एमालेको संसद् अवरोधले महाअभियोग छलफल मिति सर्यो - Naya Online

एमालेको संसद् अवरोधले महाअभियोग छलफल मिति सर्यो

अपडेट

काठमाडौं, २२ वैशाख ।
नेकपा एमालेका सांसद्हरुको अवरोधका कारण व्यवस्थापिका संसद्मा सुरु हुन लागेको प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्ताव बारेको छलफल रोकिएको छ ।
शुक्रबार दोस्रो पटक बसेको संसद् बैठकमा प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची अनुसार बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले नाराबाजी गरेका थिए ।
सभामुख ओनसरी घर्तीमगरले महाअभियोग प्रस्तावका प्रस्तावक मीन विश्वकर्मालाई प्रस्ताव पेश गर्न समय दिनुभएको थियो । तर सांसद विश्वकर्मालाई एमाले सांसदहरुले रोष्टम पुग्नै दिएनन् ।
प्रतिपक्षी एमालेले नेतृत्व गरेको अन्य साना दलका सांसदहरुले पनि शुक्रबारको संसद् बैठक अवरुद्ध पार्न नाराबाजीमा सहभागी भएका थिए । विपक्षी सांसदहरुको लगातारको नाराबाजीपछि संसद् बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।
यसअघि शुक्रबारको पहिलो बैठकमा एमालेका सांसदहरुको नाराबाजी चलिरहेका बेला महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय तोकिएको थियो ।
स्वेच्छाचारी कदम चालेको भन्दै प्रधानन्यायाधीश कार्कीविरुद्ध वैशाख १७ गते संसद्मा महाअभियोग दर्ता भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...