थापाको ठाउँमा गच्छदार उपप्रधानमन्त्री ! - Naya Online

थापाको ठाउँमा गच्छदार उपप्रधानमन्त्री !

काठमाडौं, २५ वैशाख ।संसद्मा प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गरेको विषयलाई लिएर सरकार छाडेका उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाको रिक्त मन्त्रालय सम्हाल्न विजयकुमार गच्छदार उपप्रधानमन्त्रीकै हैसियतमा सत्ता रोहण गर्नुभएको छ ।
नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले सोमबार साँझ उप्रप्रधानमन्त्रीको हैसियतमा स्थानीय मन्त्रालय पाउने गरी राष्ट्रपतिबाट सपथ लिनुभएको हो । गच्छदारसहित अन्य दुई जना फोरमबाट मन्त्री बनेका छन् ।
सोमवार साँझ राष्ट्रपति भवन शितल निवासमा गच्छदारसहित जितेन्द्र देवले पर्यटन मन्त्रीका रूपमा र गोपाल दहितले भूमिसुधार मन्त्रीका रूपमा सपथ लिनुभएको हो ।

गच्छदारको रोचक सत्तारोहण कथा

२०४६ सालको जनआन्दोलनपछि एकाएक राजनीतिक वृत्तमा चम्किएका विजयकुमार गच्छदार यस पटकसमेत गरी १२ पटक मन्त्री बनिसकेका छन् । २०४८ सालमा नेपाली काँग्रेसको एकलौटी सरकार गठनभएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको विश्वास पात्रका रूपमा सञ्चार राज्यमन्त्रीबाट सरकारमा एन्ट्री मारेर गच्छदार चार पटक त उपप्रधानमन्त्री मात्रै भइसकेका छन् ।
०५६ सालमा पर्यटन मन्त्री बनेका गच्छदार २०६६ सालमा पहिलो पटक उपप्रधानमन्त्री एवम् भौतिक योजना तथा निर्माण मन्त्री बन्ने अवसर पाएका थिए ।
आफ्नो सत्तारोहण इतिहासमा लगातार ६ पटक भौतिक योजना तथा निर्माण मन्त्रालय सम्हाल्न पाएका गच्छदार एक पटक गृहमन्त्री र दुई पटक जलस्रोतमन्त्री भएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...