महन्थ ठाकुरजी, संघीय गठबन्धनलाई किन दुरुपयोग गर्नुभयो ? जवाफ चाहियो - Naya Online

महन्थ ठाकुरजी, संघीय गठबन्धनलाई किन दुरुपयोग गर्नुभयो ? जवाफ चाहियो

महेश चौरसिया
संघीय गठबन्धनको बैठक नै बसी राष्ट्रिय जनता पार्टीका नेताहरुले षड्यन्त्रमूलक ढंगले गठबन्धनको नाम दुरूपयोग गरी विज्ञप्ति जारी गरेको देखेर हामी सबैलाई आश्चर्यचकित बनाएको छ । राजपाका कुनै एक नेताले एकल हस्ताक्षर गरी आफैले आफैलाई संयोजक घोषणा गर्नु आफैमा हाँस्यास्पद छ । उक्त विज्ञप्ति संघीय गठबन्धनको आधिकारिक हुनै सक्दैन । ठाकुरजीको एउटा विज्ञप्तिले गर्दा सहकर्मी दल र नेताहरुबीचको भावी सम्बन्ध कस्तो हुनेछ अनुमान गर्नु भएको छ ? मधेसका जनताले यसलाई कुन रूपमा लिनेछन् ? राजपाको यस्तो अप्रत्यासित हर्कतसँगै केही प्रश्न पनि जन्मिएका छन् । जसको जवाफ राजपा अध्यक्ष महन्थ ठाकुरले दिन जरुरी छ ।
गठबन्धनमा आबद्ध घटक दल, प्रादेशिक र जातीय मोर्चालाई खबर नै नगरी राजपा अध्यक्ष ठाकुरले कुन नैतिकताले विज्ञप्ति जारी गरेका हुन् ? आखिर संघीय गठबन्धनको बैठक बोलाउँछ कसले ? राजपा अध्यक्ष ठाकुरलाई गठबन्धनको बैठक बोलाउने अधिकार कसले दियो ? संघीय गठबन्धनको नाममा विज्ञप्ति निकाल्ने अधिकार उनलाई कसले दियो ? पर्दा पछाडि यसभित्र गम्भीर डिजाइनले काम गरेको हाम्रो ठम्याई छ । जसले संघीय गठबन्धनको आन्दोलनलाई सँधै बहिष्कार गर्यो, आन्दोलनको कार्यक्रममा गएन, बैठकमा सहभागी भएन, उसलाई आज गठबन्धनको याद कसरी आयो ? उसलाई गठबन्धनको आवश्यकता किन पर्याे ? राजपा अध्यक्ष ठाकुरले जारी गरेको विज्ञप्ति राजपाको निर्णय हो, गठबन्धनको निर्णय होइन । गठबन्धनको निर्णय भन्दै राजपाले सुनियोजित रूपले जनतामा भ्रम सिर्जना गर्न खोजेको छ । मोर्चा सम्मिलित संघीय गठबन्धनले गएको बैशाख ९ गते एक महिने आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । तर, वालुवाटारमा सहमति गरेर राजपा नेताहरुले आन्दोलन किन फिर्ता लिए ? आन्दोलन स्थगित गरेर राजपाले चुनाव चिन्ह माग्न निर्वाचन आयोग किन गएको थियो ? पार्टी दर्ता नभएकोले आयोगले चुनाव चिन्ह अस्वीकार गर्याे । स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि प्रदेश नम्बर ३, ४ र ६ मा राजपाको कुनै अस्तित्व नै छैन । त्यहाँ राजपाको न मतदाता छन्, न उम्मेद्वार ? अनि केका लागि उम्मेद्वारी देऊन् ? तसर्थ, पहिलो चरणको चुनावमा राजपाले भाग लिनु वा नलिनुको कुनै अर्थ नै भएन ।
पार्टी एकीकरण ताका संघीय समाजवादी फोरम नेपालसँग कुनै सल्लाह वा परामर्श गरिएन । अनि फोरम नेपाल एकीकरण प्रक्रियामा आएन भनेर किन झूठा प्रचार गरिँदैछ ? चुनावमा भाग लिने वा नलिने बारे निर्णय गर्न हरेक पार्टी स्वतन्त्र छन् । फोरम नेपालले मधेसी मोर्चा वा संघीय गठबन्धनको तर्फबाट चुनावमा गएको होइन । मोर्चा र गठबन्धनको संयुक्त निर्णयका आधारमा सरकारबाट समर्थन फिर्ता लिइएको थियो । तर, अहिले मोर्चा र गठबन्धनमा छलफल नै नगरी राजपाले कुन नैतिकताको आधारमा प्रचण्ड सरकारलाई समर्थन दिने निर्णय गर्याे ? फिर्ता लिई सकेको समर्थन फेरि किन दिइनु पर्याे ? राजपाको एकलौटी निर्णयले मधेसी मोर्चालाई किन भंंग गरियो ? मोर्चा विघटन हुनुअघि छलफल हुनु पर्थेन ? मधेसमा ऐतिहासिक आन्दोलनको अगुवाई गरेको मोर्चालाई भंग गर्ने राजपाको निर्णय कसरी सही हुन सक्छ ? संघीय समाजवादी फोरम नेपाल चुनावमा गएको मौका छोपेर राजपाका नेताहरु दुईचार दिनका लागि क्रान्तिकारी बन्ने लहडमा लागेकोले यस्तो विज्ञप्ति आएको प्रष्ट छ । मधेस आन्दोलन, माग, सवाल र संविधान संशोधनलाई कमजोर गर्न अन्तैबाट परिचालित भई राजपाले यस्तो हर्कत गरेको हाम्रो बुझाई हो । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवमाथि अहिले सुनियोजित ढंगले चौतर्फी प्रहार हुँदैछ । राजपाको ताजा विज्ञप्ति पनि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कमजोर बनाउन खोजिएको एउटा कदम मात्र हो । मधेस विरोधी शक्तिहरुलाई बलियो बनाउन राजपाले यस्तो षड्यन्त्र गरेको छ । मधेस आन्दोलन र संविधान संशोधनलाई कमजोर पार्न यस्तो सुनियोजित षड्यन्त्र रचिएको हाम्रो ठहर छ ।
लेखक संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...