महन्थ ठाकुरजी, संघीय गठबन्धनलाई किन दुरुपयोग गर्नुभयो ? जवाफ चाहियो - Naya Online

महन्थ ठाकुरजी, संघीय गठबन्धनलाई किन दुरुपयोग गर्नुभयो ? जवाफ चाहियो

महेश चौरसिया
संघीय गठबन्धनको बैठक नै बसी राष्ट्रिय जनता पार्टीका नेताहरुले षड्यन्त्रमूलक ढंगले गठबन्धनको नाम दुरूपयोग गरी विज्ञप्ति जारी गरेको देखेर हामी सबैलाई आश्चर्यचकित बनाएको छ । राजपाका कुनै एक नेताले एकल हस्ताक्षर गरी आफैले आफैलाई संयोजक घोषणा गर्नु आफैमा हाँस्यास्पद छ । उक्त विज्ञप्ति संघीय गठबन्धनको आधिकारिक हुनै सक्दैन । ठाकुरजीको एउटा विज्ञप्तिले गर्दा सहकर्मी दल र नेताहरुबीचको भावी सम्बन्ध कस्तो हुनेछ अनुमान गर्नु भएको छ ? मधेसका जनताले यसलाई कुन रूपमा लिनेछन् ? राजपाको यस्तो अप्रत्यासित हर्कतसँगै केही प्रश्न पनि जन्मिएका छन् । जसको जवाफ राजपा अध्यक्ष महन्थ ठाकुरले दिन जरुरी छ ।
गठबन्धनमा आबद्ध घटक दल, प्रादेशिक र जातीय मोर्चालाई खबर नै नगरी राजपा अध्यक्ष ठाकुरले कुन नैतिकताले विज्ञप्ति जारी गरेका हुन् ? आखिर संघीय गठबन्धनको बैठक बोलाउँछ कसले ? राजपा अध्यक्ष ठाकुरलाई गठबन्धनको बैठक बोलाउने अधिकार कसले दियो ? संघीय गठबन्धनको नाममा विज्ञप्ति निकाल्ने अधिकार उनलाई कसले दियो ? पर्दा पछाडि यसभित्र गम्भीर डिजाइनले काम गरेको हाम्रो ठम्याई छ । जसले संघीय गठबन्धनको आन्दोलनलाई सँधै बहिष्कार गर्यो, आन्दोलनको कार्यक्रममा गएन, बैठकमा सहभागी भएन, उसलाई आज गठबन्धनको याद कसरी आयो ? उसलाई गठबन्धनको आवश्यकता किन पर्याे ? राजपा अध्यक्ष ठाकुरले जारी गरेको विज्ञप्ति राजपाको निर्णय हो, गठबन्धनको निर्णय होइन । गठबन्धनको निर्णय भन्दै राजपाले सुनियोजित रूपले जनतामा भ्रम सिर्जना गर्न खोजेको छ । मोर्चा सम्मिलित संघीय गठबन्धनले गएको बैशाख ९ गते एक महिने आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । तर, वालुवाटारमा सहमति गरेर राजपा नेताहरुले आन्दोलन किन फिर्ता लिए ? आन्दोलन स्थगित गरेर राजपाले चुनाव चिन्ह माग्न निर्वाचन आयोग किन गएको थियो ? पार्टी दर्ता नभएकोले आयोगले चुनाव चिन्ह अस्वीकार गर्याे । स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि प्रदेश नम्बर ३, ४ र ६ मा राजपाको कुनै अस्तित्व नै छैन । त्यहाँ राजपाको न मतदाता छन्, न उम्मेद्वार ? अनि केका लागि उम्मेद्वारी देऊन् ? तसर्थ, पहिलो चरणको चुनावमा राजपाले भाग लिनु वा नलिनुको कुनै अर्थ नै भएन ।
पार्टी एकीकरण ताका संघीय समाजवादी फोरम नेपालसँग कुनै सल्लाह वा परामर्श गरिएन । अनि फोरम नेपाल एकीकरण प्रक्रियामा आएन भनेर किन झूठा प्रचार गरिँदैछ ? चुनावमा भाग लिने वा नलिने बारे निर्णय गर्न हरेक पार्टी स्वतन्त्र छन् । फोरम नेपालले मधेसी मोर्चा वा संघीय गठबन्धनको तर्फबाट चुनावमा गएको होइन । मोर्चा र गठबन्धनको संयुक्त निर्णयका आधारमा सरकारबाट समर्थन फिर्ता लिइएको थियो । तर, अहिले मोर्चा र गठबन्धनमा छलफल नै नगरी राजपाले कुन नैतिकताको आधारमा प्रचण्ड सरकारलाई समर्थन दिने निर्णय गर्याे ? फिर्ता लिई सकेको समर्थन फेरि किन दिइनु पर्याे ? राजपाको एकलौटी निर्णयले मधेसी मोर्चालाई किन भंंग गरियो ? मोर्चा विघटन हुनुअघि छलफल हुनु पर्थेन ? मधेसमा ऐतिहासिक आन्दोलनको अगुवाई गरेको मोर्चालाई भंग गर्ने राजपाको निर्णय कसरी सही हुन सक्छ ? संघीय समाजवादी फोरम नेपाल चुनावमा गएको मौका छोपेर राजपाका नेताहरु दुईचार दिनका लागि क्रान्तिकारी बन्ने लहडमा लागेकोले यस्तो विज्ञप्ति आएको प्रष्ट छ । मधेस आन्दोलन, माग, सवाल र संविधान संशोधनलाई कमजोर गर्न अन्तैबाट परिचालित भई राजपाले यस्तो हर्कत गरेको हाम्रो बुझाई हो । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवमाथि अहिले सुनियोजित ढंगले चौतर्फी प्रहार हुँदैछ । राजपाको ताजा विज्ञप्ति पनि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कमजोर बनाउन खोजिएको एउटा कदम मात्र हो । मधेस विरोधी शक्तिहरुलाई बलियो बनाउन राजपाले यस्तो षड्यन्त्र गरेको छ । मधेस आन्दोलन र संविधान संशोधनलाई कमजोर पार्न यस्तो सुनियोजित षड्यन्त्र रचिएको हाम्रो ठहर छ ।
लेखक संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

किताबका कुरा: दुई औँठाका ल्याप्चेसहित मुक्ति पाएकी लादिप्माको कथा ‘प्याउली’

प्रकाश दिप्साली राई  पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि...

‘ताई ओ’ सित जोडिएको यात्रा

जानु काम्बाङ लिम्बू अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिबर्तन ।...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...