फाल्गुनन्द मार्ग निरीक्षणमा राज्यमन्त्री - Naya Online

फाल्गुनन्द मार्ग निरीक्षणमा राज्यमन्त्री

दमक, २२ वैशाख ।
झापाको दमकबाट इलामको चिसापानी हुँदै पाँचथरको रवि जोड्ने सडक (फाल्गुनन्द मार्ग) को शुक्रबार भौतिक पूर्वधार तथा यातायात राज्यमन्त्री सीताराम मेहताले निरीक्षण गर्नुभएको छ ।
पश्चिम दक्षिणी इलाम र पाँचथरको ग्रामीण भेगका जनतालाई यातायात सञ्जालसँग जोड्ने महत्वपूर्ण उक्त दमक–चिसापानी–रवि सडक (फाल्गुनन्द मार्ग) को राज्यमन्त्री मेहताले निरीक्षण गर्नुभएको हो । बिगत २० वर्षदेखि थालिएको सडक निर्माणमा नेपाल सरकारले २० करोड बढी रकम खर्च गरिसकेको छ ।
झापाको दमकलाई व्यवसायिक हिसाबले प्रत्यक्ष लाभ मिल्ने यस सडक निर्माणमा २० करोड भन्दा वढी रकम खर्च भइसके पनि.हालसम्म सडकको ट्रयाक मात्र खोल्ने काम भएको छ । त्यस्तै सडक खण्डका अधिकांश ठाउँमा पुल तथा कल्भर्ट निर्माणका कामले पछिल्लो आर्थिक वर्षमा गति लिएको सडक उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरी गगनले जानकारी दिनुभयो ।
राजमार्गवाट कच्ची ट्रयाक खोल्ने काम पूरा भए पनि दमकदेखि इलामको घर्तीदोभान सम्मको १५ दशमलव ३ किलोमिटर सडक खण्डमा रतुवा खोलाबाटै यात्रा गर्नुपर्ने वाध्यता रहेको निरीक्षणमा आउनुभएका राज्यमन्त्री मेहतालाई उपभेक्ता समितिले जानकारी दिएको हो ।
दमकदेखि इलामको लारुम्बा, चिसापानी हुँदै पाँचथरको रविसम्म ४७ किलोमिटर दुरीको सडक २०४९ सालमा मंसिर ६ गतेदेखि सर्वेक्षण गरिएको थियो । हाल यो सडक निर्माण नेपाल सरकारले पहिलो प्राथमिकता अन्तर्गत बहुवर्षे योजनामा राखेर काम भइरहेको छ । निरीक्षणका क्रममा सडक उपभोक्ता समितिका अध्यक्ष पुरीले फाल्गुनन्द मार्गलाई त्रिदेशीय सडक सञ्जालका रूपमा विकास गर्न राज्यमन्त्री मेहतासमक्ष माग गर्नुभयो । सीमावर्ती भारतको फत्तेपुर र ताप्लेजुङको ओलाङचुङगोला हुँदै चीनसँग जोड्न यो सडक उपयोगी हुने समितिको ठहर छ ।
मन्त्री मेहताले भने सडकको  विकासमा सडक डिभिजन कार्यालयसँग सहकार्य गरेर सक्दो पहल गर्ने बताउनुभएको थियो । यस अघि मन्त्री मेहताले पूर्वाञ्चल डिभिजन सडक कार्यालय दमक र सडक डिभिजन कार्यालय दमकको निरीक्षण गर्नुभएको थियो । निरीक्षणका क्रममा उहाँले जनतालाई परिवर्तनको अनुभूति हुने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...