संघीय गठबन्धनमा एक ढिक्का हुन यादवको आग्रह - Naya Online

संघीय गठबन्धनमा एक ढिक्का हुन यादवको आग्रह

काठमाडौं, २४ वैशाख ।

संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष एवम् संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले आफूलाई गठबन्धन संयोजकबाट हटाइएको भन्ने प्रचार निराधार र झुटा भएको टिप्पणी गर्नुभएको छ ।
यादवले आइतबार पार्टीका तर्फबाट प्रेस विज्ञिप्ति जारी गर्दै शनिबार संघीय गठबन्धनको बैठक बसरेर गरिएको निणैय भनी विभिन्न सञ्चार माध्यमहरुमा आएका खबर झुटो भएको बताउनुभएको हो । उहाँले गठबन्धनका नाउँमा शनिबार जारी जिज्ञप्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जानकारी दिनुभएको हो ।
‘मिति २०७४ साल वैशाख २३ गते विभिन्न सञ्चार माध्यमहरुमा सङ्घीय गठबन्धनको नामबाट सम्प्रेषण भएको कथित प्रेस विज्ञप्तिप्रति मेरो र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सङ्घीय गठबन्धनका संयोजक म स्वयम् रहेको र मेरो सल्लाहमा उक्त दिन कुनै पनि बैठक आयोजना नभएको कुरा यहाँ अवगत गराउन चाहन्छु । संयोजक र प्रवक्ता प्रा.डा. ओम गुरुङ लगायत गठबन्धनका अधिकांश बहुमत सदस्यहरुलाई कुनै जानकारी नै नदिई व्यक्तिगत रुपमा आयोजना भएको कथित बैठक सङ्घीय गठबन्धनको बैठक हुनै सक्दैन । यादवले विज्ञप्तिमार्फत गठबन्धनको अवधारणा पत्रको मर्म, भावना र आचारसंहिता विपरीत बसेको भनिएको बैठकले संघीय गठबन्धनको बैठकको बैधानिकता प्राप्त गर्नै नसक्ने जिकिर गर्नुभएको छ । उहाँले गठबन्धनका नाउँमा प्रेसित समाचारहरु गठबन्धनको आधिकारिक निर्णय नभएर व्यक्तिगत निर्णयहरु मात्र भएको दावी गर्नुभएको छ ।
विज्ञप्तिमा ‘महन्थ ठाकुरको नामबाट आएको उक्त प्रेस विज्ञप्ति राजनीतिक झूठको खेतीका साथै राजनीतिक बेइमानी र निन्दनीय काम समेत हो । आदिवासी जनजाति, मधेशी, थारु, खस, शिल्पी, मुश्लिम, लगायत सम्पूर्ण उत्पीडित वर्ग र समुदायको हक अधिकारको निम्ति जारी सङ्घर्षलाई सफलतामा पुर्याउन अरु बृहत्तर एकीकृत शक्ति निर्माण गर्नुपर्ने वर्तमान राजनीतिक परिस्थितिमा यसरी घात अन्तर्घात गर्ने कार्य अत्यन्तै लज्जास्पद मात्र नभएर खेदजनक पनि छ’ भनिएको छ ।
उत्पीडित वर्ग, जाति र समुदायको मुक्तिको निम्ति लामो सङ्घर्ष आवश्यक रहेको भन्दै यादवले परिवर्तित राजनीतिक परिस्थिति अनुसार सबैले मिलेर अघि बढ्नुपर्ने सुझाउनु भएको छ । उहाँले आफ्नो पार्टी नेपाली जनताको मुक्तिको निम्ति सदैव क्रियाशील र संघर्षशील रहेको भन्दै कसैसँग आत्मसमर्पण नगरिने जिकिर गर्नुभएको छ । यादवले गठबन्धनका आगामी कार्यभारहरु पूरा गर्न सबै घटक सदस्य संगठनका नेताहरुलाई एकीकृत भई छलफलमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

मधेसमा ससफोको विशेष प्रशिक्षण

यस्तै आइतबार नै यादवले पार्टीको तराई मधेस प्रदेशस्तरीय गोष्ठीलाई सम्बनेधन संविधान संशोधनमार्फत जनताका अधिकार सुनिश्चित गराउन स्थानीय चुनावलाई आन्दोलनकै रूपमा उपयोग गरिने बताउनुभएको छ ।
सिरहाको लहानमा सम्पन्न गोष्ठीमा उहाँले पार्टीको संगठन पहाडमा पनि रहेकाले देशैभर चुनावमा सहभागी हुन वैशाख ३१ को प्रदेश नम्बर ३, ४ र ६ नम्बर प्रदेशमा हुने निर्वाचनमा उम्मेद्वारी दिइएको जिकिर गर्नुभयो ।
गोष्ठीमा ससफो नेपालको तराई मधेस प्रदेश अन्तर्गत पर्सादेखि झापासम्मका पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय परिषद् र जिल्ला अध्यक्षहरुको विशेष सहभागिता रहेको थियो ।
गोष्ठीमा अध्यक्ष यादवसहित पार्टीका वरिष्ठ नेता अशोक राई, उपाध्यक्षहरु युवराज कार्की, रेणु यादव, लालबाबु राउत र केन्द्रीय कोषाध्यक्ष एवं पूर्वमन्त्री विजय यादवले प्रशिक्षणात्मक निर्देशन दिनुभएको बताइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...