झापा, २४ वैशाख ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीका नेताकार्यकर्ता विरुद्ध भइरहेको सरकारी दमन रोक्न माग गर्नुभएको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै विप्लवले प्रचण्ड सरकारले संकटकालको झल्को दिनेगरी आफ्ना नेता कार्यकर्तालाई गिरफतार गरेको, झुटा मुद्दा लगाएको र बेपत्ता पारेको समेत पारेको आरोप लगाउनुभएको हो ।जारी विज्ञप्तिमा ‘पार्टी स्थानीय चुनावको खारेजी अभियानमा रहेको सबैलाई जानकारी नै छ । सो खारेजी अभियानमा रहेका नेता तथा कार्यकर्तालाई संकटकाल सम्झाउने गरी प्रचण्ड सरकारले गिरफतार गरेको छ’ भनी उल्लेख छ ।
विप्लवले आफ्ना केन्द्रीय सदस्य तथा जनकपुर व्युरो इन्चार्ज सन्देश पौडेल, बैकल्पिक केन्द्रीय सदस्य नारायण महर्जन लगायत डेढ सय भन्दा बढी संख्यामा आफ्ना नेता कार्यकर्ता पक्राउ परेका र विभिन्न झुटा मुद्दा लगाएको अरोप लगाउनुभएको हो ।
संसदीय चुनाव खारेजीको अभियानमा डटेर लाग्न कार्यकर्तालाई निर्देशन दिँदै विप्लवले विज्ञप्तिमार्फत पक्राउ परेका सबै नेता कार्यकर्तालाई बिना शर्त रिहा गर्न पनि आग्रह गर्नुभएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।