रोक्न सकेन एमालेले महाअभियोग प्रस्ताव - Naya Online

रोक्न सकेन एमालेले महाअभियोग प्रस्ताव

काठमाडौं, २२ वैशाख ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोध र नाराबाजीका बीच सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दार्ता गरेको महाअभियोग प्रस्तावमाथि व्यवस्थापिका संसदमा छलफल सुरु भएको छ ।
व्यवस्थापिका संसद्को शुक्रबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले संसद्मा नाराबाजी गरेका थिए । तर, सभामुख ओनसरी घर्तीमगरले शुक्रबारको संसद् बैठकमा शून्य र विशेष समयको कार्यसूची हटाएको भन्दै महाअभियोग प्रस्ताव बारे छलफलका लागि समय ताकिएको जानकारी दिनुभयो ।
एमालेका संसादहरुले  रोष्टम घेराउ गरेर चर्को नाराबाजी गर्दागर्दै सभामुख घर्तीले महाअभियोग प्रस्तावमाथि छलफलका लागि शुक्रबार १ बजेका लागि समय तोक्नुभएको थियो ।
सत्तारुढ काँग्रेस र माओवादीका सांसदहरुले प्रधानन्यायाधीश कार्कीविरुद्ध १७ गते आइतबार महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् ।
संसद् बैठक सुरु हुनु अघि सभामुखको आह्वानमा तीन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । तर, कार्कीको कार्यकाल सकिनु अघि नै महाअभियोगबारे संसद्ले निर्णय गर्नु पर्ने एमालेको मागबारे ठोस सहमति भने हुन सकेको थिएन ।
आफ्ना सांसद्हरुको विरोधका बावजुद संसद्मा महाअभियोग प्रस्ताव बारे छलफल सुरु गराउने सभामुखको निर्णय विरुद्ध संसद् अवरोध कायम राख्ने एमाले संसदीय दलले आकस्मिक निर्णय गरेको छ । यो समाचार तयार पार्दासम्म संसद् बैठक सुरु भएको छैन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...