मिडिया रनमा दौडिए पत्रकार - Naya Online

मिडिया रनमा दौडिए पत्रकार

दमक, २३ वैशाख ।
प्रत्येक शनिबार दौड आयोजना गर्दै आईरहेको ‘दमक रन’ले शनिबार दमकमा ‘मिडिया रन’ गरेको छ । प्रतियोगिताको ७४औं हप्ता अन्र्तगत शनिवारको दमक रनमा विभिन्न मिडियामा कार्यरत पत्रकारहरु दौडिएका थिए । दौड अन्र्तगत पुरुष पत्रकारहरुको लागि ५ किलोमिटर र महिला पत्रकारहरुको लागि ३ किलोमिटर दौड आयोजना गरेको हो ।
५ किलोमिटर दौड अन्र्तगत पुरुषहरुतर्फ पाथिभरा एफएमका चिरञ्जीवि घिमिरे प्रथम भएका छन् । त्यस्तै, दौडमा स्टार एफएमका पदम खड्का दोस्रो भए भने फ्रि लाईन्सरका उत्तर रिजाल तेस्रो भएका छन् । घिमिरेले २२ दशमलव ४६ मिनेटमा सो दुरी पार गरेका थिए । खड्काले २४ दशमलव ११ र रिजालले २७ दशमलव ३४ मिनेटमा दुरी पार गरे ।
त्यस्तै, महिला पत्रकारहरुको ३ किलोमिटर दुरी अन्र्तगत रेडियो झापाकी नबिना थापा प्रथम भइन् । उनले १६ दशमलव १९ मिनेटमा दुरी पार गरेकी हुन् । त्यस्तै, रेडियो झापाकी सञ्जु निरौला दोस्रो भइन् । उनले १६ दशमलव ४६ मिनेटमा पार गरिन् भने हिमशिखर टेलिभिजनकी गीता ढुङ्गना तेस्रो भईन् । उनले १८ दशमलव २२ मिनेटमा दुरी पार गरिन् ।
मिडिया रनमा प्रथम, दोस्रो र तेस्रो हुनेहरुलाई दमक रनका अध्यक्ष दिवस राई, सल्लाहकार एबम् पाथिभरा सिनेमा प्रालिका चैतन्य बराल, कृष्णराज दाहाल लगायतले नगद तथा मायाको चिनो प्रदान गरेका थिए । रनमा पथम, दोस्रो र तेस्रो हुनेहरुले क्रमश ३ हजार, २ हजार र १ हजार प्राप्त गरे । दमकमा सञ्चालित विभिन्न रेडियो, पत्रपत्रिका, अनलाईन खबर र टेलिभिजनमा कार्यरत सञ्चारकर्मीहरुले रनमा सहभागिता जनाएका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संचारकर्मी सन्देश सुब्बा पुरस्कृत

पाँचथर । संचारकर्मी सन्देश सुब्बा स्वर्गीय प्रजापति–जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।...

थाइल्याण्डमा पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती

काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस...

कियाचु युकेको आयोजनामा १५औं यलम्बरहाङ कप

सुरेन्द्र इङ्नाम युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ्...

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाडौं, १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाले...

जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पायो पूर्णता

तेह्रथुम, ११ कात्तिक । करिव २ वर्षको रिक्ततापछि जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पूर्णता...

दशैंको अवसरमा पोर्तुगलमा मैत्रीपूर्ण भलिबल खेल

केश तमू पोर्तुगल, १४ अक्टोबर । नेपाली एकता समाज, पोर्तुगलको मैत्रीपूर्ण भलिवल खेल प्रतियोगितामा...