प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव रोक्न सर्वोच्चको अन्तरिम आदेश - Naya Online

प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव रोक्न सर्वोच्चको अन्तरिम आदेश

ताजा अपडेट : महाअभियोग प्रकरण

काठमाडौं, २२ वैशाख ।

सर्वोच्च अदालतकी प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव तत्काल अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलाशले शुक्रबार प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव तत्काल रोकेर आजै काममा फर्काउन व्यवस्थापिका संसद्विरुद्ध अन्तरिम आदेश जारी गरेको हो ।
अधिवक्ता सुनिल रञ्जन सिंहले व्यवस्थापिका संसद्लाई विपक्षी बनाएर हाल्नुभएको रिटमाथि सर्वोच्चबाट जारी अन्तरिम आदेशमा महाअभियोग प्रस्ताव रोक्न र कार्कीलाई तुरुन्त पुरानै जिम्मेवारीमा फर्काउन भनिएको हो ।
अन्तरिम आदेशमा के छ ?

गत आइतबार वैशाख १७ गते प्रधानन्यायाधीश कार्कीमाथि काँग्रेस सांसद मिन विश्वकर्मा प्रस्तावक रहेर काँग्रेस र माओवादी केन्द्रका २ सय ५० भन्दा बढी सांसदहरुको हस्ताक्षरिसहित संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।
संसद्मा सो बारे बिहीबार छलफल हुने सम्भावना थियो । तर, महाअभियोगको विपक्षमा रहेको प्रतिपक्षी नेकपा एमालेले संसद् अवरोधको चेतावनी दिएपछि संसद् बैठक शुक्रबारसम्मका लागि स्थगन गरिएको थियो । शुक्रबारको पहिलो पटक डाकिएको बैठकमा एमाले सांसदहरुको विरोधका बावजुद महाअभियोग प्रस्ताव छलफलमा प्रवेश भएको थियो ।
तर, करिब २ बजेपछि पुनः सुरु भएको संसद्को दोस्रो बैठकमा एमाले र विपक्षी दलका सांसदहरुको नाराबाजी र विरोधका कारण महाअभियोग प्रस्तावका प्रस्ताव सांसद मिन विश्वकर्मा रोष्टममा पुग्न सक्नुभएन । त्यसपछि सभामुख ओनसरी घर्तीमगरले शुक्रबारको संसद् बैठक स्थगन गरी आइतबारका लागि डाक्नुभएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

किताबका कुरा: दुई औँठाका ल्याप्चेसहित मुक्ति पाएकी लादिप्माको कथा ‘प्याउली’

प्रकाश दिप्साली राई  पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि...

‘ताई ओ’ सित जोडिएको यात्रा

जानु काम्बाङ लिम्बू अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिबर्तन ।...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...