोग प्राप्त भयो । त्यसैले अहिले खुला रुपमा यस क्षेत्रमा कसैले पनि बालबिबाह गर्दैनन् ।’ बाल संजालकी अध्यक्ष रिजालकाअनुसार स्थानीय प्रहरीले पनि चासो दिन थालेपछि खुला रुपमा बालबिबाह हुन रोकिएको हो । यस अघि खुला तवरले मागेरै बाल बिबाह हुने गर्दथ्यो ।
बाल बिबाह गरिदिँदा दाईजो कम लाग्ने तथा पठन–पाठनको खर्च जोगिने केही स्थानीयबासीको धारणा थियो । स्थानीय शुसिला पंजियारको भनाईमा तत्कालीन बेलवा गाविसका मुस्लिम, दलित, मुसहर, डुम, चमार, दुसादलगायतका केही घर परिवारमा यस्तो धारणा प्रबल थियो । उनले भनिन् ‘त्यस समूदायमा बालबिबाहलाई अभिभावकको नैसर्गिक अधिकारको बिषय बुझ्ने मानसिकता थियो । बालमैत्री स्थानीय शासन लागू भएपछि बाल क्लब र बाल संजालको प्रयासमा राजनीतिक दल, स्थानीय प्रहरीलगायतको सहयोगबाट बाल बिबाह रोक्न सफल भएका छौ ।’
बेलवामा बालबालिका नै घर, समाजलाई परिवर्तन गराउने शक्तिको रुपमा देखा परेको बालमैत्री स्थानीय शासनकी स्थानीय सम्पर्क ब्यक्ति सोनम खड्काको बुझाई छ । बाल बिबाह स्वात्तै घट्नुमा बालबालिकाको अगुवाई रहेको उनको दाबी छ । ५ वर्ष अगाड़ी बाल बिबाहले ग्रस्त बनेको गाउँका तत्कालीन ९ वटै वडाहरूमा बाल क्लब तथा बालसंजाल क्रियाशिल छन् । खड्काले थपिन् ‘बेलवामा बालबिबाहमा संलग्न अभिभावकहरू आफुले गरिरहेको गल्तीलाई यतिखेर पश्चाताप गरिरहेका छन् ।’
‘बालबिाहबाट उत्पन्न स्वास्थ्य समस्या पनि अहिले घटेको छ । बालबिवाहकै कारण महिलामा आङ्ग खस्ने समस्या हुने गर्दथ्यो । उमेर पुगेर बिहे गरेका महिलामा यस्तो समस्या देखिदैन । सुत्केरी गराउँदा आमा र बच्चा दुबैको ज्यान जाने खतरा हुन्थ्यो । अहिले यो समस्याबाट पनि समाजले पार पाइसकेको छ ।’ स्वास्थ्य स्वयंसेविका गौरी देबी दहैत भन्दै थिइन्– ‘बाल बिबाहकै कारण बालबालिका कुपोषित हुने खतरा टर्दै गएको छ ।’ उनीभन्छिन् – ‘यस्ता सबै समस्याबाट पनि बेलवाका किशोरीहरूले बिजय पाइसकेका छन् । खास गरेर बालिका धेरै पीडित भएको सन्दर्भलाई बालमैत्री स्थानीय शासनले बुझाउन सफल भएको छ । सबैभन्दा महत्वपूर्ण कुरा बालअधिकारबाट बञ्चित बालबालिकाले आफ्ना अधिकार लिन सकेका छन् । बालबिबाहकै कारण उनीहरूले पढ्ने, खेल्ने अधिकारबाट वञ्चित हुन्थे भने बिबाह पछि आर्थिक भार थपिएर गरीबिको भूमरीमा फस्थे । बाल बिबाह रोकिएपछि बालबालिकाहरूको उज्यालो भविष्य देखा परेको छ । यो खुशीको कुरा हो ।’
तत्कालीन बेलवा गाविस बालमैत्री स्थानीय शासन उन्मुख गाविस हो । स्थानीय शासनको पुनर्संरचना पश्चात तत्कालीन बेलवा गाविस दुई वडामा बिभाजन हुन पुगेको छ । स्थानीय तह अन्तर्गतको गाउँपालिकाले बालमैत्री स्थानीय शासनका लागि कस्तो नीति अवलम्बन गर्ने भन्ने सन्दर्भ अहिलेका लागि योजनाकारकै गर्भमा रहे पनि स्थानीय बासीन्दा भने बालमैत्री स्थानीय शासन वडा तहमा भए पनि घोषणा गरेर यो अभियानलाई निरन्तरता दिनु पर्ने माग गरीरहेका छन् ।

—साभारः बालमैत्री स्थानीय शासन मीरेष्ट लेखमाला

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

मेरो संस्मरणमा तत्कालीन माओवादी सशस्त्र जनयुद्ध

उदय पुर्वेली चोङ्वाङक्याक मैले यहाँ माओवादी जनयुद्धको कुनै शृङ्खलाबद्ध घटनाक्रमको इतिहास कोट्याउन होइन, सकभर...

अमेरिका बस्दै आएका नारायण भट्टराईलाई नेपाली साहित्यप्रति रुचि

युद्धबहादुर बोहोरा अमेरिकी सरकारको डिभी कार्यक्रम अन्तर्गत ग्रीन कार्ड पाएर २०६९ साल असारदेखि नारायण...

मलेसियामा कोभिडका नेपाली बिरामीहरू जंगलछेउको कन्टेनरमा, हरेकदिनजसो निधन

सीता तुम्खेवा कोरोना महामारीबाट विश्व नै प्रभावित छ । सुरुवाती अवस्थामा देशका मुख्य सहरका...

एक “गुमनाम” पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण

अर्जुन मादेन लिम्बू   राजनीतिसंगै गीत रचना र समाजसेवामा समर्पित मीनबहादुर थापालाई नियाल्दा मुलतः...

विनोदी विनोदसँग योगवियोगको वार्तालाप

देवेन्द्र सुर्केली विसं. २०५५ सालतिर धरानको ब्लाष्ट टाइम्स् दैनिकमा एउटा सूचना छापियो –चलचित्र सिरिजंगाको...

पाइलामा जे बिझाउँछ त्यहि टिप्ने मानिस

देवेन्द्र सुर्केली जुन गाउँमा लाहुरे नै थिएनन् र जुन गाउँको एउटा युवाले लाहुरबारे बुझेको...

थात्थलोभन्दा टाढा, त्यसपछि झनै टाढा….

विक्रम सम्वत १९९० सालको भुँइचालो धेरै कुराको मापक बनेको छ । बुढापाकालाई तपाई कति...