रोक्न सकेन एमालेले महाअभियोग प्रस्ताव - Naya Online

रोक्न सकेन एमालेले महाअभियोग प्रस्ताव

काठमाडौं, २२ वैशाख ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोध र नाराबाजीका बीच सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दार्ता गरेको महाअभियोग प्रस्तावमाथि व्यवस्थापिका संसदमा छलफल सुरु भएको छ ।
व्यवस्थापिका संसद्को शुक्रबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले संसद्मा नाराबाजी गरेका थिए । तर, सभामुख ओनसरी घर्तीमगरले शुक्रबारको संसद् बैठकमा शून्य र विशेष समयको कार्यसूची हटाएको भन्दै महाअभियोग प्रस्ताव बारे छलफलका लागि समय ताकिएको जानकारी दिनुभयो ।
एमालेका संसादहरुले  रोष्टम घेराउ गरेर चर्को नाराबाजी गर्दागर्दै सभामुख घर्तीले महाअभियोग प्रस्तावमाथि छलफलका लागि शुक्रबार १ बजेका लागि समय तोक्नुभएको थियो ।
सत्तारुढ काँग्रेस र माओवादीका सांसदहरुले प्रधानन्यायाधीश कार्कीविरुद्ध १७ गते आइतबार महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् ।
संसद् बैठक सुरु हुनु अघि सभामुखको आह्वानमा तीन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । तर, कार्कीको कार्यकाल सकिनु अघि नै महाअभियोगबारे संसद्ले निर्णय गर्नु पर्ने एमालेको मागबारे ठोस सहमति भने हुन सकेको थिएन ।
आफ्ना सांसद्हरुको विरोधका बावजुद संसद्मा महाअभियोग प्रस्ताव बारे छलफल सुरु गराउने सभामुखको निर्णय विरुद्ध संसद् अवरोध कायम राख्ने एमाले संसदीय दलले आकस्मिक निर्णय गरेको छ । यो समाचार तयार पार्दासम्म संसद् बैठक सुरु भएको छैन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

किताबका कुरा: दुई औँठाका ल्याप्चेसहित मुक्ति पाएकी लादिप्माको कथा ‘प्याउली’

प्रकाश दिप्साली राई  पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि...

‘ताई ओ’ सित जोडिएको यात्रा

जानु काम्बाङ लिम्बू अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिबर्तन ।...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...